भएको भए व्यवस्था राज्यमा, ग्यारेन्टी राेजगारीकाे
पर्ने त थिएन जान विदेशमा, खाेजी राेजगारीकाे
शिक्षा स्वास्थ र यावत अवसर सहर तिरै झर्छन
उर्जासिल युवा खाडी, युरोप राेजी राेजगारीकाे
सुनसान बनाएर त सुन्दर गाउँ घर रित्तो भाे ।
छैना दाम गरेजती काम देश, फाैजी राेजगारीकाे
बिना कामले अनर्थ झाेले स्वदेश मानै बस्याे भने
भारी मन आशु आँखा जहाजमा राेटि राेजगारी
खेत र वारि भयाे बाझै भत्किसक्याे गाेठ घर पनि
भित्ता छाम्दै दलिन हेर्दै राेएँ म, उनी राेजगारीकाे
🖊️:- इन्दिरा बुढा कुवँर
ढाेरपाटन नगरपालिका १ बागलुङ

