असोज ९ : स्वास्थ्य प्रणाली सुदृणीकरणमा फार्मेसी भन्ने नाराका साथमा यस वर्ष विश्वभर विश्व फर्माशिष्ट दिवस मनाईएको छ ।
यसै अवसरमा नेपाल प्रजातान्त्रिक फार्मेसी संघले माईतीघर मण्डलामा दिप प्रज्वलन तथा शुभकामना कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय अध्यक्ष रामजी घिमिरे, वरिष्ठ फर्माशिष्ट विबेक सिंङ महत तथा राष्ट्रिय युवा परिषदका सदस्य विनोद शाही ठकुरीले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा गुणस्तरीय औषधि उत्पादन, खरिद, भण्डारण, बिक्रीवितरण, सेवन, नियमन एवम् सेवन पश्चात् देखापर्न सक्ने प्रती असरको व्यवस्थापनमा समेत फर्मासिस्टको भुमिका अहम हुने विसयलाई केन्द्रमा राखी विचारहरु व्यक्त भएका थिए।कार्यक्रम नेपाल प्रजातान्त्रिक फार्मेसी संघका केन्द्रिय सदस्य दिपेन्द्र राज आचार्यले संचालन गर्नुभएको थियो ।
यस्तै गरि नेपाल प्रजातान्त्रिक फार्मेसी संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक यज्ञराज वडुले सवै फर्माशिष्टहरु बीच एकता लागि आव्हान गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।



