पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यको गोप्य कुरा चुहावट गरेको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ। २०२२ मा प्रधानमन्त्रीको रूपमा विपक्षीहरूले अपदस्थ गरेका खान, भ्रष्टाचारको आरोपमा दोषी ठहरिएपछि उनी तीन वर्षको जेल सजाय भोगिरहेका छन्।
उनले आफूमाथि लगाइएका सबै आरोप राजनीतिक प्रेरित भएको बताएका छन्।
गोप्य ऐनअन्तर्गतको सजाय आम चुनावको एक हप्ता अघि आएको छ, जसमा उनलाई उम्मेदवार हुनबाट रोक लगाइएको छ।
इमरान खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका उपाध्यक्ष पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि रावलपिंडीको अदियाला जेलभित्र स्थापित विशेष अदालतले १० वर्षको जेल सजाय सुनाएको थियो, जहाँ दुवै जनालाई राखिएको थियो।