काठमाडौँ- लोक गीत संगीत क्षेत्रका चर्चित गायक तथा गीतकार खेम सेन्चुरी अनि गायिका पुजा परियारको आवाजमा रहेको लोकदोहोरी गीत ‘भुरु भुरु उडेकी चरी…’ सार्बजनिक भएको छ ।
लोकप्रिय सर्जक शिब हमालले लेखेका शब्दलाई संगीतकार अनिश दवाडीले सुमधुर लय बनाएर संगीत भरेका छन् । बिनोद बाजुरालीको संगीत संयोजनमा तयार पारिएको गीतलाई बुधबार पुजा परियारको अफिसियल युटुब च्यानल मार्फत रिलिज गरिएको हो ।
जेरी भण्डारीको निर्देशनमा तयार पारिएको भिडिओमा मोडल दुर्गेश थापा, सागर लम्साल (बले) र युनिषा परियारको दमदार नृत्य देख्न सकिन्छ ।
राजेश घिमिरेको छायाँकन रहेको भिडिओलाई सुजन कोइरालाको सम्पादन रहेको छ ।
भिडियो