चितवन, ४ मंसिर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन् ।
गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका प्रचण्डले चितवनको भरतपुर महानगरपालिका १४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुलको मतदान केन्द्रबाट भोट खसालेका हुन् ।
मतदान गरेपछि पत्रकारहरूसँग बोल्दै प्रचण्डले प्रधानमन्त्रीका नाममा अहिलेको सत्ता गठबन्धन नटुट्ने बताए ।
उनले गोरखाबाट चुनाव लडे पनि आफूले चितवन नछोडेको बताए । ‘चितवन छोडेको होइन, गोरखा गएको मात्रै हो’, उनले भने ।

