गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे पाण्डबखानी आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण भएको छ। बिद्यालय व्यवस्थापन समितिका अध्यक्षद्धारा आफ्नो जन्मदिनको अवसर पारेर शैक्षिक सामाग्री वितरण गरिएको हाे।
साविक पाण्डवखानी गाविसकै पुरानो बिद्यालय पाण्डवखानी आधारभूत बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष थम माया पुन काउचाले बिद्यालयमा अध्ययनरत करिब ६५ जना बिद्यार्थीहरू तथा ८ जना शिक्षक कर्मचारीहरूलाई शैक्षिक सामाग्री वितरण गरेकी छिन् । दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष बनेकी काउचाले आफ्नो जन्मदिनमा गर्ने फजुल खर्च भन्दा शिक्षक बिद्यार्थीहरूलाई थोरै भए पनि हौसला प्रदान गर्नका लागि शैक्षिक सामाग्री वितरण गरेकाे बताइन् ।
राज्यले शिक्षा क्षेत्रमा जति धेरै लगानी गरे पनि खासै उपलब्धि हुन नसकेको अवस्थामा समुचित क्षेत्रमा लगानी गरि परिणाम निकाल्न संम्बधित सबैले चासो र चिन्तन गर्न जरुरी देखिन्छ काउचाले थपिन सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि शिक्षक, व्यवस्थापन समिति र अभिभावकको त्रिपक्षीय भुमिका महत्त्वपूर्ण हुन्छ र शैक्षिक गुणस्तरमा सुधार ल्याउन सके निजी बिद्यालयको मोह स्वत घटेर सामुदायिक बिद्यालयमा आकर्षण बद्छ र राज्यको लगानीले सार्थकता पाउनेछ ।
पाण्डवखानी आधारभूत बिद्यालयमा बाल कक्षा देखि कक्षा ५ सम्म जम्मा ६५ जना बिद्यार्थी अध्ययन गर्छन् भने ३ जना दरबन्दीमा करार शिक्षक एक जना कार्यालय सहयोगी तथा ३ जना निजी स्रोतका शिक्षकहरूले अध्यापन गराइरहेका छन् भने यसै शैक्षिक सत्रदेखि बालकक्षा सञ्चालनका लागि नगरपालिकाले सिफारिस गरेको छ । प्रेरणादायी कामको उच्च सम्मान गर्दै बि.व्या.स. का अध्यक्ष थम माया पुन काउचालाई जन्मदिनको शुभकामना सहित धन्यवाद व्यक्त गरिएको थियाे।