भरतपुर महानगरपालिका वार्ड नं ११ विशालचोक स्थित चितवनको पाँचौँ निजी विद्यालयको रुपमा स्थापित नारायणी ई. पब्लिक स्कुलले आफ्नो स्थापनाको २९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस यही फाल्गुन ५ गते सभ्य र भव्य ढङ्गले सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रबन्ध निर्देशक श्री राजेश्वर खनालको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख भुमि लाल सुवेदी रहनु भएको थियो । विद्यालयले २०८० माघ २२ गते देखि खेलकुद सप्ताह विधिवत् रुपमा शुभारम्भ गर्दै विद्यालयमा अध्ययन गर्ने विद्यार्थी बिच विभिन्न खेलकुद प्रतियोगिता र शिक्षक, अभिभावक एवम् अभिभावक,अभिभावक बिच भलिबल प्रतियोगिता,ब्याड्मिन्टन र म्युजिकल चियर प्रतियोगिता गर्दै वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको थियो ।
यस वर्ष पनि सदाझैँ जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता ,म्याथम्याट्रिक वलमप्याड तथा अंग्रजी हिज्जे प्रतियोगिता समेत गराइएको थियो । यस्तै फाल्गुन ५ गते वार्षिकोत्सव समुद्घाटन समारोह विद्यालयका अध्यक्ष एवम् प्रबन्धनिर्देशक राजेश्वर खनाल, प्रमुख अतिथि भुमिलाल सुवेदी एवम् विद्यालयकी निर्देशक अनिता खनालले पानसमा दीप प्रज्वलन गरी संयुक्त रुपमा समुद्घाटन गर्नुभएको थियो । विद्यालयका अतिरिक्त विभाग प्रमुख नवीन बगालेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका प्राचार्य वेदराज न्यौपानेले विद्यालयको वार्षिक प्रतिवेदन एवम् आगामी कार्ययोजना प्रस्तुत गर्दै एस. ई. ई ०७९ मा चितवनकै उत्कृष्ट विद्यालयले आगामी दिनमा २१ आँै शताब्दिको मागतथा समाज र राष्ट्रको अपेक्षा अनुसारको शैक्षिक नीति तयार पार्दै प्रविधि मैत्री शिक्षण प्रक्रियालाई अघि बढाउने प्रण गर्नुभयो ।
नारायणी ई. पब्लिकंद्द संयोजक जनकराज घिमिरेले स्वागत मन्तव्य मार्फत सम्पूर्ण अभिभावक एवम् अतिथिलाई कार्यक्रमको शोभा बढाइदिनु भएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा विद्यालयमा अध्ययन गर्ने कलिला बालबालिकाको सृजना समेटिएको सयपत्री बिशेषाङ्कको अध्यक्ष एवम् प्रमुख अतिथिद्वारा लोकार्पित गरिएको थियो । कार्यक्रममा बोल्दै विद्यालयका पूर्व अध्यक्ष पूर्णप्रसाद दवाडीले नारायणी पब्लिक स्कुल चितवनको उपयुक्त शैक्षिक गन्तव्य भएको र यहाँ अध्ययन गर्ने विद्यार्थी नैतिक, अनुशासित, व्यावहारिक र प्रतिभाशाली भएको कुरा बताउनुभयो । शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मण गुरुङले विद्यालय ज्ञान आर्जनगर्ने स्थल भएकोले किताबी ज्ञान मात्रनभएर विद्यार्थीको चौतर्फी विकासमा जोड दिनुपर्ने कुरा बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि सुवेदीले व्यावहारिक ज्ञान बिनाको शिक्षा अधुरो र अपुरो हुने कुरा व्यक्तगर्दै विद्यार्थीलाई नैतिक एवम् सच्चरित्रवान् बन्न आग्रह गर्नुभयो । समुद्घाटन समारोहलाई सम्बोधनगर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रबन्ध निर्देशक राजेश्वर खनालले अभिभावकको इच्छा बमोजिम नैतिक, चारित्रिक, एवम् विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा विद्यालय सदैव तत्परताका साथ लागेको बताउनु भयो ।
समुद्घाटन कार्यक्रममा विद्यालयमा अध्यापन गराउने उत्कृष्ट शिक्षकलाई सम्मान गरिनुका साथै खेलकुद, अध्ययन र जिल्लास्तरीय प्रतियोगितामा विजयी विद्यार्थीलाई सम्मान गरिनुका साथै विद्यार्थीद्वारा स्वस्तिवाचन, अच्युत स्तुती पाठ वाचन, मार्चपास, तेक्वान्दो, नृत्य, जस्ता विविध प्रस्तुतिबाट कार्यक्रमलाई थपआकर्षक बनाइएको थियो ।
नारायणी पब्लिक स्कुलको २९औँ वार्षिकोत्सव सम्पन्न
नारायणी पब्लिक स्कुलको २९औँ वार्षिकोत्सव सम्पन्न
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु