२५ मंसीर, भरतपुर चितवन। वाल्मीकि शिक्षा सदन,भरतपुर-४ ले रक्तदान कार्यक्रम भव्य रूपले सम्पन्न गरेको छ।कुल १०५ यूनिट रगत संकलन भएको उक्त कार्यक्रम नेपाल युवा जूनियर रेडक्रस सर्कल , वाल्मीकिको आयोजना र सर्कलका सभापति वजुद न्यौपानेको सभापतित्वमा संपन्न भएको हो।
विशेष गरी वाल्मीकि कलेजका विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रम सर्कलका सचिव श्रीलवी अधिकारीको संचालन र वाल्मीकि शिक्षा सदनका प्राचार्य प्रदीप पौडेलको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो।
सर्कलकी कोसाध्यक्ष दीपिका पोखरेलले रक्तदानको महत्वबारे प्रकाश पार्दै स्वागत मन्तव्य राखेपछी रक्तदान शुरू भएको र शौहाद्ररूपमा १०५ यूनिट संकलन गरिएको सर्कलका शिक्षक नायक विष्णु कंडेलले जानकारी ग़राउनुभयो।
कार्यक्रमको समापनका क्रममा बोल्दै प्राचार्य प्रदीप पौड़ेलले रक्तदाताहरूको स्वास्थ्य परीक्षण र संकलनका लागी भरतपुर ब्लड बैंकबाट सहयोग प्राप्त भएको र रक्तदाताहरुलाइ खाजा, फ़लफूल एवम् मायाको चिनोको रूपमा एक एक वटा टी-शर्ट उपलब्ध गराएको बताउनुभयो।
आफ्नो रजत महोत्सव बिशेष विभिन्न कार्यक्रमहरू गरिरहेको वाल्मीकि शिक्षा सदनले मंसिर महीना भरी कार्यक्रमहरू जारी रहने र यही मंसीर २६ देखी २९ सम्म क्रमश पीजी- २, ३ – ६, ७-१०, र समापन विशेष कार्यक्रम रहेको बिद्यालयका सहायक प्राचार्य प्रकाश सुवेदीले जानकारी गराउनुभयो।