‘हिमालय स्मारिका’ विमोचन
गुञ्जनगर। भरतपुरमाहानगरपालिका वडा नं.१८ गुञ्जनगर स्थित हिमालय इंगलीस बोर्डीङ स्कुलले साहित्य तथा विध्यालयका विविध गतिविधी समेटेर प्रकाशनमा ल्याएको ‘हिमालय स्मारिका’ आइतबार चनौलीमा विमोचन गरीएको छ।
विध्यालय द्वारा आयोजित नया विध्यार्थीहरूलाइ स्वागत तथा पुराना विध्यार्थीहरूलाइ विदाइ कार्यक्रमको अवसर पारेर स्मारीका विमोचन गरीएको हो।
जिल्ला विकास समन्वय इकाइ मञ्च चितवनका निमित्त प्रमुख दिपेन्द्रराज श्रेष्ठ प्रमुख अतिथी रहेको विमोचन कार्यक्रममा जिल्ला विकास समन्वय इकाइ मञ्च चितवनका शाखा अधिकृत सुदिप गिरी, हिमालय इंगलीस बोर्डीङ स्कुलका प्रिन्सिपल शिवहरी घिमिरे, विध्यालयका शिक्षक तथा साहित्यकार इश्वरीराज निर्दोषी लगायतले मन्तव्य व्यकत गरेका थिए।
उक्त अवसरमा विध्यालय स्तरीय नृत्य प्रतियोगिता गरीनुका साथै उक्त प्रतियोगितामा विजयी हुने विध्यार्थीहरूलाइ शिल्ड तथा पुरस्कार वितरण गरीएको थियो।