काठमाडौं १० मा नेपाली कांग्रेसका राजेन्द्र केसी निर्वाचित भएका छन् ।
एमालेका हिमेश केसीलाई पराजित गर्दै कांग्रेसका केसीले काठमाडौं १० मा ह्याट्रिक जित निकालेका हुन् । केसी २०७० र २०७४ को निर्वाचनमा पनि काठमाडौं १० बाटै निर्वाचित भएका थिए । केसीको यो लगातार तेस्रो जित हो ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित केसीले १४ हजार ४५८ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी एमालेका हिमेशले ११ हजार ७८६ मत पाए ।
काठमाडौं १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ८ हजार ७३६ मत पाउँदा चौथो भएको माओवादी केन्द्रकी अन्जना विशंखेले ५ हजार २६२ मत पाइन् ।

