रामशरण गैरे
गजल १
जसोतसो दुख सुख जिन्दगी त चलेकै छ ।
आफ्नो मान्छे टाढा हुदा मन त जलेकै छ।
दैवलाइ नै सायद यस्तै मञ्जुर थियो होला?
सजायका सपनाहरू एकएक गरी ढलेकै छ।
वाध्यतामा बाचेको छु नियतीको खेल सम्झी
संसार सँग एक्लै लडने अठोटहरू गलेकै छ
विरहमा जल्दै वित्छन हरेक पल अचेल
हरेक पल अतितकै याद आइ छलेकै छ
हरेक रात निन्द्रा सँगै तिम्रो याद साट्छु
मन भित्र वियोगको आगो भने बलेकै छ
गजल–२
अरूले भन्दा बढी भाउँ दिए पुग्छ
मुटु भित्र थोरै मात्र ठाउँ दिए पुग्छ
चोखो माँया सगाँलेको छु मुटुभरी
साझ विहान पुज्न पाउँ दिए पुग्छ
माँगेको छैन मैले अरू केही पनी
सपनामा रमाउने गाउँ दिए पुग्छ
कतै भेट भइयो भने दोबाटोमा
मिठो मिठो दुख्ने घाउँ दिए पुग्छ।
अल्झीयको छु कही कतै गोरेटोमा
जिन्दगी पार तार्ने नाउँ दिए पुग्छ
गजल ३
दुख पिडाँ,चोट नै त जिन्दगीका रीत बने।
तिम्रो यादमा बग्ने आँसु प्रभातको शीत वने।
विरहमा जल्दै जल्दै वित्छन हरेक पलहरू
अतित सम्झी रमाउनु आखिरमा जित वने
मन मन्दिरमा सजाएर पूजा गरिरहेँ मैले
वियोगमा निस्कने धुन नै मेरा गित वने
सारा खुसीहरु दिएँको थिए सपनाहरु सजाउँदै
माया गर्ने पराई बने, पराइहरू मीत बने
सपनाहरु एक्लै देख्नु सायद मेरै भूल थिए
दोवाटोमा एक्लिय म सहयात्री अतित वने
गजल ३
नहाँन न नजरको झटारो मलाई।
तिम्रै खुशीहरू छन प्यारो मलाइ
फर्की फर्की हेरेर मुस्कान दिदै
छरेकी थियो तिमीले चारो मलाइ
यो मनमुटु डुवी सकेकोछ प्यारमा
तिमीसँग भेट्ने हतारो छ मलाई
यो मन मुटु चोरी लग्यै अनायसै
अब नहालिदेउ न तगारो मलाई।
मन पराउनु सायद भुल नै होला
देउ थोरै मुस्कान उधारो मलाई।
गजल ४
वियोगमा पलपल जलिरहेको छु
थपेर तेल दियोमा बलिरहेको छु
खै कहाँ पो पुगिसकेछ यो संसार
साँझसँगै बेहोसीमा ढलिरहेको छु
जिन्दगीमा नियतिले आँसु मात्र दिएछ
विषवृक्ष भइ गल्लीहरुमा फलिरहेको छु
सपनाको संसारमा हराएर हरेक पल
निस्सासिएर म पलपल गलिरहेको छु
थाहा छैन खै कहाँ पु¥याउँछ समयले
बिनाबेगको हुरी बनी म चलिरहेको छु
गजल ५
थुँगा थुँगा फूललाई सम्हालेर गाँसेको छु
मिलनका पलहरु सम्झिएर बाँचेको छु
अतीतका यादहरुले सताइरहन्छ हरपल
उनकै फोटो सिरानीमा हरपल राखेको छु
बिछोडको वेदनाले हरदम मुटु जलेकै छ
सपनीमा झस्कीयर उनीलाई डाकेको छु
बेहोसीमा बर्बराउँदै तिमैमात्र नाम लिन्छु
तिम्रो खुसीका निम्ति चाहनाहरु मारेको छु
मेटिँदैछन् जिन्दगीका रहरहरु एक–एक गरी
रङ्गीन सपनाहरुमा रमाउँदै रात काटेको छु
भरतपुर १९ गुञ्जनगर चितवन