डोटीमा एकीकृत समाजवादीका प्रेम आलेले अग्रता कायम गरेका छन् । हालसम्म १६ हजार २०१ मतगणना हुँदा आलेले ८ हजार ६ सय ७१ मत प्राप्त गरेका छन् ।
एमालेकी गोरी ओलीले ५४४५ मत ल्याएर आले भन्दा पछि परेकी छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ७८० मत ल्याए ।
मत गणना जारी छ ।

