चितवन मङ्सिर ५ : चितवन क्षेत्र नम्बर ३ मा कांग्रेसका बागी उमेदवार दिनेश कोइरालाले अग्रता कायमै राखेका छन् । तीनहजार १७ मत गणना हुँदा कोइरालाले ८९३ मत प्राप्त गरेका छन् ।
उनलाई पछ्याइरहेका माओवादीका डा. भोजराज अधिकारीले ६७१ मत ल्याएका छन् । राप्रपाका विक्रम पाण्डेले ६५२ मत प्राप्त गरेका छन् ।

