निराजन सिर्पाली / रुकुम पूर्व
२०८० असार ८ गते मंगलबार
रुकुम पूर्वमा पनि १३ औं अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइएको छ ।
सति प्रथा अन्त्य भएको १ सय ४ वर्ष पुगेको उपलक्ष्यमा “ लैङ्गकि समानताका लागि नवप्रवर्तन र प्रविधि ´´ भन्ने मुल नाराका साथ १३ औं अन्तर्राष्ट्रिय एकल महिला दिवस तथा जुन २३ काे अवसरमा जिल्ला का एकल महिला र सराेकारवालाहरु बिचमा अन्तरक्रिया का साथै छलफल गरि उक्त दिवस मनाइएको हाे ।
शुक्रबार रुकुमकाेट स्थिति चाइनिज हाेटेलकाे सभा हलमा मानव अधिकारको लागि महिला ,एकल महिला , जिल्ला सञ्जाल रुकुम पूर्व ले एक कार्यक्रमकाे आयाेजना गरि एकल महिलाहरुकाे पछिल्लो अवस्था , १ सय ४ वर्ष अगाडि महिला हरु सति जाने प्रथा, सति प्रथा अन्त्य भए पनि महिलहरुले अहिले भाेग्दै आएको सामाजिक , आर्थिक तथा राजनितीक विभेदको अवस्था आदि बारे जानकारी तथा अब कसरी एकल महिलाहरु सशक्त हुने भन्न बेरेमा छलफल तथा अन्तरक्रिया गरिएको मानव अधिकारको लागि महिला ,एकल महिला , जिल्ला सञ्जाल रुकुम पूर्व का अध्यक्ष तथा अधिवक्ता ज्ञानु विसी ले बताउनुभएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि तथा सिस्ने गाउँपालीका अध्यक्ष कृष्ण रेग्मीले सति प्रथा अन्त्य भएको १ सय ४ वर्ष भएपनि एकल महिलाहरुलाई साँस्कृतिक , राजनितीक, आर्थिक जस्ता कुराहरुमा समाजले गर्ने व्यवहार आफुलाई पनि चित्त नबुझेको बताउनुभएको छ । उहाले भन्नुभयो ` अब एकल महिलाहरु लाई समाजले गर्ने तृस्कारकाे अन्त्यको लागि एकल महिला आफै सशक्त बन्नु पर्छ । त्यस्तै उहाँले कुनै पनि काम गर्दा म सक्दैन , समाजले के भन्ला , हामी अशिक्षित छौ जस्ता अभिव्यक्ति लाई हराउन सके मात्रै एकल महिलाहरुलाई समाजले हेर्ने दृष्टिकोण फरक हुने बताउनुभएको छ ।
त्यस्तै कार्यक्रमका विशेष अतिथि तथा रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले आफुहरु सशक्त बन्नका लागि आफु संग भएको सिप कला तथा क्षमताहरुलाई व्यवहारमा उतार्नु पर्ने बताउदै एकल महिलाहरु का समस्यहरुकाे हल गर्न एकल महिला हरुनै सशक्त हुनुपर्ने बताउनुभएको छ । कानुनी कुराहरुमा गाइडलाई चाहिएमा जिल्ला प्रशासनले कुनै कन्जुस्याइँ नगर्ने पनि प्रतिबद्धता गर्नुभएको छ ।
संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्याङ्कअनुसार विश्वभर करिब २४ करोड ५० लाख एकल महिला र उनीहरुका ५० करोड बालबालिका विभिन्न खाले पीडामा छन् । त्यसमध्ये ८ करोडभन्दा बढी महिला यौन हिंसा सहन बाध्य छन् ।
नेपालको जनगणना–२०६८ अनुसार नेपालमा एकल महिलाको संख्या ६ लाख रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।

