भदौ ८ : फ्रान्स सरकारले सन् २०२४ मा १७ वर्ष उमेर पुगेकाहरुले ड्राइभिङ लाइसेन्स लिन पाउने घोषणा गरेको छ । यसअघि ड्राइभिङ लाइसेन्सका लागि फ्रान्समा न्यूनतम उमेर १८ वर्ष रहेको थियो । तर विज्ञहरुले भने यो उमेर गाडी चलाउन दिन उपयुक्त नरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सडक दुर्घटनामा १८ देखि २४ वर्ष उमेर समूहका युवाहरु बढी पर्ने गरेको र यसलाई सरकारले ध्यानमा राख्नुपर्ने उनीहरुको भनाइ छ ।
फ्रान्सका ड्राइभिङ प्रशिक्षक इसाक बेलिनले सबै ट्राफिक दुर्घटनाहरुको एक चौथाइ दुई वर्षभन्दा कम ड्राइभिङ अनुभव भएका मानिसहरुका कारण हुने गरेको बताउनुभएको छ । फ्रान्सेली प्रधानमन्त्री एलिजावेथ बोर्नले ड्राइभिङ लाइसेन्स प्राप्तिका लागि आवश्यक मापदण्डहरुमा उच्चस्तरको ध्यान दिने प्रतिबद्धता जनाउनु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।