चनौली । नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाले भरतपुर २० स्थित चनौलीमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । ‘रक्तदान जीवनदान, रक्तदान महादान ’ भन्ने नाराका साथ उक्त कार्यक्रम पश्चिम चितवनको केन्द्र चनौली चौतारोमा आयोजना गर्न लागेको हो ।
सो कार्यक्रम यहि बैशाख ३१ गते आइतबार हुने ने रे सो चनौली उपशाखाले जनाएको छ । रक्तदान कार्यक्रम विहान ७ बजेदेखि संचालन हुने जनाइएको छ ।
लायन्स क्लब अफ चनौली, मदन स्मृति वाचनालय चनौली, कल्याण आमा समूह चनौली , हाम्रो युवा क्लब चनौली , चनौली बजार ब्यबस्थापन समिति , चनौली टोल विकास संस्था , जापनिज भाषा स्कुल चनौली , जे एम सी बचत तथा ऋण सहकारी , बतास बचत तथा ऋण सहकारी र गुन्जनगर खानेपानी तथा सरसफाई सह-आयोजक रहने उक्त कार्यक्रममा उल्लेख्य रक्तदाताको सहभागिता रहने आयोजकले विश्वास लिएको जनाइएको छ ।