रत्नलक्ष्मी माद्यमिक विद्यालय गलकोट नगरपालिका वडा नम्वर ११ को ६४ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा हिरक स्मारिका विमोचना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले रिघामा खानेपानीको समस्या रहेको हुँदा पाण्डवखानीबाट ल्याउने खानेपानीलाई मर्मत गर्न गण्डकी प्रदेशले सक्दो सहयोग गर्ने बताउनुभएको छ ।
उहाँले विद्यालयबाट प्रदान गरिने शिक्षाले नै गुणस्तरीय शिक्षालेनै भविष्यका कर्णधारहरु उत्पादन हुने बताउनुभएको थियो । वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको फुटबल प्रतियोगितामा जनजागृति माद्यमिक विद्यालय प्रथम र रत्नलक्ष्मी माद्यमिक विद्यालय द्धितिय भएका छन् । त्यस्तै छात्रा भलिबल प्रतियोगितामा पाण्डवखानी माद्यमिक विद्यालय प्रथम र रत्नलक्ष्मी माद्यमिक विद्यालय द्धितिय भएका छन् ।
कार्यक्रमको अवसरमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले नवनिर्मीत ४ कोठे पक्की भवन र रत्नलक्ष्मी माद्यमिक विद्यालयका प्रथम प्रधानाध्यापक तथा रिघाा पञ्चायत कालका प्रथम प्रधानपञ्च स्वर्गिय तिल बहादुर काउचाको शालिकको उद्घाटन गर्नुभएको थियो ।
उक्त कार्यक्रमको अवसरमा हिरक स्मारीका पुस्तक विमोचन, चन्दादाता तथा सहयोगदाता सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तुल बहादुर श्रीसले विद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम रत्नलक्ष्मी माद्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर श्रीसको अध्यक्षता, शिक्षक भुवन कुँवरको स्वागत र शिक्षक नारायण पौडेलले सञ्चालनमा सम्पन्न भएको थियो ।