चितवन ४ मङ्सिर : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन्। आयुक्त थपलियाले आइतबार बिहानै भक्तपुरको लोकन्थलीस्थित मतदान केन्द्रमा गएर मत खसालेका हुन्।
उनले युनिक नेपाल एकेडेमी स्थित केन्द्रबाट मत दिएका हुन्। देशभर बिहानैदेखि प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत मतदाताले मत दिन थालेका छन्।

