चितवन । नेपाली समाजमा केही शुभ कार्य गर्दा आफ्ना आफन्तलाई उपहार दिने चलन वर्षौदेखि रहँदै आएको छ । पहिले उपहार दिँदा घरायसी एवं व्यक्तिगत रुपमा प्रयोग हुने सरसामानलाई उपहार स्वरुप दिने गरिन्थ्यो भने अहिले समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ ।
परिवर्तित समयसँगै पछिल्लो समय भने जीवन बीमालाई आम जनताको दैनिकीसँग जोड्दै जीवन बीमा पोलीसी उपहारका रुपमा दिने चलन बढ्दै गएको छ । विवाह, ब्रतबन्ध, जन्मदिन, पास्नी, गून्योचोलो, बैवाहिक वर्षगाँठ लगायतका शुभ कार्यमा बीमा पोलीसी उपहार दिने चलन बढ्दै गएको हो ।
सोही चलनको अनुसरण गर्दै भरतपुर २६ चनौलिका समाजसेवी विजय बसौलाले आफ्नो जीवनसंगिनीको २८औँ जन्मदिनको अवसरमा आफ्नो श्रीमतीलाई जीवन बीमा पोलिसी उपहार दिएका छन् । बसौलाले आफ्नो श्रीमती विनिता खरेल बसौलालाई हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको हिमालयन सरल जीवन बीमा योजना अन्तर्गत १० लाखको बीमा पोलिसी उपहार स्वरुप दिएक हुन् ।
बीमा पोलिसी हस्तान्तरण गर्दै उनले बीमा गर्दा आर्थिक बचत हुने र नोक्सानी भएको हकमा क्षतिपूर्तिको सुनिश्चिता भएको हुँदा जीवन बीमा अतिआवश्यक रहेको बताए । जीवन बीमा गर्ने योजना पहिले नै बनाएको र विशेष दिनमा उपहार स्वरुप दिँदा आकर्षक उपहार हुने र अन्यलाईसमेत उत्प्रेरणा मिल्ने हुँदा सो उपहार दिएको उनले बताए ।
अन्य उपहार खरिद गर्दा खर्च हुने रकम बीमामा भुक्तानी गर्दा भविष्यको लागी उपायोगी बचत हुने जनाए ।
सो पोलिसी हस्तान्तरण कार्यक्रममा कम्पनीका चनौली शाखा प्रमुख पर्वत ढकाल,सिनियर एजेन्सी म्यानेजर सक्षम दवाडीको उपस्थिती रहेको थियो ।