जुलाई १८, ट्यामवर्थ : नेपाल सरकार परराष्ट्र मन्त्रालय अन्तर्गत अष्ट्रेलियाको न्यु साउथ वेल्स र भिक्टोरियाका लागि क्रमश: संजिव शर्मा र निराजन गौली अवैतनिक महावाणिज्यदूतमा नियुक्त हुनुभएको छ। हिजो १७ तारिक बुधवार नेपाली राजदुतावास क्यानबेराले आफ्नो आधिकारिक फेसबुक मार्फत सार्वजनिक गरेको छ।
लामो समय सम्म महावाणिज्यदूतको रुपमा आफ्नो कार्यकालबाट दिपक खड्काले गत अक्टोबरमा राजिनामा दिनु भएको थियो। उक्त समय देखि रिक्त न्यु साउथ वेल्स राज्यमा कुनैपनि प्रशासनिक कामकारवाही भएको थिएन। विगत २ दशक भन्दा बढी समय देखि शैक्षिक क्षेत्रमा लाग्नुभएका शर्मा एक्स्पर्ट ग्रुपका संस्थापक, समाजसेवी र सफल व्यवसायी हुनुहुन्छ।
साथै भिक्टोरियाका लागि पनि महावाणिज्यदूतको रुपमा चन्द्र योञ्जनको कार्यकाल समाप्त भएसंगै सामाजसेवी निराजन गौली नियुक्त हुनुभएको हो।
अष्ट्रेलियाको न्यु साउथ वेल्स र भिक्टोरियाका लागि क्रमश: संजिव शर्मा र निराजन गौली अवैतनिक महावाणिज्यदूतमा नियुक्त
अष्ट्रेलियाको न्यु साउथ वेल्स र भिक्टोरियाका लागि क्रमश: संजिव शर्मा र निराजन गौली अवैतनिक महावाणिज्यदूतमा नियुक्त
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु