पूँजीवादले चलाइरहेको धर्मको धन्दा
-रामशरण गैरे
कुनै पनि धर्म र त्यसप्रतिको आस्था आफैंमा संवदेनशील विषय हुन् । धर्म सँगै आउने निष्ठा, नैतिक आचरण र मूल्यले समाजमा आफ्नै ढंगले ‘शासन’ गरिरहेका हुन्छन् । तर जब धर्मको आवरणमै ठगी धन्धा र अनैतिक व्यवहार भइरहन्छन् अनि प्रहरी, प्रशासन र राजनीतिक दल र समाजका अगुवाहरू धर्मसँग जोडिएको विषय भन्दै आवश्यकताभन्दा बढी संवेदनशील बनेर त्यस्ता विकृतिलाई नजरअन्दाज गरिदिन्छन् तब समस्या निकै पेचिलो बन्ने गर्छ ।
आज धर्मको नाउँमा मठ, मन्दिर, अनुष्ठानहरुमा भैरहेका खर्च र साधन स्रोतहरुमाथिको दुरुपयोग मात्र हुन्नथ्यो भने त्यो मानवीय हितका अन्य क्षेत्रहरुमा ठूलो योगदान पुग्थ्यो । धर्मको नाउँमा मानिसहरुले पैसासँगै जीवन पनि लुटाइरहेका छन् । बुद्धि विवेक लुटाइरहेका छन् । यहाँसम्म आफू बसेको थातथलो पनि लुटाउन बाध्य छन् । धर्मका धन्दावाजहरुले आश्रम स्थापना र विस्तारको नाउँमा आदिवासीहरुको जमिन हडपेर बेघरबार बनाइरहेका छन्।
जब मानिस मुक्ति प्राप्त गर्न उत्सुक छन्, उनीहरू भगवानको सर्वोच्च व्यक्तित्वले सम्बन्धित वस्तुहरूको त्याग गर्छ, त्यो भौतिक भए तापनि, यसलाई अपूर्ण त्याग भनिन्छ । जब कोही पनि कुनै पनि वस्तुले जोडिएको हुँदैन तर सँगै कृष्णको सम्बन्धमा सबैथोक स्वीकार गर्छ तब त्यो सही अधिकारभन्दा माथि हुन्छ (भक्ति रस अमृत बिन्दु) । यसरी मानिसलाई भ्रममा पारेर इस्कोनले पैसा असुली गरेर क्राइष्टको प्रचार गर्छ ।
जसरी पैसा असुलीका लागि हाम्रो भागवत कथा वाचनको नाममा धर्मका व्यापारीहरूले गर्ने गर्छन् । भागवत वाचन गर्नेहरूले पैसालाई माया भन्ने गरेका छन् तर त्यही माया मोटो संख्यामा, पचास लाखसम्म कथा वाचकको लोकप्रियता हेरी भागवत वाचन गरेको लिन्छन् ।
हो नेपाली समाज धर्मका दृष्टिकोणबाट ज्यादै कमजोर र संवेदनशील छ । नेपालीलार्ई सबैभन्दा ठग्न सजिलो माध्यम भनेको धर्मप्रतिको विश्वासका कारणले हो ।नेपालीहरू भावना र आत्मरञ्जनाबाट छिटोभन्दा छिटो पग्लिन्छन् र यसैलार्ई मध्यनजर राखेर स्वघोसित देवदूतहरूको नेपालमा ठगी धन्दा मौलाएको छ ।
चाहे चर्चका पास्टर हुँ भन्ने हुन्, चाहे गुम्बाका लामा वा बुद्धका अवतारी हुँ भन्ने हुन्, चाहे मन्दिरका पूजारी वा संस्कृत साहित्य अनुशरणका स्वामी, प्रपन्नाचार्य, आचार्य, भागवताचार्य, वाचन प्रवीण हुँ भन्ने हुन्, कहीँ न कतै तिनका स्वार्थ धनसँग, यौनसँग, तरुनी मोहसँग र राजनीतिसँग जोडिएको छ ।
बौद्ध धर्मका नाउँमा स्थापित सेता गुम्बाभित्रका आनी र अवतारी लामाहरूको अवैधानिक धन्दा होस् कि चर्चभित्र मौलाएको यौनजन्य क्रियाकलाप होस् वा स्वघोषित स्वामीजीहरू र मठका मठाधीसहरूका ठगी चर्चा होस्, यसका लागि हाम्रो देश नेपाल खुला विश्वविद्यालय भैसकेको छ ।
धर्मको आवरणलार्ई जब राजनीतिक सुरक्षा मिल्छ अनि आफूलाई ईश्वरको दूत सम्झिने महाराजजीहरूले समाजमा कन्कोल मच्चाउन थाल्छन् । भागवत गीताका नाउँमा सपथ खुवाएर सारा धन लुटाउन सक्ने व्यापारीहरूका पनि कहँ न कतै स्वार्थ जोडिएको हुन्छ । धर्मलार्ई समातेर भोट माग्ने नेता, धर्मको नाउँमा स्थापित भएका गुम्बा, मन्दिर, मस्जिद, चर्च, चैत्य, बिहार यी सबै स्थानमा हुने अनेकौँ शोषण यदि बाहिर आउने हो भने धर्मप्रति मानिसमा यति वितृस्णा पैदा हुन्छ कि उनीहरू सबै नास्तिक बन्न सक्छन् ।
देवताका मन्दिरमा बलि चढाइएकी देउकी हुन वा अहिले छुइका नाममा भत्काइएका छाउगोठ हुन् वा धामीझाँक्रीका माध्यमबाट सन्तान नहुनेलाई सन्तान हुन्छ भनी सपना देखाएर स्त्रीको सतित्व हरण गर्ने मनुष्य हुन् ती सबै धर्मका नाउँमा हुर्किएका गलत परम्परा हुन् । देउकीको दारुण कथाले लतपतिएको भूमिमा यस्ता आडम्बरी क्रियाकलाप कति धेरै भए होलान् यसको हिसाबकिताब समयले राखिरहेको होला ।हिन्दू धर्म भनेको सनातनी सभ्यता र जीवनशैली हो। राजनीतिक अभीष्ट हासिल गर्ने अस्त्र त हुँदै होइन।
प्रेम, शान्ति, उदारताको आत्मविश्वासले भरिएको हिन्दू दर्शन कसैसँग खतरा महसूस गर्दैन। यसलाई जोगाउन असुरक्षित मनोभावका गुन्डाहरूको लस्कर चाहिन्न। अनगिन्ती प्रहार सहेर सधैं जागेर उठेको हिन्दू दर्शनको सभ्यता गतिशील छ। यो आफ्नै सच्चरित्रकै कारण जोगिनेछ, यसका लागि धर्म र राजनीतिको पारपाचुके अनिवार्य छ। स्वघोषित धर्मरक्षकहरूले बाटो छोड्नुपर्छ, हिन्दू सभ्यता आफै अघि बढ्छ।
सन्सारको सबैभन्दा पवित्र र अहिंसावादी धर्म बौद्ध धर्मलाई मानिन्छ । नेपाल बुद्धकै पावन देश हो । बुद्धको नाउँमा बुद्धका शरणगतका खातिर सामाजिक कार्य गर्दै आएकी प्रसिद्ध आनी छोइङ डोल्मासमेतको अकुत सम्पत्तिका बारेमा राज्य स्वयं पनि आल्मलिनुपरेको छ। एउटा झुलुङ्गे पुल हाल्न करोडौँ दान दिन सक्ने हैसियत ती आनीको कसरी भयो भन्ने कुरामा नेपाली समाज आफैँ अलमलिएको छ । आफूलाई बुद्ध अवतारी मान्ने रामबहादुर बम्जनका कर्तुतका बारेमा व्यापक बहस र चर्चा भए पनि अन्ततः उनले पनि राजनीतिको संरक्षकत्व पाएकै छन र आनी छोइङ डोल्मालाई पनि अन्ततः राजनीतिक सुरक्षा मिल्यो उनी अहिले चुपचाप छिन् ।
नेपालका धेरै स्वघोसित बाबाजीहरूका पछाडि यौन चर्चा जोडिएको हुन्छ । उनीहरूका शरणमा धेरै युवतीहरू शरणार्थी भएर होमिन्छन्, जस्तो बत्तीको उज्यालोमा पुतली होमिन्छन् र सकिन्छन् सजिलैसँग । धर्मसँग त पाप कहिले पनि नजोडिनु पर्ने थियो तर सधैँ धर्मसँग पाप किन नाता लगाएर आउँछ ? समाजका ९० प्रतिशत मान्छे आडम्बरमा बाँचेका हुन्छन् ।
पहिले पहिले धर्म, त्याग, तपस्या एकान्तमा गरिन्थ्यो यो योगसाधना हुन्थ्यो र अन्ततः यसले मनुष्य जीवनलार्ई सदमार्गमा डोहो-याउने काम पनि गर्थ्यो । मनुष्य जीवनलार्ई पवित्र बनाउने माध्यम पनि धर्म नै हो । खराब आचारसंहितामा नफस्नु वा खराब कर्म नगर्नु धर्म हो यति हो धर्मले आफैँलाई व्यक्त गरेको परिभाषा पनि ।
तर, नेपाली समाजमा धर्म यति व्यापक बन्दै गयो कि यहाँ धर्म व्यापार बन्यो । धर्म नै किनबेच भयो । धर्मसँग नाता छैन भन्ने प्रगतिशीलहरूले धर्मका अवतारीहरूलाई बोकेर हिँडिरहनु उचित थिएन । धर्मको आवरण ओढेपछि कसैले प्रश्न नै नगर्ने परम्पराको विकास जुन रूपमा भइरहेको छ र त्यसमा राजनीतिक दलहरूले जसरी मलजल गरिरहेका छन्,
धर्म सधैँ गरिबीसँग बसेन । यो केवल हुनेखाने धनीमानी राजनीतिसँग जोडियो । नेपालका अभिजात्य वर्गले धर्मलाई समेत आफ्नो पेवा सम्झिए र आफूअनुकूलको राजमार्ग निर्माण गरी यसमा नेपाली समाजलाई जवर्जस्ती हिँड्न् लगाए । यसपछि धर्म स्वयं पापमा परिवर्तन हुँदै गयो । बुद्ध शरणागतमा होमिएकी आनी छोइङ कसरी करोडौँ सम्पत्तिको मालिक्नी बनिन् । बुद्धले उनको नाउँमा पैसा कमाउने धन्दा गर त कहिले पनि देशना गरेर हिँड्दा भनेका थिएनन् होला । धर्मको बाटो त अति सुन्दर साक्षात सहज सलिल हुनुपर्ने हो नि तर किन नेपाली समाजमा धर्मको बाटो यति धेरै असुन्दर असहज र अँध्यारो बन्दै गइरहेको छ ? यसको कारण के हो ?
अहिलेको नेपाली समाज धर्मका माध्यमबाट झनै आतङ्कित हुँदै गएको छ । जब राजनीतिले जनतालाई गुटबन्दीमा गोलबद्ध हुन सिकाउँछ त्यति नै बेला धर्मलार्ई धाम जाने बाटो नमानेर कमाउने धन्दा र रमाइलो गर्ने मधुशाला बनाउँछन स्वामीजी महाराजहरूले । धर्म स्वयं शान्तिको बाटो हो तर धर्मका ठेक्का बोकेर समाजसुधारको क्षितिज खोल्छु भन्ने विजय भन्डारी हुन् कि आनी छोइङ हुन वा रामबहादुर बम्जन हुन् वा वाचनप्रवीणहरू हुन यिनको मोहनी लीलामा अलमलिएको नेपाली समाज झन् बर्बादीतर्फ धकेलिँदै गएको महसुस भैरहेको छ ।
धर्मको नाउँमा चलाईने धन्दाहरु सबैभन्दा सुरक्षित हुन्छन् । किनभने धर्मद्वारा शासित दिमागहरु धर्म भन्ने वित्तिकै प्रश्न गर्दैनन् । त्यही भएर धर्मको खोलभित्र हुने अपराधहरु खुल्लमखुल्ला हुने अपराधहरुभन्दा कैयौं गुणा व्यापक छन् । तपार्ईं सीधा सीधा दुनियाँलाई ठग्न हिड्नुस् त्यहाँ धेरै खतरा र जोखिमहरु छन् । तर धर्मको रामनामी पहिरेर ठग्न हिड्नुस् त्यहाँ सुरक्षा कवचहरु धेरै भेटिनेछन् ।
पहिलो कुरा त ठगी गर्ने पक्रिने सम्भावना कम हुन्छ। यदि पक्रिहाल्यो भने सुरक्षित हुने सम्भावना बढि हुन्छ । त्यसैले धार्मिक धन्दाहरु यतिखेर पनि निर्वाधरुपमा चलिरहेका छन्। पूँजीवादी धन्दा र धार्मिक धन्दा अलग होइनन् यतिखेर । ती एउटै सिक्काका दुईवटा पाटाजस्तै हुन् । पूँजीवादले नै धर्मको धन्दा चलाइरहेको छ ।
पौराणिक कथाहरु नै यसका साक्षी छन् कि धर्म र ईश्वरको नाउँमा भैसकेपछि सबै कुरा जायज र लिला हुन्छन् । अरुबाट तिनै कर्महरु भएभने कु–कर्म र अपराध हुन्छन् । कु–कर्म एउटै हो तर त्यही भगवानको लागि सम्भोग हुन्छ, अरुका लागि बलात्कार हुन्छ । अरुले गरे हत्या–हिंसा हुन्छ, भगवानले गरे धर्मको रक्षा हुन्छ । अरुले गरे अपमान–दूर्वचन हुन्छ भगवानले गरे वचन हुन्छ । शासकले गरे ती सबै पवित्र, अवर्जनीय, सु–कर्म, लिला र आचरण हुन्छन् । शासितहरुले गरे तिनै अपवित्र, वर्जनीय, कु–कर्म र दूराचार हुन्छन् ।
यसको ठगी विचित्रको छ। चाहे मानसिक होस् या भौतिक । यतिखेर धर्मका ठेकेदारहरुले धर्म र ईश्वरको औचित्य साबित गर्नको लागि विज्ञानको पनि सहारा लिए झैं गर्छन् । धर्मले स्थापित गरेका हर रुढिवादी, अन्धविश्वासी कर्मकाण्डहरुपछाडि विज्ञान जोडिएका कुतर्कहरुका मनोगत कथाहरु रच्ने गर्छन् । जुन सरासर झूठको खेती हो । हुँदाहुँदा सतिप्रथा वैज्ञानिक थियो, जातीय छुवाछुत वैज्ञानिक छ, लैंगिक विभेद वैज्ञानिक छ भन्ने जस्ता कुराहरु गर्न पछि पर्दैनन् । यहाँ त सीधा सीधा झूठको खेती छ । किनभने विज्ञानको यात्रा त प्रश्न, तथ्य, तर्क, निरीक्षण र अन्वेषणबाट सुरु हुन्छ तर त्यसको अन्त्य कहिल्यै हुँदैन ।
धर्मको निम्ति आजको ईश्वर पूँजीवाद हो किनकि उसले पूँजीको ईसारामा धर्मलाई नचाउँछ र नाफा कमाउँछ । जो कुनै बेला धर्मसँगै जीवन मरणको लडाईं लडेको थियो । मानवजातिको कल्याणको बखान गर्ने धर्मको रवैया कस्तो छ ? “सर्वे भवंतु सुखिनः”को सन्देश दिने धर्म जब नारीहरुलाई ज्यूँदै जलाइन्छ त्यतिखेर कहाँ गएको हुन्छ ? जब गरीबहरु भोकै मर्छन् त्यतिखेर कहाँ जान्छ ? त्यो त उसको नक्कली मुखौटो मात्र हो ।
पशु, ढोल, गवाँर, शूद्र र नारीहरुलाई समकक्षमा राखेर ताडना दिनुपर्छ भन्ने । एकातिर “ईश्वरको नजरमा समस्त प्राणी समान छन्” भन्ने तर अर्कोतिर मानिसलाई कथित पूर्वजन्मका पापहरुको हकदार बनाउँदै प्रायश्चितका विधि विधानहरुभित्र कैद गरिराख्ने । मानव कल्याण र समानताका नक्कली कुरा गर्र्ने त्यही धर्मले एकथरि मानिसहरुलाई सहस्र मुख भएका पुरुषको पैतालाबाट जन्मिएको घोषणा गर्दै नारकीय जीवन व्यतित गर्न बाध्य बनाउने । यस्तो धर्म अनि ईश्वरको लागि कसरी सबै प्राणी र मानवजातिको समान भयो ? यसरी हेर्दा सबै खाले विभेद, अन्याय, असमानता र शोषणहरुलाई मलजल गदै आएको त धर्मले नै छ । धर्मको वास्तविक अनुहार भनेको यही हो । उसको दृष्टिमा आँखा चिम्लिएर त्यो अमानवीय सत्ताप्रति विश्वास गर्नु धर्म हो ।
आजभोलि धर्मलाई अन्धविश्वास ठानेर धर्म भौतिक उन्नतिका निम्ति बाधक तत्त्व हो भन्ने सिद्धान्त प्रचार–प्रसार गर्ने गरिएको छ । जतिजति व्यक्ति शिक्षित वा सचेतजस्तो हुँदै जान्छ, उतिउति उसले धर्मलाई मानवजीवनमा अनावश्यक र अनुपयोगी तत्त्वका रूपमा ग्रहण गर्दै गएको देखिन्छ । यस्तो स्थिति समाजमा आउनुमा मुख्य कारण देशमा चलाइएको भौतिकतावादी एकाङ्गी शिक्षापद्धति नै हो । साथै नैतिक मूल्य–मान्यताको उपेक्षा, उपभोगवादी संस्कृतिको अभ्यास, पाश्चात्त्य संस्कृतिको प्रभाव इत्यादि कारणले पनि आधुनिक युवक–युवतीहरूमा धर्म भनेको अन्धविश्वास मात्र हो भन्ने छाप पर्न गएको छ ।
तर जसरी वैज्ञानिकहरूले पत्ता लगाएका कुराहरूलाई आफूले नबुझे पनि जनसाधारणले मान्दछन्, त्यसै गरी ऋषिमुनिहरूले पत्ता लगाएर भनेका कुरालाई पनि साधारण मान्छेले विश्वास गर्नुपर्ने हुन्छ । वैदिक धर्मका साधक विद्वान्हरूले मात्र ऋषिमुनिहरूको उपदेशको केही तात्पर्य बुझ्न सक्छन् । चर्मचक्षुले देखेको कुरामा मात्र विश्वास गर्छु र त्यसबाट मात्र राम्रो हुन्छ भन्नु पनि हानिकारक देखिन्छ । भौतिक परिस्थितिलाई चेतनाले निर्धारण गर्छ भन्ने चेतनाप्रधान दर्शनसँग भौतिकवादीहरू विमति राख्दछन् ।
चेतनाप्रधान दर्शन मान्ने मानिसहरू अध्यात्मवादी वा आदर्शवादी हुन् । कुनै अलौकिक शक्ति (बोलीचालीको भाषामा भगवान, देवता र ईश्वर) को कृपा वा चेतनाले मानिसको भाग्य (भौतिक परिस्थिति) बन्छ भन्ने मान्यता बोकेको दर्शन नै अध्यात्मवाद हो । भौतिकवादले भौतिक परिस्थितिलाई प्रधान मान्ने र अध्यात्मवादले चेतनालाई प्रधान मान्ने भएकाले यी दुई वस्तुतः विपरीतार्थक दर्शन हुन् । कोही पनि चिन्तकले एकैपटक भौतिकवादी र अध्यात्मवादी भएर चिन्तन गर्नसक्दैन ।
भौतिकवाद कम्युनिष्टहरूको पारिभाषिक विशेषता भएकाले कम्युनिष्टहरू अध्यात्मवादी बन्न सक्दैनन् । अध्यात्मवादी कम्युनिष्ट पाखण्डमात्र हो । जसले अध्यात्मवाद (धर्म) लाई दर्शनको रुपमा अङ्गीकार गर्छ भने त्यो व्यक्ति कम्युनिष्ट हुनसक्दैन । धर्मका धेरै नाम भए पनि सबैको एउटै दार्शनिक आधार भनेको अध्यात्मवाद नै हो । कुनै पनि देशमा क्रान्तिपछि स्थापना हुने कम्युनिष्ट सरकारले भौतिकवादी सिद्धान्तको प्रचार गरी अध्यात्मवादी सिद्धान्तलाई क्रमशः कमजोर बनाइने गर्दछ ।
धर्म ईश्वर प्रदत्त हो जबकि मत मतान्तर मनुष्यकृत हो । धर्मले मानिसलाई जोड्छ तर रिलिजन र मजहब जस्ता मतहरूले मानिस मानिसबीच वैमनस्य गराई दूरी बढाउँछ । धर्म आक्रमणकारी हुँदैन । धर्म मान्दिन भनेर नास्तिक पनि हुन सकिन्छ जस्तै चार्वाक तर रिलिजन र मजहबले आक्रमण, फकाई फुल्याई वा प्रलोभनमा पारी धर्म त्याग्न लगाएर आफ्नो मतमा रूपान्तरण गर्छ, त्यो धर्म होइन, अधर्म हो ।
न लिंगम् धर्मकारणम् । अर्थात् लिंग अर्थात् बाहिरी चिहृनजस्तै पादरी आदिले लामो चोला लगाउने, क्रस धारण गर्ने, मुसलमानहरूले जालीदार टोपी लगाउनु र लामो दारी राख्नु, महिलाहरूले बुर्का लगाउनु अनिवार्य हुन्छ त्यो धर्म होइन रिलिजन र मजहब हो ।
प्रकृति वा भौतिक जगत्का नियमहरूलाई बुझ्न नसक्दा वा बुझ्ने प्रक्रियामा पस्न नखोज्दा आदिम सभ्यताको मान्छेले आफ्नो सीमित तार्किक क्षमताको आधारमा कुनै अदृश्य परमशक्तिको कल्पना ग¥यो। जसलाई हजारौं वर्षदेखि मानवीय अज्ञानताबाट कल्पित ‘परमचैतन्य शक्ति’ भनिन्छ, त्यो अमूर्त भावमात्र हो। मान्छेमा अज्ञानता, भ्रम, भय वा स्वार्थ आदिका आधारमा व्यक्तिपिच्छे फरकफरक काल्पनिक बिम्ब तयार हुन जान्छ।
जुन कुरा कहीँ कतै कहिल्यै पनि प्रत्यक्ष भएको छैन, जसको अस्तित्वलाई कसैले पुष्टि गर्न सक्दैन र जसलाई कसैले देखेजानेको पनि छैन, त्यसैको खोजीमा भड्किरहेको छ, मान्छे। फेरि पनि मान्छे त्यही भ्रमको पछाडि दौडिरहेको छ, बहस गरिरहेको छ, मरामार गरिरहेको छ, उधुमका युद्ध चलिरहेको छ र शान्ति तथा अहिंसाको नाममा ठूलठूला रक्तपात मच्चाइरहेको छ।
धर्मले अरूको हितका लागि प्राण बलिदान दिन्छ तर मतहरूले आफ्नो मत फैलाउन अन्तिममा ज्यान नै लिन्छन् । त्यसैले माक्र्सले धर्मको नभएर मतको विरोध गर्दै मतलाई अफिम भनेका थिए तर हाम्रा कम्युनिष्टहरूले मतलाई धारण गरेर धर्मलाई अफिम भन्दै सनातन धर्मभूमि, देवी देउताहरूको निवास र क्रीडास्थलमाथि आक्रमण गरेर सनातन धर्ममाथि आक्रमण गरिरहेका छन् । जनता चुनावका बेला यी सनातन धर्मविरोधीहरूले भेडालाई घाँस खुवाए जस्तै खुवाएर भोट लिँदै सनातन धर्मको विनाशमा योगदान दिइरहेका छन् ।
अहिले नजागे कहिले जाग्ने यी सनातन धर्मविरोधी नेताहरू र यो व्यवस्थाविरुद्ध ?धर्मलाई व्यापार बनाई वैदिक सनातनधर्मलाई भाँडभैलो पार्ने उद्देश्यले इण्डियामा विभिन्न सम्प्रदायहरू, विभिन्न भगवान र गुरुहरू उत्पन्न गर्नु नौलो कुरा होइन । भागवत लगाउँदा वा यज्ञ, कोटिहोम गर्दा वेद अनुसार नगर्नु धर्ममाथि आक्रमण हो । हाम्रा कथित गुरु, गुरुआमाको यो कथित धर्मावतारका कारण वैदिक सनातन धर्म संकटमा परेको छ । यसैको आडमा म्लेच्छलगायत कथित सम्प्रदायहरूले शिर उठाउन पाएका छन् । मैले यस्ता गुरुहरूबाट क्रिष्ट र कृष्ण एउटै हुन् भन्ने सुनेको छु । संस्कृत पढेका छन्, गुरु पुरोहित्याइँ गर्छन् तर क्रिष्ट र कृष्णमा भेद छ भन्ने जान्दैनन् । यस्ता मायावी कालनेमीहरू यहाँ प्रशस्तै छन् ।
नास्तिक हुनुको अर्थ ‘धार्मीक’ हुनुजस्तै होइन । अर्को कुनै मत या सम्प्रदाय खडा गर्नुपनि होइन। जस्तो मानिसहरुलाई लाग्ने गर्छ कि बरु यो त धार्मीक शोषणको जगमा पैदा भएको प्रतिक्रिया हो । यो विवेक र तर्कको पक्षमा उभिनु हो ।यो श्रमजिवी वर्गको पक्षमा उभिनु पनि हो । जसले उनीहरुलाई भाग्यवादी बनाएर लड्नुपर्ने वास्तविक लडाईंबाट विमुख बनाउँछ ।
धर्म भन्दा ईश्वरको मान्यता पहिले नै जन्मिसकेको थियो । जुन प्रकृतिमा घट्ने घटनाहरुप्रतिको मानिसको अज्ञानताको परिणाम थियो । तर धर्मले त्यस लाई आफूभित्र समेट्दै प्रचलित सत्ताहरुलाई मजबुत बनाउने अस्त्रको रुपमा प्रयोग गर्दै गयो । धर्मले मानिसको लालच र भयको मनोविज्ञानलाई प्रयोग गर्छ । “धर्म नमान्नुको परिणाम यस्तो हुन्छ । धर्म मानेपछि यो प्राप्त हुन्छ ।” यसले तर्कविहीन मानिसहरुलाई सहजै प्रभावित पार्न सक्छ ।
तसर्थ नास्तिकता अज्ञानताको खण्डन गर्ने एउटा माध्यम हो । धर्मले अज्ञानता फैलाइरहेको छ, जसको खण्डन जरुरी छ । धर्म भ्रम हो । नास्तिकता वास्तविकता हो ।ईश्वरलाई अगाडि सारिसकेपछि त्यसलाई नै ब्रम्हाण्डको चालक शक्ति देखाउँदै मानिसहरुको शोषण गर्न शासकहरुलाई धेरै सजिलो भयो । तर नास्तिकहरुले यही प्रश्न उठाइरहेका छन् कि धर्मले आजसम्म मानव जातिलाई दिएको के हो? धर्मले दिने यसको जवाफ स्वरुप कुतर्क भन्दा अरु केहि हुँदैन ।
अज्ञानताले कहिल्यै पनि तर्कको सहारा लिँदैन । भ्रम, कुतर्क, रहस्यमयता र अन्ततः मानिसको विवेकमाथि अंकुश लगाउनु यसको विशेषता हो । लोकतन्त्रवादी, समाजवादी, साम्यवादी इत्यादि विभिन्न प्रकारका राजनीतिक आदर्शका पक्षधरसमेत समाजका सबै नै सदस्यहरूका लागि कर्तव्य र अकर्तव्यको एउटा भरपर्दो मर्यादाको रेखा आवश्यक हुन्छ ।
त्यो नभै वास्तविक राष्ट्रिय उन्नति र सुखशान्ति हुन सक्तैन । “जतिञ्जेल बाँचिन्छ सुखैसित बाँच्न पर्छ, ढाँटीछली रिनसिन गरेर पनि घिउ नै खान पर्छ, ढाँटछल गरेको पापको फल अर्को जुनीमा पाइन्छ र अहिले खाएको रिन अर्को जुनीमा तिर्न पर्छ भन्ने सिद्धान्त यथार्थ हुन सक्तैन, मरेपछि पोलेर खरानी पारिएको शरीर फेरी कहाँबाट खडा भएर आउँछ र?”
माक्र्सले धर्मलाई अफिम भनेका थिएनन्, रिलिजनलाई अफिम भनेका थिए । पश्चिमा वैज्ञानिकहरूले हज्जारौं वर्षअगाडि लेखिएको हाम्रो वेद, उपनिषद आदिको आधारमा उपरोक्त धारणा सार्वजनिक गरेका थिए । त्यसैले वेदलाई विज्ञान भनिन्छ । धर्म, रिलिजन र मजहबमा फरक छ । रिलिजन र मजहब भनेको धर्म नभएर मत हो । मत अफिम हुनसक्छ तर धर्म कदापि अफिम हुन सक्दैन ।
माक्र्सले इस्लामहरूले एशियामा धर्मान्तरणका लागि गरेको बर्बर आक्रमण, बेबिलोन, मिश्रलगायत सभ्यताको अन्त्य गरेको देखेका थिए ।इण्डिया लगायत दक्षिण एशियामा इस्लाम आक्रमणकारीहरूले कसरी सनातन धर्म सभ्यतामाथि आक्रमण गरेर समाप्त पारेको, पोप र पादरीहरूद्वारा सामान्य मानिसमाथि गरेको अन्याय र अत्याचार, बन्दुकको बलमा धर्मान्तरण तथा राज्यमाथि नियन्त्रण गरेको देखेर उनले रिलिजनलाई अफिम भनेका थिए न कि धर्मलाई । उनी इण्डियन उपमहाद्विपमा आएका थिएनन्, त्यसैले उनलाई यहाँको धर्म, संस्कृति र सभ्यताबारे ज्ञान थिएन् ।
धर्मले अरूको हितका लागि प्राण दिन्छ तर मतहरूले आफ्नो मत फैलाउन अन्तिममा ज्यान नै लिन्छन् । माक्र्सले धर्मको नभएर मतलाई अफिम भनेका थिए तर हाम्रा कम्युनिष्टहरूले मतलाई धारण गरेर धर्मलाई अफिम भन्दै सनातन धर्मभूमि, देवीदेउताहरूको निवास र क्रीडास्थलमाथि आक्रमण गरेर सनातन धर्ममाथि आघात पु¥याइरहेका छन् ।
माक्र्सले युरोपमा चर्चहरूको राज्यमाथि हस्तक्षेप र मनपरीतन्त्रको विरोधमा धर्मलाई अफिम जस्तो हो भनेका थिए। जबकि हामी कहाँ कहिल्यै धर्मले राज्यमाथि आफ्नो हुकुम चलाएन। प्राचीनकालमा गुरुपुरोहितहरूले राजालाई राज्य सञ्चालनमा धर्मसंघ, लोककल्याणकारी राष्ट्र स्थापना र राष्ट्रको समृद्धि तथा बाहृय शत्रुबाट राष्ट्रको रक्षा कसरी गर्ने भनेर सल्लाह दिन्थे तर कुनै दबाब दिँदैनथे । राजनीतिमा गुरु, पुरोहितको कुनै हस्तक्षेप थिएन, थियो त केवल असल सल्लाह । माक्र्सले युरोपका लागि भनेको कुरा कसरी नेपालमा लागू हुनसक्छ ? नेपाल त झन् वैदिक सनातन धर्मको जन्मस्थल हो ।
यहाँ सनातन धर्मावलम्बी, हिन्दू, बौद्ध, किरात, बोन सबै धर्मका मानिस मिलेर बसेकै थिए । कुनै पनि धर्मगुरुहरूले राज्यमाथि कहिल्यै हस्तक्षेप गरेको इतिहास छैन । शिव अवतार गुरु गोरखनाथले राम शाह, द्रव्य शाह र पृथ्वीनारायण शाहलाई दर्शन नै दिएका थिए । गुरु गोरखनाथको आशीर्वादले पृथ्वीनारायण शाहले नेपालको पुनः एकीकरण गरेका थिए । गुरु गोरखनाथको गुरु मत्छेन्द्रनाथ यही पवित्र भूमिमा आएर बसे । मत्छेन्द्रनाथको रथयात्राको दर्शन गर्न सनातन धर्मविरोधी यी शासकवर्ग किन जाने गर्दछन् ? के यो उनीहरूको बाध्यता हो ?
माक्र्सले युरोपका लागि धर्म किन अफिम जस्तै हो भने त ? ग्यालेलियोले पृथ्वी सूर्यको चारैतिर घुम्छ भन्दा यो बाइबलविरोधी भयो भनेर चर्चले विरोध गरेपछि राज्यले उनलाई थुन्यो । बाइबलमा सूर्य पृथ्वीको चारैतिर घुम्छ भनेर लेखेको थियो । चर्चले ग्यालेलियोले आफ्नो भनाइ फिर्ता लिएर सूर्य पृथ्वीको चारैतिर घुम्छ भनेर नस्वीकारे उनलाई मृत्युदण्ड दिन चर्चले आदेश दिएपछि बाध्य भएर ग्यालेलियोले आफ्नो भनाइ फिर्ता लिए र आजीवन नजरबन्दमा बस्नुपर्यो । कालक्रममा ग्यालेलियो सत्य ठहरिए । जियोर्दाना ब्रुनो इटालीका दार्शनिक, खगोलशास्त्री, कवि तथा गणितज्ञ थिए । जसलाई क्याथोलिक चर्चले ज्युँदै जलाएको थियो । उनको अपराध थियो, उनले खगोल वैज्ञानिक निकोलस कोपरनिकसको विचार ‘ब्रहृमाण्डको केन्द्र पृथ्वी नभएर सूर्य हो’लाई समर्थन गरेका थिए ।
धर्मका हजारौँ परिभाषा भेटिन्छन्, पूर्वीय दर्शनमा । धर्म शब्दको अनेकन् सन्दर्भमा प्रयोग भएको छ । स्वभावको रूपमा धर्मको प्रयोग भएको छ । कर्तव्यको रूपमा धर्म भेटिन्छ । पन्थ, सम्प्रदाय र साधना पद्धतिका रूपमा पनि धर्म शब्दकै प्रयोग भएको पाइन्छ । धर्म शब्दको प्रयोग गीताको श्लोकदेखि मनुस्मृति र तुल्सीदासको रामचरित मानससम्म एकैखालको छ, कर्तव्य नै धर्म हो भनेर । राजा होऊ भने राजधर्म गर । क्षेत्रीय होऊ भने क्षेत्रीय धर्म गर । विद्यार्थी होऊ भने विद्यार्थी धर्म गर । शासक र प्रशासक होऊ भने त्यही धर्म पालन गर ।
सनातन धर्म यसरी आएको छ । अरूलाई पीडा दिने अधर्मी हो, सत्य सबैभन्दा महान् धर्म हो । धर्मविहीन राजनीति मृत शरीर समान हो, गान्धीवचन यही छ । गान्धीको धर्म राजनीतिमा नैतिकतासँग गाँसिएको छ । बिपी कोइराला पनि केही हदसम्म त्यहीँ उभिएका छन् । आत्ममन्थन यहाँ जरुरी छ । के हो राजनीतिमा नैतिक धर्म भनेको ?धर्मको परिभाषा सनातनबाट सम्प्रदाय र पन्थमा आइपुग्दा फरक छ । एउटै धर्मभित्र पनि अनेकन् सम्प्रदायमा हिंस्रक प्रतिस्पर्धा भएका छन् ।धारणा गर्ने अर्थप्रतिपादक ‘धृञ्’ धातुमा मन् प्रत्ययलागेर धर्म शब्दको निर्माण हुन्छ ।
जसको अर्थ धारणगर्न योग्यभन्ने हुन्छ । जुनमान्यताको धारण गरिन्छ त्यो नै धर्म हुन्छ । संसारमा सबै मान्छेले कुनै न कुनै धर्म धारण गरेकै हुन्छन् । एक प्रकारको मान्यतावा दृष्टिकोण पनि धर्म नै हो । विश्वमा विभिन्न प्रकारका धर्म मान्ने पाइन्छन् । मूलतः सनातन, बौद्ध, जैन, यहुदी, मुसलमान, क्रिश्चियन, कन्फ्यूसियस, सिन्तो, पारसी धर्म, एमिनिष्ट, फेटिस्ट आदिको जनसङ्ख्या अधिक पाइन्छ । धारण गर्न योग्य वस्तुलाई धर्म भनिएको छ । आफ्ना शास्त्रीय मान्यताले धारण गर्न योग्य ठानेका कार्यको परिपालना नै धर्म हो । सबै धर्मले सत्यको मार्गलाई अवलम्बन गरेका छन् । सर्वकल्याणको कामना नै सबै धर्ममा व्याप्त पाइन्छन् ।
शशी थरूरको पुस्तक म किन हिन्दू हुँमा बताइए झैं सिन्धु घाटी सभ्यता र हिन्दू सभ्यताको शुरूआत एकै समय भएको मानिन्छ। इसापूर्व ३००० देखि १७०० बीचमा हिन्दू सभ्यता र सिन्धु घाटी सभ्यता सँगसँगै विकसित भएको आकलन छ। वेदव्यासले चार वेद लेखेसँगै जसलाई आज हामी हिन्दू धर्म भन्दछौं, त्यसको दार्शनिक आधार तय भयो। प्रश्न, शंका, कारण र प्रमाण यस धर्मको दार्शनिक मान्यता बन्यो। ३५०० वर्ष पुरानो ऋग्वेदले सृष्टिकर्तालाई पनि प्रश्न गरेको छ। ऋग्वेद भन्छ, ‘भगवान्लाई पनि के थाहा, यो सृष्टिको आदि र अन्त्य के हो?
ऊ स्वर्गबाट सृष्टिको निरीक्षण गर्दछ।’ त्यसैले हिन्दुवादीहरूले आलङ्कारिक रूपमा सत्य र अहिंसाको जति नै प्रचार गरे पनि यो धर्ममा हिंसाचार एक सामान्य आचरण बनेको छ। हिन्दु धर्मको आधार वेद, पुराण, महाभारत, गीता, मनुस्मृति र अन्य दर्जनौं स्मृतिलगायतका धार्मिक तथा पौराणिक ग्रन्थहरू हुन्। यी सबै ग्रन्थहरू मूलतः तत्कालीन शासक, तिनले मच्चाएका युद्ध र तिनका चर्तीकलाहरूका कथा नै हुन्।
पापमाथि धर्मको विजय, असत्यमाथि सत्यको विजय एवम् आसुरी सम्पदामाथि दैवी सम्पदाको विजयका निम्ति लडिएको भनिएका यस्ता युद्धहरू भौतिकवादमा विश्वास गर्ने आदिवासीहरूमाथि कथित सभ्य र पवित्र आगन्तुक आर्यजाति वा त्यस्तै शक्तिशाली पक्षबाट थोपरिएका युद्धहरू न हुन्। यी युद्धहरूमा अन्ततः विजयी शासक वर्गलाई नै देवता बनाएर महिमागान गरिएको पाइन्छ ।
मानसिक र आध्यात्मिक सुखशान्ति प्राप्त गर्न पनि धर्मविचारको आवश्यकता पर्छ । मानिसलाई भौतिक वस्तुले मात्र पूर्ण रूपले सुखी बनाउन सक्तैन भन्ने कुरा विचारशील व्यक्तिले बुझेकै हुनुपर्छ । जीवनमा आइपर्ने सुखदुःखमा आफ्नो मानसिक सन्तुलन नगुमाईकन तिनलाई सहज रूपमा लिन सक्ने बन्न पनि धर्मविचारले ठुलो सहायता पुर्याउँछ । यसरी मानवको व्यक्तिगत, कौटुम्बिक, सामाजिक, राष्ट्रिय र सार्वभौम न्यायपूर्ण जीवनयात्रालाई समुचित रूपमा चलाउनमा वास्तविक धर्मभावनाको ठूलो स्थान देखिन्छ ।
आज मान्छे धर्मविचार र मोक्षभावनाबाट विमुख भएर केवल अर्थ (कामपरायण धनसम्पत्तिका र मोजमजाका सुरमा चल्ने) मात्र भएको छ । त्यसैले मान्छे आफू पनि अशान्त छ र उसको परिवेश पनि अत्यन्त अशान्त र दुःखपूर्ण बन्दै गइरहेको छ । केवल भौतिक सुख–सुविधाका खोजीमा बाहिर भौतारिँदा ऊ आफैँभित्र नै अनुभव गर्न सकिने आत्मिक सुखशान्तिबाट त वञ्चित भैरहेको नै छ, साथै भौतिक साधनबाट प्राप्त हुने सुखको समेत अनुभव गर्न पनि नसक्ने, नपाउने वा नभ्याउने हुँदै गएको छ ।
मानिसको जीवन धेरै नै यान्त्रिक र नीरस हुँदै छ । तसर्थ वैदिक (हिन्दु) जीवनपद्धतिमा मानिसलाई भौतिक, मानसिक र आध्यात्मिक सबै प्रकारले सुखी बनाउन धर्म, अर्थ, काम र मोक्ष यी चार पुरुषार्थको सन्तुलित रूपले सेवन गर्न धर्मशास्त्रले निर्देशन दिएको हो । यदि मानिस अर्थकामपरायण (भौतिकतावादी) मात्र भयो भने उसले स्वार्थपूर्ण कार्यबाहेक लोककल्याणकारी कार्य गर्नै सक्तैन ।
आफू वास्तविक रूपमा शान्त र सुखी बन्न पनि सक्तैन । पापको डर नहुँदा धेरै मान्छे मौका पाउनेबित्तिकै अन्याय, अत्याचार र भ्रष्टाचार गर्न प्रवृत्त भइरहेका देखिन्छन् ।यी विषयलाई सूक्ष्म र गम्भीर रूपमा विचार गर्न सक्ने व्यक्तिले वैदिक सनातन धर्मलाई अन्धविश्वास वा जीवनका निम्ति अनावश्यक तत्त्व हो भन्ने निष्कर्ष निकाल्दैन । धर्म मानवजीवनका निम्ति उपयोगी र आवश्यक तत्त्व नै हो ।
त्यति मात्र हैन, मान्छेका वशमा नभएका मृत्यु, बुढ्याइँ, रोग, प्रिय व्यक्तिसितको वियोग, घर–खेत–धनको नाश इत्यादि अनिष्ट विषयबाट हुने दुःख र शोकलाई सहन वा कम गर्न पनि धर्मविचारले निकै सहयोग गर्छ । साथै प्रियजनसितको संयोग, धनको प्राप्ति इत्यादि अभीष्ट विषयबाट हुने हर्ष र समृद्धिका समयमा समेत मान्छेका हृदयलाई न्यायपूर्ण मार्गमा चल्न तथा शान्तिपूर्ण तथा सन्तुलित जीवनयात्रा चलाउन प्रेरित गर्ने र दृढताका साथ सहायता दिने तत्त्वका रूपमा पनि धर्मविचारको स्थान ठुलो देखिन्छ । धर्म दुर्बलहरूको ठूलो बल हो र निरुपाय दुःखित–पीडितहरूको धैर्यधारण गरेर बाँच्ने तथा बलियाहरूसँग लड्ने आधार पनि हो ।
धर्मानुयायीहरूले हिन्दू धर्म आधुनिक जगतमा अस्तित्वमा रहेको सबैभन्दा पुरानो धर्म मान्दछन्, यद्यपि हाल प्रचलनमा रहेका हिन्दू धर्मग्रन्थहरू ४ हजार वर्ष भन्दा पुराना मानिंदैनन् । अधिकांश ग्रन्थहरू श्रुति परम्पराले जीवन्त राखेको प्रमाण मिल्छ, उदाहरणका लागि हालको महाभारत ग्रन्थ सम्भवतः ३ हजार वर्ष भन्दा पुरानो होइन, र यसमा प्रयुक्त लिखित पदावलीहरू मूल संस्कृत रूप भन्दा ४ सय वर्ष बराबरको अन्तर देखिन्छ ।
हिन्दूधर्मको नाममा पनि पुरोहित सम्प्रदायले हाम्रो समाज र सभ्यतालाई हजारौँ वर्ष मानवताविरोधी र जातीय श्रेष्ठताको अहंकारले अन्धकार युगमा राख्यो ।अझै यो खेल जारी छ । ५औँ शताब्दीदेखि झन्डै १४औँ शताब्दीसम्म ‘हजार वर्षको’ युरोपमा कालो र अन्धकार युगको इतिहास छ धर्मका नाममा । कैयन् धर्मयुद्ध भए युरोप र मध्यपूर्वमा । लाखौँ लाख मानिसको ज्यान गयो ।
इस्लामका सम्प्रदायबीच पनि खुनी हिंसा भए, भइरहेकै छन् ।इस्कोन, रामपाल, राधे राधे, कृष्णप्रणामी, ओम् शान्ति, साई बाबा, राधास्वामी आदि इत्यादि जति सम्प्रदायहरू जो सनातन धर्मको खोल ओढेर सनातन धर्मलाई नै नाश गर्ने अभियानमा हिँडेका छन् ।भारतमा फैलँदो इस्कोनको प्रभाव त्यहाँका हिन्दू मठाधीशहरुलाई समेत चिन्ताको विषय बन्दै आएको छ। भारतबाट अमेरिकामा पैसा लैजानेसम्मको काममा इस्कोन लागेको आरोप लाग्ने गरेको छ। यही हिसाबले इस्कोनको विस्तार हुँदैजाँदा शैव र कृष्ण प्रणामीका बीचमा दूरी बढ्दै गएको छ।
इस्कोनका मान्छेहरु ‘हरे कृष्ण’ गाउँदै गाउँगाउँ पुग्न थालेका छन्। उनीहरुले गीतालगायत कृष्णसँग सम्बन्धित साहित्य बेच्ने गर्छन्। यो उनीहरुको आर्थिक संकलनको लागि देखाउने पाटो हो। अझै गोरो छालाका कतिपय व्यक्तिहरु ‘हरे कृष्ण’ गाउँदै इस्कोनका कार्यक्रममा अगुवाइ गर्छन्।
धर्मको अध्ययन गर्दा ध्यान दिनुपर्ने केही कुरा छन् । पूर्वीय समाजमा धर्मका अनेक मत वा पन्थ छन् तर तिनीहरूको सार सन्देश एउटै छ । पूर्वीय धर्मशास्त्रमा आउने विशेष शब्द छन्, जस्तो कि, ब्रह्म, आत्मा, परमात्मा, निर्वाण, पूर्वजन्म, पुनर्जन्म, परमज्ञान, बुद्धत्व, सन्यास, ईश्वर, भगवान्, देवता आदि । पूर्वको धर्मशास्त्रमा आउने केही नाम छन् ।
जस्तो कि, शिव, कृष्ण, इन्द्र, ब्रह्मा, बिष्णु, महेश्वर आदि । यी शब्द र नाम ब्यक्ति वाचक होइन, विम्बात्मक हुन् । खास अर्थमा यिनीहरूले अस्तित्बका निश्चित दिव्य गुणको प्रतिनीधित्ब गर्दछन् । यी शब्द वा विम्ब जे अर्थमा प्रयोग भएका छन्, सोही अर्थमा बुझ्दा मात्र धर्मको सही अर्थबोध हुने छ ।
धर्म र विज्ञानको खोजीको विषय एउटै हो । पद्धति मात्र फरक हो । विज्ञानले जहिल्यै सत्यका सम्बन्धमा ‘के’ र ‘कसरी’ भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास गर्दछ । धर्मले पनि ‘के’ र ‘कसरी’ कै उत्तर खोज्ने प्रयास गर्दछ । विज्ञान ‘प्रयोग’ मा आधारित हुन्छ, धर्म ‘योग’ मा आधारित हुन्छ । ‘किन’ भन्ने प्रश्न विज्ञान र धर्म दुबैले उठाउँदैनन् । यसबारे ओशो भन्दछन् ःहामी ‘के हो?’ को उत्तर खोज्न सक्छौँ ।
‘कसरी’? को पनि हामी जवाफ दिन सक्छौँ ।त्यसैले विज्ञानले ‘के हो’? को उत्तर खोज्दछ र प्रयोगशालामा ‘कसरी’ को पनि उत्तर खोज्दछ । धर्म पनि ‘के हो’? को खोज गर्दछ र ‘योग’ मा ‘कसरी’? को पनि उत्तर खोज्दछ । त्यसैले धर्मको जुन व्यवहारिक अङ्ग छ त्यो ‘योग’ हो र विज्ञानको जुन व्यवहारिक अङ्ग छ त्यो ‘प्रयोग’ हो । हामी अस्तित्बलाई ‘किन’ छ ? भनेर प्रश्न सोध्नै सक्दैनौँ । अस्तित्व छ । बस् यतिमै कुरो सकियो ।
ज्ञान प्रकृयाका हिसाबले धर्म र विज्ञान केही फरक छन् । तर अन्तरसम्बन्धित पनि छन् । विज्ञान वस्तुगत अवलोकनमा आधारित हुन्छ र यसले तार्किक ज्ञानलाई ज्ञानको मूल स्रोत मान्दछ । यसमा तीन किसिमका ज्ञान पर्दछन् । पहिलो, वैज्ञानिक प्रयोग, दोस्रो ‘प्रकृतिसँगको सङ्घर्ष’ र तेस्रो सामाजिक अनुभव । विज्ञानका लागि ज्ञान हासिल गर्ने यिनै तीन प्रकृया हुन् ।
आत्मिक ज्ञान यसका लागि गौण महत्वको कुरा हो । धर्मले पनि ज्ञानका स्रोतलाई तीनओटै भागमा देखाउँछ । पहिलो, अनुमान ज्ञान, दोस्रो प्रत्यक्ष ज्ञान र तेस्रो बुद्ध पुरुषका वचन । माथिका तार्किक ज्ञानका तीनओटै स्रोतलाई धर्मले ‘अनुमान ज्ञान’ भित्र समेट्छ । ‘अनुमान ज्ञान’ भनेको नै वैज्ञानिक ज्ञान हो । जुन हाम्रो मस्तिष्कको त्यो परिधिमा आउँछ जहाँ विभेद, बिभाजन, तुलना, मापन र वर्गीकरण हुन्छ ।
हरेक चिजभित्र ‘विपरीत तत्व’ देखिन्छ । बौद्धहरू यसलाई सापेक्ष ज्ञान भन्दछन् । उपनिषदमा यसलाई ‘माया’ भनिएको छ । अमुर्तता यो ज्ञानको विशेषता हो । यद्धपि धर्म र विज्ञान दुबैले ज्ञानका मूलभूत दुई खण्ड हुन्छन् भन्ने कुरा स्वीकार गर्दछन् । पहिलो तार्किक–ज्ञान र दोस्रो आत्मिक–ज्ञान । समग्र ज्ञान प्रकृयामा दुबै पद्धति अन्तरसम्बन्धित छन् भन्ने कुरा पनि धर्म र विज्ञान दुबैले स्वीकार गर्दछन् ।