शारदानगर ।निजि तथा आवाशिय विद्यालयको छाता सँगठन आइएसओ चितवनले एक दिने अंग्रेजी शिक्षक सिकाइ तथा ग्रिड कार्यक्रम चनौलीमा सम्पन्न गरेको छ ।
पार्वतीपुर वहुमुखी क्याम्पसका सहप्राध्यापक श्यामराज लामीछानेको आति थ्यतामा सम्पन्न कार्यक्रममा प्याब्सन चितवनका उपाध्यक्ष भानुभक्त अर्याल लगायतले मन्तव्य व्यक्त गरेका थिए।
पश्चिम चितवनका निजि तथा आवाशिय विद्यालयका अंग्रेजी शिक्षकहरुको सहभागिता रहेको तालिममा अंगे्रजी विषय पढाउने शिक्षकको तयारी कति हुनु पर्ने ?मुल्याङकन सहि तरिकाले गर्नु पर्ने । विद्यार्थीहरुलाई प्रयोगात्मक तरिकाले सिकाउन पाठ्योजना सहित तयारी भएर मात्र कक्षा कोठामा सिकाउन जानु पर्ने लगायतका विषयमा तालिम दिइएको थियो।