चितवन मङ्सिर ५ : झापा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले सुरूवाती अग्रता लिएका छन् । २०० मत गणना हुँदा सिटौलाले १०२ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ४२ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले ३६ र लौरो चिन्ह भएका उम्मेदवार योगेन्द्र खनालले ११ मत पाएका छन् । मतगणना जारी छ ।

