चितवन मङ्सिर ६ : काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेस नेता प्रकाशमान सिंह निर्वाचित भएका छन् । राप्रपाका रवीन्द्र मिश्रसहितका प्रतिस्पर्धीलाई पछि पार्दै सिंहले चुनाव जितेका हुन् । सिंहले ७ हजार १ सय ४० मत पाए भने दाेस्राे भएका मिश्रले ७ हजार ११ मत ल्याए ।
निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गरिसकेको छैन । ०७४ सालको चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेका थिए ।

