सिड्नी, साउन ४ : न्युजिल्यान्डको अकल्यान्ड शहरको केन्द्रभागमा गोली चल्दा २ जनाको मृत्यु भएको छ। व्यापारिक केन्द्रको निर्माणाधीन भवनमा गोली चल्दा अन्य छ जना घाइते भएका छन्। गोली चल्दा बन्दुकधारीको समेत मृत्यु भएको जनाइएको छ। स्थानीय समय अनुसार बिहान ७:२२ मा उक्त घटना भएको हो।
न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले घटनामा आतंकवादको संलग्नताको रूपमा नदेखिएको बताए। उनले फिफा विश्वकप निर्धारित तालिका अनुसार अघि बढ्ने बताए।
उनले जनतालाई यस्ताखालका आक्रमणबाट त्रसित नहुन आग्रह गर्दै संलग्नलाई कानुनी दायरामा ल्याउने बताए। साथै, उनले आतंकवादको जोखिम नरहेको बताए।
प्रधानमन्त्रीले घटना राजनीतिक या वैचारिक उद्देश्यका लागि भएको थियो भन्ने कुरा अनुसन्धान भइरहेको बताए। आक्रमण कारीसले सट-गनमार्फत् अन्धाधुन्धा गोलिप्रहार गरेको जनाइएको छ।
प्रधानमन्त्रीले स्थानीय प्रहरीहरूले देखाएको तदारुक्ताका कारण थप मानिसको ज्यान जोगिएको भन्दै प्रहरीको प्रशंसा गरेको छ।
अकल्यान्डका मेयर वेन ब्राउनका अनसार फिफाका कर्मचारी तथा फुटबल टोलीका सदस्यहरू सुरक्षित रहेको बताए। उनले भने,’हाम्रो सुन्द्र शहरमा यस्तो घटना यसअघि कहिलेपनि भएको थिएन। आज बिहान भएको यो घटना हामी सबै अकल्यान्डबासीका लागि दुखदायी छ।’
फिफाले पीडित परिवारप्रति गहिरो समवेदना ब्यक्त गर्दै आफूहरू न्युजिल्यान्डका अधिकारीहरूको सम्पर्कमा रहेको बताएको छ। उसले कसैलाई पनि सुरक्षा जोखिम हुन नदिने व्यवस्थाका लागि पहल गरिरहेको समेत बतायो। उद्घाटन खेल नर्वे र न्युजिल्यान्डबीच इडेन पार्कमा हुने कार्यतालिका रहेको छ।
खेलकुद मन्त्री ग्रान्ट रोबर्टसनले यो क्षैत्रमा सुरक्षा प्रदान गर्न थप प्रहरीहरू परिचालन गरिएको बताएको छ। नवौँ महिला विश्वकप फुटबल न्युजिल्यान्ड र अस्ट्रेलियाले संयुक्त रुपमा आयोजना गर्दै छन्।

