यहाँ ,
‘एक्टर’ जस्तो बनिदिनुछ
‘टिकटकका’लागि
‘समाजसेवी’ टोपलिनुछ
‘फेसबूकका’लागि
‘इन्टेलेक्चुअल’ लाग्नुछ
‘ट्विटरका’लागि
‘हिरो’ देखिनुछ
‘इन्स्टाका’लागि
मुस्कुराउनुछ
‘लाईकका’लागि
भावुक हुनुछ
‘कमेन्टका’लागि
‘आँसु’ झार्नुछ
‘शेयरका’लागि
ममा माया, सम्बन्ध, आस्था, भावना बाँचिरहेकाछन्
ईमोजीकालागि
बिज्ञ -ज्ञाता हुनैपर्यो
भट्टी गफकालागि
‘बेरोजगार’ रहनुछ
राजनीतिकालागि
‘छोराछोरी’ र ‘भाई’ बनिनुछ
नेता ‘बा’ र दाईहरूकालागि
मजदूर दरिनुछ
खाडी देशहरूकालागि
बिद्यार्थी बन्नै पर्यो
अमेरिका-अष्ट्रेलियाकालागि
नक्कली शरणार्थी बन्नै पर्यो
‘क्रान्तिकारी’ हरूका’लागि
‘जोकर’ जस्तो पनि त बन्नुछ
बाँकी ‘दुनियाँका’लागि
अहो!
‘आफू’मा खास त्यस्तो केही बाँकी रहेन
‘आफू’ जस्तो हुनलागि
‘बेरोजगार’ रहनुछ राजनीतिका लागि
‘बेरोजगार’ रहनुछ राजनीतिका लागि
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

