भक्तपुर २ मा दुर्लभ थापा निर्वाचित, महेश बस्नेत पराजित
0
218
Shares
facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते ५:४८
भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि दुर्लभ थापा । अहिले उनका समर्थकहरुले विजय र्याली निकालिरहेका छन् । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
८ मंसिर, काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दुर्लभ थापा निर्वाचित भएका छन् । बिहीबार बिहान सकिएको मत गणनामा थापाले नेकपा एमालेका महेश बस्नेतलाई ८२३ मतान्तरले हराएका हुन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५०० मत पाए भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले २२ हजार ६७७ मत पाए । नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ९५४, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३८२० र राप्रपाका मोहन केसीले २४८६ मत पाएका छन् । यो क्षेत्रमा ६३ हजार ८४२ मत खसेकोमा ६१ हजार ७९१ सदर भएको थियो । २ हजार ५१ मत भने बदर भयो

