परमतत्व वा परम सत्यलाई जान्नु नै दर्शन
-रामशरण गैरे
विषय प्रवेश–
दर्शन शब्दको अर्थ देख्नु हो । संसारलाई देख्नु नै दर्शनको मुख्य सार हो । अंग्रेजी भाषामा दर्शनलाई फिलोसफी भनिन्छ । यहाँ फिलो र सफियाको अर्थ ज्ञान भन्ने बुझिन्छ । पश्चिमी दर्शनको पनि अन्तिम आधार ज्ञान नै हो र परमतत्व वा परम सत्यलाई जान्नु नै दर्शन भनिएको छ ।दर्शनशास्त्र गहन बौद्धिक शास्त्र हो । यसबाट मानिसले सम्पूर्ण विश्वज्ञानलाई समष्टिगत रूपमा एकैपटक बुझ्न पाउँछ । सोसियो साइन्सबाट यो शब्द निर्माण भएको र यसको अर्थ जान्नु हो ।
विज्ञानको अर्थ ठीक ज्ञान प्राप्त गर्नु हो । दर्शनको उद्देश्य पनि ज्ञान प्राप्त गर्ने नै हो । फरक यति हो, विज्ञानबाट भौतिक लाभ र दर्शनबाट आध्यात्मिक लाभ प्राप्त हुन्छ । धर्मको उद्देश्य आत्माको शक्ति हो र दर्शनको उद्देश्य सत्यको खोजी हो । धर्मको उद्देश्य सत्यको खोजी, ज्ञान प्राप्ति हो । धर्मको स्वरूप भने सेवा नै हो । शरीरभित्र रहेको शुद्ध, चैतन्य र परमात्माको अंशआत्मासँग नजिक रहने विद्या नै अध्यात्म सागर हो ।
पानीविनाको विजुली कल्पना गर्न नसकिए झैं अध्यात्मविनाको भौतिक संसार शून्य छ । जीव, जीवात्मादेखि सारा संसारका रचयिता परमेश्वरप्रतिको स्नेहको गाँठो बलियो पार्ने विचार नै अध्यात्म चिन्तन हो । स्थूल शरीरको सुख, सूक्ष्म शरीर मन र कारण शरीर आत्माको विश्लेषण गरी जीवन र जगत् अनि जगदी श्वरको साकार तथा निराकार चिन्तन विद्या नै अध्यात्म विद्या हो ।
अध्यात्म विद्यासँग रहेको पूर्वीय संस्कृतिले यस विद्यालाई सागरतुल्य गहिराइमा र आकाशतुल्य अनन्तमा फैलाइदिएका छन् । खहरे, खोला, नदीहरूले परम गन्तव्य सागरमा पुग्ने लक्ष्य लिएझैँ हर मानवले परमेश्वरसम्म पुग्ने दृढ संकल्प सदा नै लिइरहनुपर्छ । अध्ययन भन्नु आकाशमा चम्किने सूर्यजस्तै हो विलियम शेक्स पियरको भनाइमा । वेदले पनि आत्मा अमर छ र सूर्यरूपी आत्मा नै जगतको मालिक परमात्माको अभिव्यक्ति हो भनेको छ ।
धर्मको उद्देश्य आत्माको शक्ति हो र दर्शनको उद्देश्य सत्यको खोजी हो । धर्मको उद्देश्य सत्यको खोजी हो । धर्मको उद्देश्य ज्ञान प्राप्ति हो । धर्मको स्वरूप भने सेवा र पूजा हो ।दृष्यते अनेन इति दर्शनम् भन्ने अर्थमा देख्नु नै दर्शनको मुख्य सार हो । अंग्रेजी भाषामा दर्शनलाई फिलोसफी भनिन्छ यहाँ फिलोस र सफिया को अर्थ ज्ञान भन्ने बुझिन्छ । ज्ञानको अनुराग भन्ने अर्थ बुझिन्छ ।
पश्चिमी दर्शनको पनि अन्तिम आधार ज्ञान नै हो र परमतत्व वा परम सत्यलाई जान्नु नै दर्शन भनिएको हो ।दर्शनशास्त्र गहन बौद्धिक शास्त्र हो । यसबाट मानिसले सम्पूर्ण विश्वज्ञानलाई समष्टिगत रूपमा एकैपटक बुझ्न पाउँछन् । सोसियो साइन्सबाट यो शब्द निर्माण भएको र यसको अर्थ जान्नु हो । विज्ञानको अर्थ ठीक-ठीक ज्ञान प्राप्त गर्नु हो । दर्शनको उद्देश्य पनि ज्ञान प्राप्त गर्ने नै हो । फरक यति हो, विज्ञानबाट भौतिक लाभ र दर्शनबाट आध्यात्मिक लाभ प्राप्त हुन्छ ।
पूर्वीय धर्म दर्शन
पूर्वीय धर्म दर्शनमा ऋग्वेदको आरम्भदेखि नै मानव जीवन स्वस्थ र सन्तुलित हुनुपर्ने संकेत भएको छ । स्वस्थ जीवनबाटै स्वस्थ समाज निर्माण हुन्छ । स्वस्थ, सन्तुलित, चारित्रिक, सभ्य नागरिक समाजबाट देशप्रेम र ईश्वरीय चिन्तनसमेत हुन पुग्छ ।पूर्वीय दर्शनका विभिन्न स्वरूप छन् । जस्तै सांख्यदर्शन, योगदर्शन, न्याय दर्शन, वैशेषिक दर्शन, मिमांसा दर्शन, वेदान्त दर्शन । यी त भए सबै आस्तिक (ईश्वर मान्ने) दर्शन । नास्तिक दर्शन (ईश्वर नमान्ने) पनि हाम्रो पूर्वीय दर्शनमा छन् । ती हुन् चार्वाक दर्शन, बौद्ध दर्शन र जैन दर्शन ।
पूर्वीय दर्शन आर्य सभ्यतासँग सम्बन्धित छ ।
पूर्वमा जीवन जगत, ईश्वर, जीव, प्रकृति आदि विषयहरूमा गरिएका गहिरो चिन्तन र विचारहरूको सामूहिक रुपमा नै पूर्वीय दर्शनले प्रकृति, जीवन र जगत विषयमा वैदिक कालदेखि सुक्ष्म अध्ययन हुँदै आएको पाइन्छ । अन्तर तत्वको साक्षात्कार गर्नका लागि अलौकिक तत्वको आवश्यकता पर्दछ । पूर्वीय दर्शनको महत्वपूर्ण प्राप्ति भनेकै आस्तिक दर्शन हो । आस्तिक दर्शनको उचाइका आधारमा विश्वमा नै पूर्वीय दर्शनको स्थान उच्च हुन पुगेको छ ।
यसलाई वैदिक दर्शन पनि भनिन्छ । सम्पूर्ण धर्मको मूलभूत रूपमा रहेको वेदको केन्द्रीयतामा नै आस्तिक दर्शनले विचार विमर्श गर्ने भएकाले आस्तिक दर्शनलाई वैदिक दर्शन पनि मानिएको छ । आस्तिक दर्शनको आधारस्तम्भ नै वेद हो । यस दर्शनलाई सनातन दर्शन, नैतिक दर्शन वा आर्य दर्शन पनि भनिन्छ । पूर्वमा दर्शनको प्रारम्भ वैदिक वाङ्मयदेखि सुरु भई पुराण तथा विभिन्न दार्शनिक ग्रन्थ हरूमा समेत यसको व्याप्त देखिएको छ । पूर्वीय मान्यता अनुसार दर्शन भनेको आन्तरिक तत्वबोध अर्थात् आत्मबोध हो ।
पूर्वीय आस्तिक दर्शनका अनुसार “जगतको कोही एउटा मूल अर्थात् नियामक तत्व रहेकोे र त्यसकै माध्यमले जगत् चलिरहेको छ ।” जगतको मूल तत्व एउटै हो भन्ने कुरामा षड्दर्शनमा विवाद नदेखिए तापनि जगतका समवायीकारण र निमित्त कारणमा भने विवाद देखिन्छ । दर्शनले हामीलाई यथार्थको द्वारसम्म मात्र पुर्याउँछ तर प्रवेश भने गराउँदैन । भित्र प्रवेश गर्नका लागि अन्तरदृष्टि वा आत्मज्ञान चाहिन्छ । पूर्वीय दर्शन यही अन्तर्दृष्टि वा आत्म ज्ञान प्राप्तिका लागि साधनहरूको खोजी गर्दछ र आन्तरिक ज्ञान प्राप्तिको लागि मानवलाई प्रेरणा दिने काम गर्दछ साथसाथै मानव जीवनलाई पुनर्जन्मको चक्रबाट जोगाई तिनलाई मोक्ष दिलाउनु पूर्वीय दर्शनको मुख्य उद्देश्य हो ।
पश्चिमी दार्शनिक
पश्चिमी दार्शनिक, अन्वेषकहरूमा डा.फ्राइड, डा.युंग, एडलर हेलफिल्ड, डा.ब्राउन आदि मुख्य छन् । अठारौँ शताब्दीका प्रख्यात पाश्चात्य दार्शनिक लेविनिजले यस संसारलाई परमाणुद्वारा बनेको भनेका छन् । परमाणुलाई उनले मोनाण्ड नामकरण गरे । यसैलाई चित् अणु भनिन्छ । प्रसिद्ध वैज्ञानिक ग्यालिलियोले गणितीय सिद्धान्त अनुसार प्रकृति असंख्य अणुद्वारा बनेको भनेका छन् ।
पदार्थको विस्तार यसैबाट भएको हो।पदार्थमा आकर्षण शक्ति हुन्।यसैले गर्दा सम्पूर्ण ब्रहृमाण्ड, ग्रह, तारा, नक्षत्र आदि सञ्चालित छन्। गुरुत्वाकर्षणको सिद्धा न्तले हामी बस्ने पृथ्वी अडेको छ । न्युटनको यो सिद्धान्त गुरुत्वबल पूर्वीय वैशेषिक दर्शनमा यसअघि नै प्रतिपादित थियो ।
उनले यसको व्यावहारिक प्रयोगको व्याख्या गरेका हुन् । पूर्वीय दर्शनमा यस्ता धेरै सिद्धान्त अनुसन्धान र खोजीको घेराभित्रै छन् । विज्ञानले प्रतिपादन गरेको सिद्धान्त आवाज वा साउण्ड एक माध्यमबाट अर्को माध्यमसम्म फैलिएर जान्छ भन्ने मर्म पूर्वीय न्यायदर्शनमा पाइन्छ । संस्कृति भन्नाले चाहिँ मानवको सम्पूर्ण चरित्रभन्दा अत्युक्ति हुँदैन ।
पूर्वीय धर्म दर्शनमा ऋग्वेदको आरम्भदेखि नै मानव जीवन स्वस्थ र सन्तुलित हुनुपर्ने संकेत भएको छ । स्वस्थ जीवनबाटै स्वस्थ समाज निर्माण हुन्छ । स्वस्थ, सन्तुलित, चारित्रिक, सभ्य नागरिक समाजबाट देशप्रेम र ईश्वरीय चिन्तनसमेत हुन पुग्छ । अरूलाई नदिई स्वयंले मात्र प्रयोग गरेको अन्न विष तुल्य हुन्छ भन्ने वाक्यांशले पूर्वीय मानव जीवनको संस्कृति, सभ्यता र पुण्य कर्मको सन्देश मिल्छ ।
अठारौं शताब्दीका प्रख्यात पाश्चात्य दार्शनिक लेविनिजले यस संसारलाई परमाणुद्वारा बनेको भने । परमाणुलाई उनले मोनाण्ड नामकरण गरे । यसैलाई चित् अणु भनिन्छ । प्रसिद्ध वैज्ञानिक ग्यालिलियोले गणितीय सिद्धान्तअनुसार प्रकृति असंख्य अणुद्वारा बनेको छ भने । पदार्थको बिस्तार यसैबाट भएको हो, यसमा आकर्षण शक्ति हुन्छ जसले गर्दा नै सम्पूर्ण ब्रहृमाण्ड, ग्रह, तारा, नक्षत्र आदि सञ्चालित भएका छन् । गुरुत्वाकर्षणको सिद्धान्तले हामी बस्ने पृथ्वी अडेको छ ।
न्युटनको यो सिद्धान्त गुरुत्वबल पूर्वीय वैशेषिक दर्शनमा यसअघि नै प्रतिपादित थियो । पूर्वीय दर्शनमा यस्ता धेरै सिद्धान्तहरू छन् । विज्ञानले प्रतिपादन गरेको सिद्धान्त आवाज एक माध्यमबाट अर्को माध्यमसम्म फैलिएर जान्छ भन्ने मर्म पूर्वीय न्यायदर्शनमा पाइन्छ ।
संस्कृति भनेको मानवको सम्पूर्ण चरित्र हो । पूर्वीय धर्म दर्शनमा ऋग्वेदको आरम्भदेखि नै मानव जीवन स्वस्थ र सन्तुलित हुनुपर्ने संकेत भएको छ । स्वस्थ जीवनबाटै स्वस्थ समाज निर्माण हुन्छ । स्वस्थ, सन्तुलित, चारित्रिक, सभ्य नागरिक समाजबाट देशप्रेम र ईश्वरीय चिन्तनसमेत हुन पुग्छ । अरूलाई नदिई स्वयंले मात्र प्रयोग गरेको अन्न विषतुल्य हुन्छ भन्ने वाक्यांशले पूर्वीय मानव जीवनको संस्कृति, सभ्यता र पुण्यकर्मको सन्देश मिल्छ ।
पूर्वीय दर्शन वैज्ञानिक छ । कुनै व्यक्तिविशेषले भावावेगमा यो तयार पारेको होइन, सम्पूर्ण संसारको विधि, विश्लेषण गरिएका चिन्तनका विषयवस्तुमध्ये जीव र जगत्को सञ्चालक, मनको ज्ञाता, बिम्बअनुरूप जगत् प्रतीत हुने र बिम्बअनुरूप नै कार्य हुने भएकाले हरेक कार्यहरूको उद्गम स्थलमानव मन हो । पूर्वीय संस्कृतिमा वेदलाई ईश्वरको बोली भनिएको छ ।
पैल, जैमिनी, वैशम्पायन, सान्दिपिनी, याज्ञवल्क्य, पाणिनी, पतञ्जलि, व्यास, बुद्ध, जनकले अध्यात्म ज्ञान सिंचन गरेको मूलुक नेपाल विधर्मी कसरी हुन्छ ? सत्यं वद, धर्मंं चर स्वाध्यायान् माप्रमद, कामं क्रोधञ्चजहि को मूलमन्त्रले वाल्यवस्थादेखि नै सदाचार मातृपितृभक्ति, गुरुभक्ति, देशभक्ति, आफूभन्दा ठूलाको सम्मान, ईश्वरप्रति आस्था, सानाप्रति दया र स्नेह भावले नै व्यक्ति, समूह र राष्ट्रप्रति जिम्मेवार हुन सकिन्छ ।स्थूल शरीरको सुख, सूक्ष्म शरीर, मन आत्माको विश्लेषण गरी जीवन र जगत् अनि जगदीश्वरको साकार तथा निराकार चिन्तन विद्या नै अध्यात्म विद्या हो । अध्यात्म विद्यासँग रहेको पूर्वीय संस्कृतिले यस विद्यालाई सागरतुल्य गहिराइमा र आकाशतुल्य अनन्तमा फैलाइदिएका छन् ।
जीव उत्पति
जीव उत्पतिको कारण, कर्म र संस्कार, बन्धन र मोक्ष, पुनर्जन्म र सिद्धि, स्वप्न र निद्रा, रोग र तनाव, शान्ति र अशान्ति, स्मरण र विस्मृति, सन्तोष र आनन्द, त्रास र भय, चरित्र र पतन, वासना र मूर्खता, उत्साह र सफलता, शान्ति र आनन्द, योग र ध्यानविकास र विनाश द्वन्द्व र कलहका मूल कारक तत्व मन नै हो । सिद्धि, सुख, शान्तिका लागि पूर्वीय वैदिक चिन्तनलाई हामीले सदैव मनन गर्न सके हामी, हाम्रो जीवन र जगत् सबै राम्रो हुन्छ ।
असत्य भाषण ठूलो पाप हो । अरूको निन्दा, तिरस्कार र अपमान अझ ठूलो पाप हो अनि आफ्नै स्वजातीय र आफन्तको निन्दा गर्नु जघन्य पाप हो । स्थूल शरीरको सुख, सूक्ष्म शरीर, मन र कारण शरीर आत्माको विश्लेषण गरी जीवन–जगत् अनि जगदीश्वरको साकार तथा निराकार चिन्तन विद्या नै अध्यात्म विद्या हो ।
अध्यात्म विद्यासँग रहेको पूर्वीय संस्कृतिले यस विद्यालाई सागरतुल्य गहिराइमा र आकाशतुल्य अनन्तमा फैलाइदिएका छन् ।जीवन र जगत्को खोजीको विषयमा अध्यात्म ज्ञान परम ज्ञान सम्झी सदैव जीव, जगत् र जगदीश्वरबारे खोजी गरिरहनु पर्छ, कारण अध्ययन भन्नु आकाशमा चम्किने सूर्य जस्तै हो विलियम शेक्सपियर को भनाइ हो यो । वेदले पनि आत्मा अमर छ र सूर्यरूपी आत्मा नै जगत्को मालिक परमात्माको अभिव्यक्ति हो भनेको छ ।
असत्य भाषण र बोलचाल सबैभन्दा ठूलो पाप हो । अरूको निन्दा तिरस्कार र अपमान गर्नु अझ ठूलो पाप हो अनि आफ्नै स्वजातीय र आफन्तको निन्दा गर्नु भनेको जघन्य पाप हो रवीन्द्रनाथ टैगोरको भनाइ हो यो । यो उक्तिलाई मानिसले सदैव आत्मासात् गर्नुपर्छ । मानवताविहीन कार्यहरू गर्नेलाई वेदले पनि प्रायश्चित गर्न सकेको छैन । पूर्वीय संस्कृतिमा वेदलाई ईश्वरको बोलीको रूपमा लिइएको छ ।
सत्यं वद, धर्मंंचर स्वाध्यायान् मा प्रमद, कामं क्रोधञ्च जहि को मूल मन्त्रले बाल्यवस्थादेखि नै सदाचार, मातृपितृ भक्ति, गुरु भक्ति, देशभक्ति, आफूभन्दा ठूलाको सम्मान, ईश्वरप्रति आस्था, सानाप्रति दया र स्नेह भावले नै व्यक्ति, समूह, समुदाय, संस्था र राष्ट्रप्रति प्रेम र जिम्मेवार हुन सकिन्छ भन्ने बोध गराउँछ । त्यतिमात्रै होइन सबैप्रति श्रद्धा हुन्छ, आफूप्रति स्वाध्याय हुन्छ । धर्म, अर्थ, काम र मोक्षरूपी पुरुषार्थ सिद्ध हुन्छ ।
साङ्ख्य दर्शन प्रकृतिलाई सृष्टिको मूल वा प्रधान कारण मान्ने दर्शन हो । यस दर्शनमा पछि आएर ईश्वरवाद थपिएको भए तापनि यसले मूलतः ईश्वरलाई सृष्टि कर्ता मान्दैन । यो पुरुष र प्रकृति नामका दुई तत्त्वको परम सत्तालाई स्वीकार गर्ने द्वैतवादी दर्शन हो । यसले प्रकृतिलाई कर्ता र पुरुषलाई चेतना मानेको छ ।
साङ्ख्य दर्शन दक्षिण एसियाको सबैभन्दा पुरानो दर्शन मानिन्छ । यस दर्शका प्रतिपादक महर्षि कपिल मानिन्छन् । यस दर्शनले सृष्टिको मूल कारणका रूपमा ब्रह्म वा ईश्वरलाई नमानी प्रकृतिलाई मानेको छ । यस्तो विचार तत्कालीन वैदिक मान्यता विपरीत थियो ।
त्यसैले तत्कालीन कतिपय व्यक्तिहरूले यसलाई कट्टर भौतिकवादी, धर्म विरोधी र वेद विरोधी भनी आलोचना गरेका थिए । तर पछि यस दर्शनमा पनि ईश्वरवाद घुसाइयो र यसलाई अनिश्वरबाट टाढा पुराइयो । तैपनि आफ्नो जमानामा यस दर्शनले जे गर्यो त्यसलाई महत्पूर्ण उपलब्धिका रूपमा लिन सकिन्छ ।
पूर्वीय दर्शन कुनै व्यक्ति विशेषले भावावेगमा यो तयार पारेको होइन, सम्पूर्ण संसारको विधि, व्याख्या र विश्लेषण गरिएका आत्मचिन्तनका विषय वस्तुमध्ये जीव र जगत्को सञ्चालक, मनको व्याख्या, मनका अनुभूतिअनुरूप बिम्ब बन्ने, बिम्बअनुरूप जगत् प्रतीत हुने र बिम्बअनुरूप नै कार्य हुने भएकाले हरेक कार्यहरूको उद्गमस्थल मानव मन नै हो । जीव उत्पतिको कारण, कर्म र संस्कार, बन्धन, मोक्ष, पुनर्जन्म र सिद्धि, स्वप्न, निद्रा, रोग, तनाव, शान्ति, अशान्ति, चरित्र, पतन, वासना, मूर्खता, उत्साह मूल कारक तत्व मन नै हो ।
सिद्धि, सफलता, सुख, शान्ति र आरोग्यका लागि पूर्वीय वैदिक चिन्तनलाई हामीले सदैव मनन गर्न सके हामी, हाम्रो जीवन र जगत् सबै हाम्रो परम लक्ष्यतिर उन्मुख हुन सक्छौँ । गीताको मर्म पनि यही हो । यस्तै परमार्थ चिन्तन, तपस्या, ध्यान र साधनाबाट गौतम बुद्धलाई सिद्धि मिलेको भन्ने तथ्य पनि सर्वत्र जगजाहेर छ । नैयायिकहरूले पनि भनेका छन्- मन नै सुखदुःखका कारण हो । पूर्वमिमांसा सांख्य दर्शनमा मन र आत्मालाई विभु भनिएको छ । विभु वा प्रज्ञा भन्नु जीवनको यथार्थ ज्ञान हो ।
योगाभ्यासद्वारा इन्द्रियहरूलाई नियन्त्रण गरी मोक्ष प्राप्त गर्न सकिन्छ र योग नै मोक्ष मार्ग हो भन्ने दर्शन हो यो । यस दर्शनको पनि मौलिक योग दर्शनमा चित्त वा मनका क्रियाकलापको नियन्त्रण गर्नुलाई योग भनिन्थ्यो भने पछि आएर योग भनेको मन र ईश्वरका बीच संयोग गराउने साधन वा आत्म ज्ञानको साधन अर्थात् ब्रह्मज्ञान प्राप्त गरी ‘म नै ब्रह्म हुँ’ भन्ने निष्कर्षमा पुगेर सांसारिक बन्धनबाट मुक्त हुने माध्यम हो भन्न थालियो ।
योग दर्शन
योग दर्शनले साङ्ख्य दर्शनको सिद्धान्तलाई अङ्गीकार गरेको हुँदा यसलाई साङ्ख्य दर्शनसँग जोडेर हेर्ने गरिएको छ । कतिपय विद्वानहरूले त साङ्ख्यलाई सिद्धान्त र योगलाई त्यसैको व्यावहारिक पक्षका रूपमा पनि मान्ने गरेका छन् । पछिल्लो चरणमा योग भन्नाले ध्यानद्वारा आत्मालाई ईश्वरसँग जोड्ने साधनका रूपमा लिइएको हुँदा यस दर्शनलाई पूर्णतः भाववादी दर्शनका रूपमा लिइन्छ, तथापि योगद्वारा शरीर, मन, वचन, कर्मको शुद्धि गरिने र यसले शरीरलाई तन्दुरुस्त र स्वस्थ राख्ने हुँदा यसलाई महत्त्वपूर्ण दर्शनका रूपमा लिन सकिन्छ ।
ईश्वर, आत्मा वा परमात्मा नमान्ने र भाग्यमा विश्वास नगर्ने लोकायत दर्शन प्राचीन दक्षिण एसियाको एक मात्र भौतिकवादी दर्शन हो । यसलाई ‘चार्वाक मत’ र ‘बार्हस्पत्य सूत्र’ पनि भनिन्छ । लोक र आयत दुई शब्द मिलेर बनेको यो दर्शन लोकको पक्षपाती अथवा जनतामा फैलिएको लोकमा आधारित भन्ने हो । यस दर्शनशास्त्रले जनताको पक्षमा काम गर्ने भएकाले जनताको प्रिय दर्शनका रूपमा पनि लिइन्छ ।
माथि भनिसकिएको छ कि यसले ईश्वर, आत्मा, परमात्मा, पुनर्जन्म, स्वर्ग, नर्क आदि कुनै कुरामा पनि विश्वास गर्दैन । त्यसैले जे छ, वर्तमान छ । जे गर्छौ, वर्तमानमा गर । भविष्यको चिन्ता नगर । मरेपछि स्वर्ग जाने वा फेरि जन्मने कुरामा विश्वास नगर भन्ने विचार राख्छ ।लोकायत दर्शनलाई चार्वाक दर्शन पनि भनिन्छ ।
वैशेषिक दर्शन पदार्थको सच्चा स्वरूप र गुणहरूको ज्ञानद्वारा संसारलाई बुझ्न खोज्ने तथा पदार्थको सच्चा ज्ञानबाट नै मोक्ष प्राप्त हुन्छ भन्ने दर्शन हो । ‘विशेष’ नामको पदार्थलाई समेत मान्ने हुँदा यसको नाम वैशेषिक रहेको भनिन्छ ।
योग पूर्वीय दर्शनमध्येको सबैभन्दा बढी प्रचलित दर्शन हो । योग दर्शन सांख्य दर्शनसँग जोडिन्छ । पूर्वीय दर्शनहरु ९ वटा रहेका छन्ः ६ वटा आस्तिक र ३ वटा नास्तिक । आमरूपमा नास्तिक भन्नाले ईश्वर नमान्ने भनेर पनि बुझेको पाइन्छ, तर खासमा नास्तिक दर्शनहरु ईश्वरको अस्तित्व स्वीकार नगर्नेभन्दा पनि वेदको अस्तित्व स्वीकार नगर्ने दर्शन हुन् ।
जसमा बौद्ध, जैन र चारवाक दर्शन पर्दछन् । आस्तिक दर्शन अर्थात् षड्दर्शन अर्थात् वेदलाई मान्ने दर्शन छवटा (न्याय र वैशेशिक, सांख्य र योग,मीमांसा र वेदान्त) रहेका छन् । यीमध्येमा पनि सबैभन्दा प्राचीन शांख्य दर्शन मानिन्छ । केवल प्राचीन मात्र हैन, सबैभन्दा वैज्ञानिक पनि यसै दर्शनलाई मानिन्छ । सांख्य भनेको संख्या हो । जसमा सांख्यले २५ वटा तत्त्वको कुरा गर्दछ । यसका प्रणेता महर्षि कपिल हुन् । यसले प्रकृति जड हुँदाहुँदै पनि सक्रिय छ, तर पुरुष चैतन्य हुँदाहुँदै पनि निष्कृय छ भन्छ । र योगको मुख्य कारण भनेको त्यो प्रकृतिलाई नै गुर्णातित बनाउनको लागि हो । पुरुषसँग मिलाउन अर्थात् उसको वास्तविक रूपको ज्ञान गराउन हो । योग दर्शन सांख्यसँग जोडिन्छ ।
योग शब्दको अर्थ युज धातुमा घञ प्रत्यय लागेर बनेको छ । जसको अर्थ हो जोड्नु, मिल्नु, मिलन हुनु, संयोग हुनु । योग संयोगको अवस्थालाई समाधि भनिन्छ । यसको मतलब जीवात्मा र परमात्माको समता अवस्था हो । खासमा यसको अर्थ जोड्नु पनि हो, तर त्यतिमात्र हैन यसको ३२ वटा अर्थ रहेका छन् ।
जसमध्येमा एउटाचाहिँ जोड्नु हो । वैदिक परम्परामा सबैभन्दा बढी लेखिएको साहित्य योग हो । यसका ३० हजारभन्दा पनि बढी साहित्य रहेको अनुमान गरिन्छ । कतै योग चार प्रकारका उल्लेख गरिएको छ । गीतामा कर्मयोग, भक्तियोग, ज्ञानयोग र राजयोगको कुरा गरिएको छ भने कतै हठ योग, मन्त्र योग, लय योग र राजयोगको चर्चा भएको पाइन्छ ।
योग साधकको प्रकृति हेरेर पनि कुन प्रकारको उपयुक्त हुन्छ र कति वर्षमा फल प्राप्त गरिन्छ भनेर शिवसंहितामा उल्लेख गरिएको छ । खासमा योग २ किसिमका हुन्छन्; वैषेयिक र पारमार्थिक ।
वैषेयिक भनेको १३ किसिमको जुन विभिन्न विषयसँग सम्बन्धित छ र वैशेषिकबाट आत्मिक सुख प्राप्त गर्न सकिदैन । तर पारमार्थिक योगबाट सुख, शान्ति तथा आनान्द प्राप्त गर्न सकिन्छ । खासमा सबै दर्शनको उद्देश्य दुःखबाट मुक्ति दिनु हो । योग पनि मोक्ष प्राप्तिको साधन हो । योग खासमा अभ्याष, वैराग्य र समाधि हो । अभ्यासभन्दा पनि वैराग्यलाई उत्तम मार्ग पनि मानिन्छ ।
योगमा पतञ्जलिको नाम धेरै आउने भए तापनि उनी योगदानकर्ता मात्र हुन् । विभिन्न शास्त्रमा छरिएका सूत्रलाई सूत्रबद्ध गर्ने र अनुशासनमा ढाल्ने कार्य उनले गरे । योगको आदि प्रवक्ता भने हिरण्यगर्भा हुन् । योगमा खासगरी ३ जना हिरण्यगर्भा, महर्षि वेदव्यास र कपिलमूनिको स्थान महत्त्वपूर्ण मानिन्छ । सिलसिलेवररूपमा हेर्दा पतञ्जलि को स्थान ११ औँ नम्बरमा आउँछ । योगका पर्वतकहरू कमशः १. हिरण्यगर्भा, २. महेश्वर, ३. शीवानी, ४.कपिल, ५. पंचसीख, ६. जनक, ७. वशिष्ठ,८. दत्तात्रय, ९. जैगिषन्य, १०. यज्ञवल्क्य, र ११. पतञ्जलि रहेका छन् ।
प्राचीन दक्षिण एसियाली दर्शनमा तर्कशास्त्र, प्रमाण शास्त्र, आन्वीक्षिकी, हेतुविद्या आदि नाम दिइएको न्याय दर्शन वास्तवमा यथार्थवादी ज्ञान सिद्धान्त हो । पदार्थको सम्यक् ज्ञानबाट मोक्ष प्राप्त हुन्छ भन्ने सिद्धान्त नै यस दर्शनको मूल सिद्धान्त हो । यस दर्शनले वस्तु स्वयं के हो भन्नेबारेमा नभई वस्तुका बारेमा ज्ञान हासिल कसरी गर्ने भन्नेबारे रूचि राख्दछ ।
न्याय दर्शन
न्याय दर्शनका प्रतिपादक गौतमलाई मानिएको छ । उनैद्वारा रचित न्यायसूत्र नै न्याय दर्शनको मूल ग्रन्थ मानिएको छ । यस दर्शनले पनि ईश्वरलाई सर्वोपरि ठानेको छ । संसारको निर्माता अर्थात् सृष्टिकर्ता, पालनकर्ता, र संहारकर्ता भनेको ईश्वर हो र ईश्वर नै संसारको भौतिक शासक हो भन्ने मान्यता राख्दछ ।मीमांसाको अर्थ विवेचना गर्नु, तर्क—वितर्कद्वारा कुनै विषयको मूलतत्व वा वास्तविकता पत्ता लगाउनु, निष्कर्ष निकाल्नु र विवादको समाधान गर्नु भन्ने हो । पूर्व मीमांसा र उत्तर मीमांसा गरी यसका दुई भाग छन् । व्यवहारमा पूर्व मीमांसालाई मीमांसा र उत्तर मीमांसालाई वेदान्त भनिन्छ ।
मीमांसा दर्शन वैदिक अवधारणमा अर्थात् वेद र ब्राह्मणहरूको व्याख्या गर्ने, वेदका मन्त्रको अर्थ स्पष्ट पार्ने र वैदिक मान्यता एवं आदर्शहरूमा देखा पर्ने अन्तर्विरोधहरूको समाधान गर्नेजस्ता काम गर्दछ । मीमांसा सूत्रमा धर्म, यज्ञ र कर्मकाण्डको विवेचना गरिएको छ ।
आदिम वैदिक युगमा सूर्य, इन्द्र, वरुण, अग्नि आदिलाई खुसी पार्न यज्ञ गरिन्थ्यो । पछि यज्ञ कार्यमा शिथिलता आउँदै गयो । मीमांसकहरूले यस यज्ञ कार्यलाई पुनः जगाउने र नयाँ अर्थका साथ अगाडि बढाउने काम गरे । त्यसैले मीमांसामध्ये पूर्वमीमांसालाई कर्मकाण्ड र उत्तरमीमांसालाई ज्ञानकाण्ड भनिन्छ ।
मीमांसा दर्शन
मीमांसा दर्शन सुरुमा निरीश्वरवादी भए पनि पछि अन्य दर्शनको प्रभावमा पर्दै गएर हो वा अन्य कारणहरूले गर्दा, यो ईश्वरवादी बन्दै गयो । त्यसैले यसलाई प्राचीन दक्षिण एसियाली दर्शनमध्येको वस्तुगत भाववादी दर्शन भन्न सकिन्छ । यस दर्शनले वेदको प्रमाणिकतालाई सर्वोपरि ठान्दछ । मीमांसकहरूले वेदलाई स्वनिर्मित, कहिले नाश नहुने संसारको सबैभन्दा श्रेष्ठ मानेका छन् । यो कसै व्यक्तिले रचना गरेको होइन, आफैँ उत्पत्ति भएको हो, त्यसैले यो दोषरहित पनि छ भन्ने उनीहरूको मान्यता रहेको छ ।
जैन दर्शन संसारलाई जीव र अजीवमा विभाजन गरेर हेर्ने एक निरीश्वरवादी एवम् वेदलाई प्रमाण नमान्ने र ब्राह्मणवाद विरोधी दर्शन हो । यो प्राचीन दक्षिण एसियाली दार्शनिक धाराहरूमध्ये अरूभन्दा छुट्टै किसिमको दर्शन हो । यसलाई दर्शनभन्दा बढी धार्मिक विश्वास मानिन्छ ।
जैनका दुई सम्प्रदाय छन् श्वेताम्बर र दिगम्बर । श्वेताम्बरले सेता कपडा लगाउँछन् भने दिगम्बरले कपडा लगाउँदैनन्, निर्वस्त्र हुन्छन् र आकाशलाई नै वस्त्र ठान्छन् । यिनीहरू आफ्ना सम्पूर्ण आवेगलाई शमन गरी आफूलाई पूर्ण रूपमा वशमा राख्न चाहन्छन् ।
जैन दर्शनले संसारलाई जीव र अजीव गरी दुई भागमा बाढेको छ । जीवको अर्थ आत्मा हो । यस दर्शनमा सबै शरीरमा जीवले बास गर्दछ । उसले प्रत्येक जन्ममा एक छुट्टै शरीर धारण गर्दछ । जन्म र मरण भइरहन्छ तर जीव वा आत्मा भने अनादि एवम् अनन्त छ भनिएको छ । कुनै पनि परम सत्तालाई स्वीकार नगर्नु र सबै कुरालाई संशयका साथ हेर्नु यस दर्शनको एक प्रमुख विशेषता हो ।
जैन दर्शनमा रहेको अणु सिद्धान्त भौतिकवादको नजिक छ । यसको स्याद्वादले द्वन्द्ववादको नजिक पुग्न खोजेको भान हुन्छ । यसले अगाडि सारेको निरन्तर अदृश्य परिवर्तन र अन्तिमको ठुलो परिवर्तनकारी परिणाम भन्ने कुराको मात्रात्मक रूपान्तरण र गुणात्मक परिवर्तनको नियमलाई समात्न खोजेको देखिन्छ । यस दर्शनले ईश्वर र कुनै परम सत्तालाई मान्दैन ।
यी सबै सकारात्मक पक्ष हुन् । यति भएर पनि पदार्थमा अन्तर्निहित गतिलाई देख्न नसकी धर्मलाई गतिको आधार मान्ने, समयलाई परिवर्तनको बाह्य एवं सहायक कारण हो भन्ने किन्तु आन्तरिक एवं मूल कारण के हो भन्ने जस्ता कमजोर पक्षहरू यस दर्शनमा रहेका हुनाले यो दर्शन पनि भाववादको चङ्गुलबाट मुक्त हुन नसकेको स्पष्ट हुन्छ ।
बौद्ध दर्शन
बौद्ध दर्शन संसारका सबै वस्तुहरू अनित्य एवं क्षणिक छन् भन्ने एक अनिश्वरवादी एवं अनात्मवादी दर्शन हो ।यस दर्शनका प्रतिपादक सिद्धार्थ गौतम हुन् । आजभन्दा करिब २६०० वर्ष पहिले लुम्बिनीमा जन्मेका उनी राजकुमार थिए तर उनले आफ्नो राजपाट छोडी ज्ञानको खोजीमा हिँडे । लामो त्यागपछि उनले ज्ञान प्राप्त गरे । त्यही ज्ञानको सार नै बौद्ध दर्शन हो । उनको ज्ञान अहिंसामा आधारित छ । उनले प्राप्त गरेको ज्ञान तीन वटा खण्ड (त्रिपिटक) मा समेटिएको छ ।
बुद्धका शिक्षालाई सङ्क्षिप्तमा चार आर्य सत्य भनिन्छ । ती हुन्— संसारमा दुःख छ, दुःखका कारण छन्, दुःख निवारणका उपायहरू छन् । इन्द्रियद्वारा भौतिक वस्तुमा हुने आशक्तिलाई दुःख भनिएको छ । असीमित इच्छालाई त्याग गर्दै तृष्णालाई शमन गर्न सकियो भने दुःखको निवारण हुन सक्छ भन्ने यस दर्शको मान्यता रहेको छ ।
दुःख निवारणका लागि आठ वटा उपाय बताइएको छ, ती हुन्— सद् विश्वास, सही अठोट, सत्य कार्य, सत् जीविका, सत् प्रयास, सही चिन्तन र साँचो एकाग्रता । बौद्ध दर्शनले आत्मा, ईश्वर, बह्म आदि कुरालाई मान्दैन । यसले जीव र जगतको सृष्टि ईश्वरले गरेको भन्ने कुरामा पनि विश्वास गर्दैन । यसका साथै बुद्धवादले वेद आदि ग्रन्थलाई स्वतः प्रमाण पनि मान्दैन । यी कुराहरूलाई हेर्दा बौद्ध दर्शन पूर्णतः भौतिकवादी दर्शन हो भन्न सकिन्छ । तर यसले मानिसको पूर्व जन्म र पुनर्जन्ममा विश्वास गर्ने हुँदा यो दर्शन पनि भाववादबाट मुक्त हुन नसकेको देखिन्छ ।
वेदान्त दर्शन
वेदान्त दर्शन प्राचीन दक्षिण एसियाली दार्शनिक प्रणाली अन्तर्गतको एक मनोगत भाववादी दर्शन हो । ‘वेदान्त’ शब्दको सामान्य अर्थ ‘वेदको अन्त’ वा ‘वेदको अन्तिम भाग’ भन्ने हो । वेदान्त दर्शन वैदिक साहित्यका अन्तिम रचनाका रूपमा रहेको छ र वेदको समापन खण्ड एवं निचोड मानिने उपनिषदहरूमा पूर्णतः आधारित छ । वैदिक साहित्यको अन्तिम रचनाको रूपमा रहेको उपनिषदहरूमा आधारित भएको हुनाले नै यस दर्शनको नाम वेदान्त दर्शन रहन गएको हो ।
ब्रह्मको सत्तामा विश्वास गर्ने भएकाले वेदान्त दर्शनलाई ब्रह्मवाद पनि भनिन्छ । वेदान्त दर्शन पछिल्ला वैदिक साहित्यको विवेचना भएकाले यसलाई उत्तरमीमांसासमेत भनिन्छ । ज्ञानमा जोड दिने भएकाले यस दर्शनलाई ज्ञानकाण्ड पनि भनिन्छ ।शैव एवं पाशुपत र शाक्त दर्शन पनि वेदान्त दर्शनजस्तै भाववादी दर्शन हो । वेदान्त दर्शनमा वेष्णववादी व्याख्या गरिन्छ भने यसमा शिव या शैव तत्त्वलाई सृष्टिको कारण मान्ने गरिएको छ । यस धारामा पनि केही उपधारा रहेका छन्, ती हुन्—शैव, पाशपत र शाक्त धारा । यी तीनै उपधाराहरूको आआफ्नै किसिमले व्याख्या गरिएको छ । शैव दर्शनले कर्मादि सापेक्ष अर्थात् कर्मादिसँग सम्बद्ध परमेश्वरलाई जगतको कारण मानेको छ । पाशुपत धाराले महेश्वरलाई जगतको कारण मानेको छ भने शाक्त धाराले जगतको सृष्टि, स्थिति र प्रलयको कारण चेतनातत्वलाई मानेको छ । यसले निर्विकल्प चेतनालाई शिव भनेर पुकार्छ ।
इतिहासको अघिल्लो कालखण्डमा स्थापित मान्यताहरु भौतिक विज्ञानका विभिन्न चरणका आविष्कारले उल्टाइदियो। समाजको पुरानो मान्यता लाई मार्क्सवादले जन्म लिएपछि चुनौति दियो।द्वन्द्वत्मक भौतिकवादको जगमा उभिएको दर्शनले मानव चेतनामा पारेको असर अकल्पनिय छ । त्यस्तै समाज विज्ञानमा पनि अन्धविश्वासका पुराना विश्वासहरुलाई शिक्षामा भौतिक विज्ञानका प्रयोगशालाको नतिजाले खारेज गर्दै लग्यो ।
नयाँ मान्यताहरुलाई संसारले तथ्यसहित स्वीकार्दै गयो। धार्मिक विश्वासमा मानिएका र भनिएका कुरा सूर्यका रथ र दश घोडा झैँ हावामा उडे । तथ्य सहितका प्रमाणिक कुराहरुले विस्तारै संसारको चेतनालाई छर्दै लग्यो । संसार मात्र हैन निहारिका र सिङ्गो ब्रह्माण्ड चलायमान भएको, समयको गति हुने वा नहुने कुरा त्यस क्षेत्रमा हुने चाल र खिचावले निर्धारण गर्ने कुरा भनेर मानियो । समाज विज्ञानमा डार्विनको विकासवादी सिद्धान्तलाई स्वीकारियो । धार्मिक साहित्यमा लेखिएका ब्रह्माको अङ्गबाट मानव शृष्टि भएको कुराप्रतिको विश्वास धर्मराउँदै गयो ।
सबैलाई समेट्ने हिन्दू धर्म
सनातन हिन्दू धर्मले कोही कसैलाई शत्रु मान्दैन। संसारका सबै मानिसप्रति समान सद्भाव र समदृष्टि रहन्छ। यसको आदर्श सिद्धान्त नै ‘बसुधैव कुटुम्बकम्’ हो। सनातन धर्म आफैंमा संकीर्ण छैन। हिन्दू धर्म कुनै सम्प्रदाय पनि होइन। सनातनकै अभिन्न अंग, खुल्ला आकाश र विशाल महासागर हो, जहाँ सबै धर्म सम्प्रदाय अटाउँछन्। जुन कुनै व्यक्ति विशेषले परिकल्पना गरेको धर्म होइन। मानव सृष्टि र सभ्यतासँगै विकसित भएर आएको हो। अर्थात् हजारौं ऋषिमुनिको मत–मन्थनबाट निस्केको सार हो। जसले सबैको अस्तित्व, योगदान र आदर्शको सम्मान गर्छ।
हिन्दू के हो ? यो भन्न सजिलो तर बन्न कठिन विषय हो। सच्चा हिन्दू बन्न सजिलो छैन। हिन्दू जीवनशैली मात्र होइन। यो चौरासी लाख योनिमा अनन्त कालदेखि जन्म–मरणको चक्रमा फसेर तड्पिरहेको जीवको शुद्घीकरण प्रक्रिया हो। जुन प्रक्रिया विधिवत् पूरा हुँदा जीवको उद्धार हुन्छ, त्यसबाट ऊ चौरासीको चक्रबाट उम्किन्छ, मूल अस्तित्वमा मिल्छ। मनुष्यबाहेक अरू योनिमा शुद्घी करणको सम्भावना रहँदैन। किनकि पशुपन्छी, कीटपतंग आदि योनिमा न्यून चेतनाका कारण जीव पुख्यौली प्रचलन, आहार, निद्रा, भय र मैथुन यी चार चिजभन्दा बाहिर निस्कन सक्दैनन्। त्यसैले उसले नयाँनयाँ खोज, अनुसन्धान र आविष्कार गर्न सक्दैन।
सनातन धर्ममा कोही शत्रु हुदैन, उसले आफूलाई मान्ने वा नमान्ने सवैको कल्याण चाहन्छ। कसैको अनिष्ट चाहँदैन। एकाथरी मानिस भने हिन्दू धर्मप्रतिको ज्ञान, अध्ययन र अनुभवको कमी वा अर्काको उक्साहटमा लागेर हिन्दू धर्मलाई शत्रु भावले हेर्ने गरेको पाइन्छ। अर्काथरी जो छन् तिनले भने संसार कब्जा गर्ने नियत राखेर विभिन्न जाल, प्रपञ्च, प्रलोभन देखाएर हिन्दू धर्मलाई समूल नष्ट गर्ने। कतिपयले हिन्दू धर्मलाई रुढिवाद र अन्धविश्वासको आँखाले हेर्दै आएको भेटिन्छ। नेपालका सन्दर्भमा धर्म रहेन भने राष्ट्रै नरहने स्थिति आउन सक्छ। धर्मले नै राष्ट्र र समाज धानेको÷जोडेको हुन्छ। राष्ट्रकवि माधवप्रसाद घिमिरेले त्यसै भनेका होइनन्– नेपाली हामी रहौंला कहाँ नेपालै नरहे। सनातन धर्मलाई गलत भन्नु भूल हो, अज्ञानता हो। हाम्रो मूल उद्देश्य भनेको राष्ट्ररक्षा र धर्मरक्षा हो। राष्ट्र र धर्म परिपूरक हुन्।
सनातन धर्मको मूल आधार वेद हो, जसले वेदै नपढी वेदको रहस्य नै नबुझी वेदको निन्दा गर्दै घृणा फैलाउँछ। जसरी कुनै मानिस जसले कहिल्यै नदीमा गोडा चोभेको हँुदैन, मुख धुँदैन, स्नान गर्दैन, शरीरमा दुर्गन्ध बोकेर हिँड्छ, त्यसैले नदीको निन्दा गर्छ। वेद ज्ञानको भण्डार हो जुन सबैको साझा सम्पत्ति हो। हिजो काले राई स्वामी प्रपन्नाचार्य बनेर सबैका लागि पूजनीय गुरु बने। उनलाई त्यस्तो महान् बन्न कसैले रोकेन। राष्ट्रगुरु गोरखनाथले संसारभरका हिन्दू बुद्ध, बोन, किराँत, शिख, जैन, मुस्लिम सबैका नाथ बनेर सबैलाई मार्गदर्शन गरे। योगी नरहरिनाथले देशैभर पैदलयात्रा गरे र नेपालको यथार्थ इतिहास प्रकाशनमा ल्याए। डा. जगमान गुरुङ सनातनी ॐ कार परिवारका साझा गुरु बनेका छन्। सनातनी हिन्दूहरू जात र ज्यानलाई होइन, ज्ञानलाई महान् मान्छन्, ‘नही ज्ञानेन सदृश्ां पवित्र मिह विधते’ अर्थात् संसारमा ज्ञान जस्तो महान् र पवित्र वस्तु अरू केही छैन।
सनातन हिन्दू धर्म दर्शन
संसारमा सनातन हिन्दू धर्म दर्शन महान् छ। यतिबेला संसारभरका विज्ञ मानिस वैदिक ज्ञान र संस्कृत शिक्षातिर आकर्षित भएका छन्। हिन्दू धर्म दर्शनले फरक मत र विचार सुन्छ र त्यसको सम्मान गर्छ, प्राचीनकालमा नास्तिक दर्शनका प्रवक्ता बनेका थिए, चार्वाक। उनी भन्ने गर्थे– जलेर खरानी भएको भौतिक शरीर फेरि फर्केर जन्मन आउँदैन। सभामा चार्वाकको चर्को विरोध भयो। उनलाई समाजबाट बहिष्कार गर्नुपर्छ भन्ने आवाज उठ्यो, अन्त्यमा ऋषि सभाले निष्कर्ष निकाल्यो। चार्वाकलाई बहिष्कार नगरौं, हामीसँगै राखौं। हिन्दू धर्मदर्शन पूर्वाग्रही छैन, उदार र महान् छ। संस्कृत शिक्षा पढेमात्र वेद पढ्न र बुझ्न सकिन्छ। यहाँ त संस्कृत भाषालाई मृत भन्दै संस्कृत विश्वविद्यालय, संस्कृतका पाठ्यक्रम र पाठ्यपुस्तकहरू जलाउने काम भयो। यतिबेला नासाका वैज्ञानिकहरूले संसारको सबैभन्दा जीवन्त भाषा संस्कृत भाषा भनेर प्रमाणित गरेका छन्।
स्वार्थ, अहंकार, पद प्रतिष्ठा देखाएर चर्चामा आउने, अरूभन्दा आफू ठूलो आदि यस्तै सोचबाट सबै मुक्त हुन सकेमात्र हिन्दू धर्मावलम्बी एक हुनसक्छन्। हरेक हिसाबले योग्य धर्मगुरु र धार्मिक अभियन्ताको भने अझै खाँचो छ। किनकि स्वार्थी, संकीर्ण सोचले कोही कही पनि महान् बन्न सक्दैनन्। दुर्भाग्य, महान् हुने सपना बोक्ने तर प्रतिशोधी, इष्र्यालु, घमण्डी मनोभावमा रमाउनेहरू नै यस संसारमा धेरै भेटिन्छन्। हिन्दू धर्मावलम्बी सबै सफा मनले दृढ संकल्प लिएर अघि बढ्नुपर्ने आजको आवश्यकता हो। नेपाल संसारको एकमात्र आध्यात्मिक सनातन हिन्दू गुरु राष्ट्र हो र हुनेछ। यसअर्थमा नेपाल संसारभरका धर्मानुरागीहरूको आकर्षणको केन्द्र बिन्दु बन्ने छ।
मार्क्सवादी दर्शन
मानव इतिहासमा प्रमाणित भएको कुरा यो हो कि मार्क्सवादी दर्शनसँगै आएको परिवर्तनको लहरले ल्याएको तरङ्गमा मजदुरहरुको अधिकार स्थापित भयो । समाजवादी दर्शनद्वारा रुपान्तरित चेतनाले युरोपमा महिलाहरुको हकलाई स्थापित गरायो । औद्योगिक क्रान्तिदेखि संसारभरिका राजनैतिक क्रान्तिको अग्रगामी बहावमा मार्क्सवादी दर्शनको ठूलो प्रभाव रहेको छ ।
संसारभरिका परम्परावादी तथा धार्मिक शासकहरुसमेत वर्ग संघर्षको छालबाट आफ्नो शासन जोगाउने धुनमा अधिकतम प्रगतिशील सुधार गर्न बाध्य भए । त्यो पनि यही दर्शनको देन हो । आधुनिक दर्शनले अधिक मानिसहरुको हितमा प्रयोगसिद्ध मान्यताहरुको आधारमा टेकेर विश्वका चराचरहरुको सेवा गर्न सक्नुपर्दछ । अबको लागि मानवीय हित र समाज विकासको गतिलाई रुपान्तरित गर्दै मानव चेतनाको सशक्तिकरण गर्ने दर्शनको आवश्यक छ । त्यसैले समयसापेक्ष परिवर्तनको लागि वैज्ञानिक दर्शनको समृद्धि वा विकासबारे संसारभरि बहस चल्न थालेको छ जुन आफैँमा अत्यन्त सकारात्मक कुरा हो ।
मार्क्सवादको दर्शन विकासमा पुरानो रणनीतिका मूलभूत सारबाहेकका तात्कालिक मान्यताहरुको समृद्धिकरण आवश्यक मात्र हैन असम्यभावी छ ।मानव चेतनाले समाज विकास र विज्ञानबीचको यथार्थ चित्र उतार्न सक्यो भने कुनै पनि दर्शन विकसित हुँदै जान्छ । संसारभरिका भौतिकवादी दार्शनिकहरु तथा २१ सौं शताब्दिका सबै बामपन्थी नेताहरुले आफूलाई विज्ञानमा नयाँ आविष्कारहरुले मारेको फड्को र त्यसको अनुकूल हुनेगरी दर्शनको विकास गर्न बहस कलाको विकास अहिले खड्केको समस्या हो । मार्क्सवादको दर्शन विकासमा पुरानो रणनीतिका मूलभूत सारबाहेकका तात्कालिक मान्यताहरुको समृद्धिकरण आवश्यक मात्र हैन असम्यभावी छ ।
सामाजिक अन्तरविरोधमा आएको फेरबदलसँगै आधुनिक दर्शनको विकास समय अनुकूल हुँदै जानुपर्छ । त्यसैले आधुनिक दर्शनको विकास वैज्ञानिक आविष्कार हरुलाई सम्बोधन नगरी हुनै सक्दैन।भौतिकवादी दर्शन युग युगमा समाजभित्रका अन्तरविरोध वा दुःखका कारणहरु खोज्दै अगाडि बढिरहेको इतिहास छ । उदाहरणको लागि, पुरानो इश्वरीय सत्ताको विकल्पमा बुद्धले विज्ञान सम्मत प्रतीत्यसमुत्पाद दर्शनको आविष्कार गरे । जसले मानिसको आत्मा, शृष्टि, मुक्ति र जीव उत्पत्तिका अवैज्ञानिक धारणालाई पूर्णरुपमा विस्थापित गरिदियो ।
महात्मा बुद्धले ईश्वरको सत्तालाई कहिल्यै स्वीकार गरेनन किनकि उनको विचारमा “ब्रह्माण्ड प्रतीत्यसमुत्पाद” नियमानुसार चल्दछ भनेर स्पष्टसँग बताइ दिएका छन् । प्रतीत्यसमुत्पादको नियम भन्नाले कारण-कार्यको श्रृङ्खलालाई बुझाउँछ । जसमा आन्तरिक कारण प्रधान र बाह्य कारण कम हुन्छ । यस श्रृङ्खलाका धेरै चक्रहरु छन् । जसलाई बुद्ध दर्शन अनुसार बाह्र अङ्गमा बाँडिएको छ । अत: बुद्ध दर्शन अनुसार यस ब्रह्माण्डको सुचालक कोही हुँदैन । न त कोही उत्पत्तिकर्ता नै छ । त्यो आन्तरिक संरचनागत प्रक्रियाबाट सञ्चालित छ । किनकि उत्पत्तिकर्ता भन्नेबित्तिकै ‘अन्त’को आभाष हुन्छ । बुद्ध दर्शन अनुसार ब्रमाण्डको न त प्रारम्भ छ अथवा अन्त । त्योबेलाको बुद्ध दर्शन तात्कालिक परम्परावादी हिन्दुहरुको बीच क्रान्तिकारी दर्शन थियो ।
त्योबेला मात्र हैन, अहिलेसम्म पनि परम्परावादी हिन्दुहरुले आत्मा अजेय छ भनेर मान्दछन् । तर बुद्ध दर्शनले आत्मालाई मान्दैन । बुद्ध दर्शनको एक मुख्य सार अनात्मवाद हो । अनात्मवादको यो अर्थ हैन कि सत्य रुपमा ‘सूक्ष्म चेत’ छैन । जसलाई मान्छे आत्मा सम्झन्छन्, त्यो चेतनाको अविच्छिन्न प्रवाह हो । यो प्रवाह जहिले पनि बिग्रेर जडमा विलीन हुनसक्छ, अथवा अन्धकारमा लुप्त हुन सक्छ ।
त्यसैले बुद्धमार्गीले विपासना ध्यानद्वारा आफूलाई चिन्ने कलाको विकास गरे । यो अभ्यासले चेतनालाई बलवान् बनाउन मद्धत गर्छ । स्वयंले आफूलाई नचिनेसम्म चैतन्य बलवान् हुन सक्दैन ।
बुद्ध दर्शनले परिवर्तनलाई प्रतीत्यसमुत्पादको नियम अनुकूल स्वीकार्छ । जसरी आधुनिक विज्ञानले आधारभूत कणहरू अविभाज्य छन् भने इलेक्ट्रोनहरू विभाज्य छन्, संसारको प्रत्येक वस्तु परिवर्तनशील छ, भौतिकशास्त्र परिवर्तन शील छ, न्युटनको भौतिकशास्त्रका नियमहरू परिवर्तनशील छन् भनेर स्वीकार्दछ । त्योबेलाको जड समाजले बुद्धको दर्शनलाई दुत्कार्यो र उनका चेलाहरुलाई धर्म विरोधीको आरोप लगाइयो । तर उक्त दर्शन त्यो कालको युगान्तकारी दर्शन थियो ।
ज्ञान सधैँ गतिवान् र विकासशील हुन्छ । हामी ठूलो दुर्बिनद्वारा अझ बढी ताराहरू देख्न सके झैँ प्रविधि विकास र तदनुरुप ज्ञानको विकासले दर्शनको व्याख्याले मानिसलाई उनीहरुको सुन्दर भविष्यतर्फको यात्रा सहज बनाइदिन्छ ।
आइन्स्टाइनका अनुसार ब्रह्माण्डमा हरेक वस्तुका तीन आयामसँग समयको चौथो आयाम (समय) जोडिएको हुने कुरा बताएका छन् ।
धेरै वर्षदेखि मार्क्सवादको विकास रोकिएको छ । यो दर्शनको प्रयोगमा आएको अवरोधले मात्र दर्शनको विकास रोकिएको हो वा अन्य कारणले ? बहस समेत रोकिएको छ । त्यसैले मार्क्सवादले भौतिक विज्ञानको आधुनिक चरण, त्यसले समाज विकासमा पार्ने असर र अबका प्रमुख अन्तरविरोधहरूबारे बहस गर्न डरायो वा दर्शन विकासको नयाँ चरणबारेको बहसलाई पुरानो बाटोमा अल्मल्याइरह्यो भने मार्क्सवादको बाटो अवरुद्ध हुन्छ र यो दर्शनको पनि मृत्यु हुन्छ। त्यसैले चिनिया कम्युनिष्ट पार्टीका नेता तथा आधुनिक चीनका निर्माता माओत्सेतुङले भनेका छन्, “मार्क्सवादको पनि जन्म, विकास र मृत्यु हुन्छ । मार्क्सवादको मृत्युको अर्थ मार्क्सवादभन्दा उच्च कुनै दर्शनले त्यसको प्रतिस्थापना गर्नेछ ।” अबको उत्कृष्ट आधुनिक राजनैतिक पूर्वाधारबारे बहस, अध्ययन, अनुसन्धान, क्रान्तिको कार्यदिशाको तय र व्यावहारिक प्रयोगमा ज्ञानको संश्लेषण आजको आवश्यकता हो । विज्ञानमा जस्तै सामाजिक नियमका पुराना व्याख्याहरुको आधारलाई भौतिक विज्ञानका नयाँ आविष्कारहरुले प्रतिस्थापन गर्दै नलाग्ने हो भने मार्क्सवादको विकास प्रक्रिया रुमलिन्छ र साम्राज्यवादले प्रविधि विकासलाई आफ्नो बचाउको कार्यमा लपेटिरहन्छ ।
वस्तु र वर्ग
माक्र्सले वस्तु र वर्गको सोचलाई प्रमुखतामा राखेर तुलना गरेर माक्र्सवादको कल्पना गरे । साम्यबादी विचारमा जुनकुरा संग कुनै साइनो देखिदैन, एकै वर्गमा मानिसै पिच्छे फरक फरक सोच हुन्छ भन्ने सामान्य कुराको समेत हेक्का राखेको देखिदैन, के वस्तु र एक वर्गलेमात्र मानव विकासमा महत्व राखेको हुन्छ र ? हुदैन । वस्तु र वर्गको रुपमा मात्र प्रमुख आधार मान्नु विचारको संकुचन हुन जान्छ । के साम्यवादको आधार मजदुर वर्गमात्र हो ? कदापि होईन, तर नेपाल जस्तो, उद्योगबिहीन देशमा मजदुर वर्गले क्रान्ति गरी साम्यबादको स्थापना गरिदिन्छ भनी एकपक्षीय तबरले मजदुरहरु बाट बन्द हडताल र काटमार गराएर केबल १७औँ, १८औँ शताब्दीमा अरू देसले गरेको क्रियाकलाप जस्तै नक्कल गर्नाले धेरै देशहरुमा त मानवताको भावना नष्ट हुनुको साथै रोजगारीका उद्योगहरुको बिनास हुनपुग्यो । उद्योग सखाफको यो राम्रो उदाहरण नेपाल बन्यो र सबै नेपाली युवाहरुलाई बिदेश पठाउने उद्योगको रूपमा विकसित भयो ।
यो सत्य कुरा हो कि सम्पूर्ण चिज भएर पनि खान नपाई दुःख पाउनु सबैभन्दा बिडम्बनाको अबस्थामा हुनु यही नक्कल गरेको देखाबटी क्रान्तिले उब्जाएको समस्या नै हो ।
जबरजस्त वर्गखडा गरेर, वर्गबिच लडाई गरी वर्गबिहीनताको कल्पना गर्नु मूर्खता सिबाय केही हुदैन, जहा द्वन्द्व हुन्छ, त्यहा प्रतिशोध हुन्छ । कामनै वर्ग हो, सबैले एउटै पोजिसनमा रहेर एउटै काम गर्न सक्दैन, यो कुरा बिलकुल असम्भवछ, त्यसैले वर्ग लोप हुदै हुदैन, अवसर, पहुच र सुबिधामा मानवलाई बराबरीमा ल्याउन सकिन्छ । तर काम नै हटाउन सकिदैन, सबैलाई एउटै पोजिसनमा एउटै काम दिई बराबरीमा ल्याउन सकिदैन ।
यसरी असम्भव र गलत कुरामा मानिसलाई प्रशिक्षण गरेर झगडालाई निरन्तरता दिनु सिवाय केही हुनसक्दैन । यस बिषयमा माक्र्सवादको उडन्ते, तथा हावादारी बिष्लेशणले गर्दा पाचसय बर्ष सम्म संसारभरका मानिसको जीवन लडाईको कारणबाट बर्वाद हुनु परेको साँचो यथार्थलाई मनन् गर्ने हो भने, मानवता माथिको डरलाग्दो चित्रण देखिन्छ ।यो चित्रण वर्गकोे सोचबाट, निषेधको राजनीतिक प्रशिक्षणबाट भएको हो ।
भौतिक विज्ञान र परम्परावादी सोच बीच अन्तरविरोध
भौतिक विज्ञान र परम्परावादी सोच बीच सधैँ अन्तरविरोध चलिरहन्छ । विज्ञानले गति र रुपान्तरणलाई सात्स्वत मान्दछ । एउटा उदाहरणलाई लिउँ, सामान्यतया प्रकास सिधैँ हिँड्छ । न्युटनले पनि प्रकाश सोझो रेखाबाट हिँड्छ भने । त्यसैलाई विज्ञानको नियम भनेर पढियो तर अल्बर्ट आइस्टाइनले गुरुत्वाकर्षणले प्रकाशलाई पनि बङ्ग्याउन सक्ने तर्क राखे । अझ असीमित गुरुत्वशक्तिले त प्रकाशलाई समेत निलिदिने कुरा बताए । भौतिक विज्ञान जगतमा उनको आविष्कारले अर्को सन्सनी मच्चियो । आइन्स्टाइनका अनुसार ब्रह्माण्डमा हरेक वस्तुका तीन आयामसँग समयको चौथो आयाम (समय) जोडिएको हुने कुरा बताएका छन् । यी सबै नियमहरुको असर आधुनिक प्रविधि र त्यसको प्रभाव समाज विकासमा पनि पर्नेगर्छ ।
त्यसैले भौतिक नियमका यिनै परिधिमा टेकेर नै अबको समाज परिवर्तनको आधार तय गरिनुपर्दछ । भौतिक विज्ञानमा आएको नयाँ परिवर्तन प्रविधिको विकासले समाजमा नयाँ परिवेश तयार हुने तर नयाँ राजनीतिक शक्ति निर्माणको सचेत प्रयत्न नहुने हो भने समाज सदैव यथास्थितिको सिकार हुन्छ । भौतिक आविष्कार अघि र दर्शन पछि छोडियो भने त्यसले सामाजिक विकासलाई खोक्रो र चेतनारहित बनाइदिन्छ । जसको समाज विकासमा कुनै योगदान हुँदैन ।
सफ्टवेयरको आविष्कार क्वान्टम विज्ञानको देन हो । त्यसैले यो आविष्कारको वास्तविक रहस्य थाहा पाउन क्वान्टम विज्ञानका विशेषताको चर्चा गर्नु जरुरी हुन्छ । मार्क्सवादी दर्शनशास्त्र ‘न्युटनीय विज्ञानको युग’मा निर्माण भएकोले अहिलेको सामाजिक सुचालक र कुचालकहरूबारे भेउ पाउन सकेन । अहिले भौतिक विज्ञान ‘आइन्स्टाइनको युग’ हुँदै क्वान्टम विज्ञानका पनि अनेकौँ संस्करण भएर गुज्रिरहेको छ । (प्रकाश सानो, अविभाज्य इकाइहरू, वा क्वान्टा, ऊर्जाबाट बनेको छ, जसलाई हामी फोटानहरू भन्छौं।) कतिपयले त यो तर्क गर्न प्रयोग गरेका छन् कि क्वान्टम संसार मानव चेतनाबाट प्रभावित छ, यसले हाम्रो दिमागलाई एजेन्सी र ब्रह्माण्डको ओन्टोलजी (ओन्टोलजी दर्शनको शाखा त्यो हो जसले अस्तित्व, हुनु र वास्तविकता जस्ता अवधारणाहरूको बारेमा अध्ययन गर्दछ) मा स्थान दिन्छ । हाम्रो दिमाग पनि क्वान्टम मेसिनद्वारा कम्प्युटर झैँ ह्याक गर्न सकिन्छ भन्ने कुरा पनि वैज्ञानिकहरुले हालसालै बहसमा ल्याएको विषय हो ।
किनकि अमेरिका बायोटेक, न्यानोटेक र इन्फोटेक जस्ता केही मुख्य प्रविधिमा अझै अगाडि छ । यी प्रविधि एक्काइसौं शताब्दीको आर्थिक बृद्धिमा अग्र पङ्क्तिमा आउँछन् । चीनले पनि अनुसन्धान र विकासमा प्रशस्त खर्च गर्दैछ र कति क्षेत्रमा गतिलो प्रतिस्पर्धा पनि गर्दैछ । तर, संसारका २० मुख्य अनुसन्धान गर्ने विश्वविद्यालयमध्ये १५ अमेरिकामा छन्, अझैसम्म चीनमा एउटा पनि छैन । त्यसैले अनुसन्धान र प्रविधिको क्षेत्रमा पनि अमेरिकाको संसारभर एकल दवदवा अझै लामो समयसम्म चल्नसक्छ ।
अहिले फेसबुक र ट्युटरलगायत सफ्टवेयरका मालिकहरुले अमेरिकाको केन्द्रीय सरकार मात्र नभएर संसारकै सूचना साम्राज्यलाई आफ्नो नियन्त्रणमा लिने खतरा देखिएको छ । त्यसको विकल्पमा समाजवादीहरुले अर्को सफ्टवेयर विकास नगरी उनीहरुको सूचना चङ्गुलबाट निस्कने विकल्प हुँदैन । अमेरिकाका राष्ट्रपतिलाई समेत सफ्टवेयरका मालिकहरुले कारवाही गर्न सक्ने अवस्थाले राज्यको नेतृत्व र सञ्जालको नेतृत्वबीच नयाँ खालको अन्तर्विरोधले भोलि कस्तो रूप लिने हो यसै भन्न सकिन्न ।
वैज्ञानिक आविष्कारहरुको उपयोग गर्दै समाज दर्शनको विकास गर्न निरन्तर छलफल, प्रयोग र प्रतिक्रियाहरुको आवश्यकता रहन्छ । दर्शनको विकासमा उन्नत प्रविधिको प्रयोगले समाजिक चेतनामा परेको असर र त्यसले जन्माएको अन्तर्विरोध नबुझिकन नयाँ आयामबाट मार्क्सवादको विकास असम्भव प्रायः छ ।
मानिसमा आन्तरिक तथा बाह्य जगतको चिन्तन हुन्छ, यो मानवीय सत्य कुरालाई कुनै दार्शनिकले राजनीतिमा मनन् गरी समावेश गरेका छैनन् । मानिसको मन क्षण, क्षणमा बदलिरहन्छ । मानिस जहिले पनि मानवीय गुणमा आधारित रहेको हुन्छ, र सदासर्बदा आध्यात्मिकताको अबस्थामा हुन्छ ।
मानवतालाई जहिले पनि मापन गर्दा आध्यात्मिकतामा मापन गरिन्छ भने आध्यात्मिकतालाई मानवतामा नापिन्छ । यी दुबै कुराको जड मानवमा आन्तरिक तथा बाह्य संसार हुन्छ, आन्तरिक संसार मन र बाह्य संसार, प्रकृति हुन, । यी दुबै मानवमा निरन्तर विद्यमान हुन्छ । प्रकृति, माटो, पानी, हावा, ताप र आकास यी पाच चिज भौतिक वस्तु हुन तर मानवकल्याणमा आन्तरिक वस्तु मन बिना केही कुराको विचार आउदैन, त्यसैले मानवले आन्तरिक तथा बाह्य जगत दुबैको रूप भौतिकता र आध्यात्मिकता को जोड चाहिन्छ । यी दुई कुरालाई अलग गरेर हेर्न सकिदैन, यदि अलग गरेर हेरिन्छ भने कहिले पूर्ण विचार र चिन्तन बन्दैन ।
पुराना वादहरुमा यस चिन्तनलाई समावेस गरीएको छैन । समवाद र सुविधा राज्यमा मानव प्रबृतिको एकपक्ष मानव कल्याणमा आन्तरिक वस्तु मनलाई मानवता र आध्यात्मिकता सन्तुलन गरी, यसको समाज तथा देशमा कल्याण कार्यमा अधिकतम उपयोगको आधार स्थापित गरीन्छ । निरन्तर मानवलाई काममा लगाई पूजीको विकास गर्न र स्वपरिचालन गर्न मानवको आन्तरिक मन, विचार, र व्यबहारलाई मिलान गरेर मात्र निरन्तर एक रफ्तारमा लैजान सकिन्छ । मानवको आन्तरिक मन स्वार्र्थी छ, व्यबहार स्वार्र्थी छ, तर बाहिर कुरा गर्दा साम्यवादका कुरा गर्ने, कल्याणका कुरा गर्ने, जस्ता नितान्त अव्याबहारिक र उल्टो बाटो अपनाई नागरिकलाई गुमराहमा राखी प्रशिक्षण गरेको कारणबाट मानव कल्याणको नजिक पुग्नुको वदला द्वन्द्व र प्रतिशोधमा परिणत भएको छ । अबको राजनीति सृजनात्मक सकारात्मक मन सहितको हुन्छ ।
जीवन र समय
जीवन र समयको कुरा सबैभन्दा महत्वपूर्ण कुरा हो, तर साम्यवाद कल्पनाको कुरा बनाईयो, किनकि साम्यवादले तय गरेको बाटो द्धैस, द्धन्द्व वर्ग, लडाई, त्रास, ईष्र्र्या समावेश गरिएको अप्ठ्यारो र एकपक्षको बाटो हो । कुनै पनि सुविधा जीवनको लागि हो, तर सयौँ पुस्ताको समय अवधि साम्यवादमा देखाउनु सिद्धान्तको लागि जीवन रहनु नकि जीवनका लागि सिद्धान्त, यो कुरालाई गहिरो रूपमा सोच्दा अव्यावहारिक र अप्रासाङ्घिक भएकोले हाँसोलाग्दो छ ।
माक्र्सको यही पुरानो बाटो साम्यवादलाई मापनको स्केल बनाई, गणितीय संकेतमा भन्दा इनफिनिटि ९∞० जस्तै लाग्दछ । किनकि समय, उत्पादन र सुविधा कहिल्यै मिल्दैन, । एकपक्षको सोच र बाटोबाट अनन्तकालको राजनीति कल्पना मात्र हो । जीवनको दशक अवधिमा मापनमा आउने सम्भव कुराहरु र निरन्तर रूपमा चल्ने आर्थिक चक्र नभए सम्म परिकल्पनाले नागरिकलाई सुविधादिन सकिदैन । यही कुरा बढी महत्वपूर्ण छ । समग्र पक्षलाई केलाएर सबैलाई मिलाएर मात्र नागरीक सबैलाई सुविधादिन सकिन्छ ।
दशर्नले जीवनको समय र अवधि भित्र शान्ति सुख र सम्मृद्धि दिनेहुनु पर्दछ ।
पुराना दर्शनमा यही कुराको अभाव छ । दर्शन जीवनका लागि हो, नकि जीवन दर्शनका लागि, त्यसैले जीवन र समयको तारतम्य अनिवार्य मिलेको हुनुपर्दछ । यो कुरा पुराना दर्शनमा समावेश गरेको पाईदैन । आफ्नो जीवन अवधिमा कल्याण गर्न सकिने, आफुले प्राप्त गर्न सकिने र मानव सबैको कल्याण हुने कुराको सोचबाट दर्शन र विचारको विकास भएको हुनु पर्दछ, तर समग्र मानवको हितकारी योजना तथा विचारबाट अभिपे्ररित भएका पुराना राजनैतिक विचार र दर्शन छैनन् ।
एक्काइसौ सताब्दीको समवाद र सुविधाराज्य को यस दर्शनमा बैदिक कालीन समवाद देखि लिएर पूँजीवाद, समाजवाद र साम्यवाद सम्मको बिश्लेषणात्मक अध्ययन गरी सबै पक्षको कमी कमजोरी हटाई पूर्ण समाधान सहितको समवाद र सुविधाराज्यको विचार विकिसत गरिएको हो ।
यस विचारधारामा मानव जीवनलाई सुखमय, सुविधामय बनाउने, आफ्नो जीवनकालमै स्थापित हुने मानवीय आवेगलाई समावेश गरीन्छ , त्यो हो प्रविधि, मानवता, आध्यात्मिकता, जीवन र समयको संयोजन । आफ्नो जीवन अवधिमै व्याबहारिक प्रयोग हुने, दैनिक जीवनमा क्रमिक सुधार देखिने र सुखमय, सुविधामय जीवन पद्धति स्थापनाका लागि दर्शन चाहिन्छ । आईपरेका समस्या समाधानमा तत्काल तत्परता आउनु पर्ने हुन्छ र समाधान चाहिन्छ तब मात्र दर्शन जीवनोपयोगी हुन्छ । हालसम्मका दर्शन केवल सिद्धान्तको कोरा रटाई मात्र भएका छन् । समवाद र सुविधाराज्यले सबै प्रकारको राजनैतिक समस्या समाधानको पूर्णताको बाटो स्पस्ट गर्दछ ।
चेतना र विकास
चेतना र विकासको अन्तर सम्बन्धको बारेमा कुनै पनि वादले विचार गरेको देखिएको छैन, चेतना बुझाई हो, परंपरा रीतिरिवाज, कल्चर आदिले चेतनालाई प्रतिबिम्बित गर्ने हुनाले सोचे अनुसार लागु गर्न सकिँदैन । फेरि वर्ग र चेतनाको कुनै साईनो देखिदैन, धनी वर्गको चेतनास्तर र गरीब वर्गकोे चेतनास्तरमा फरक पर्दछ भनी समग्रतामा विचार बनाउनु हास्यास्पद कुरा हुन जान्छ । दार्शनिकहरु ,बैज्ञानिकहरु सबै वर्गबाटै आएकाछन् । चेतना र विकास वर्गसंग साईनो राख्दैन । चेतना केबल कामसंग साइनो राख्दछ । पहिले सत्रौं, अठारौँ शताब्दी सम्ममा मानवको चेतना र विकासको स्तर अनुसार विचारको लेखन भएको पाईन्छ, तर अहिलेको प्रविधिको प्रयोग र विकासको स्तर हेर्दा मानवमा धेरैठूलो अन्तर आएको छ ।
विकासको स्तर धेरैमाथि पुगिसकेको छ तर हामीले दर्शन, विचार भने, पुराना थोत्रा पढाईरहेका छौ । यति लामो अबधिमा आएको परिबर्तनलाई आत्मसात गरेको देखिदैन । समाजको सँरचना पनि विकासको गतिसंगै बदलिरहेको हुन्छ, सोहि अनुसार समाजमा पनि चेतनाको विकास विकिसत भएको हुन्छ । यस परिबर्तित समाजमा पुराना राजनैति दर्शन पढाउनु, दन्त्यकथा पढाउनु जस्तै हो । कथा कहानी सुनेर रमाईलो गर्ने सिवाय अरु केही पनि हुनसक्दैन, किनकि समाजको चेतना र विकास अगाडि पुगिसकेको छ । अहिलेको प्रविधि अनुसारको चेतना र विकास अनि, विकास अनुसारको विचार, योजना र तरिकाले मात्र समाजलाई अगाडि बढाउन सक्दछ ।
अहंभावना
विचार, राग, द्धैश, यौन, अहंभावना, भूत र वर्तमान प्रतेक व्यक्ति, व्यक्तिमा फरक पर्दछ, तर समग्रमा लागूगर्न खोज्नु सरासर गलत हुन्छ । यो कुराको भावना त्यतिबेला पलाएको देखिएन।अहं आत्मसम्मानको रूप हो,अहंलाई केबल मारकाट, एकले अर्कालाई निषेध र घमण्ड स्थापित गर्ने माध्यम, तानाशाहा र फासीवादको रूपमा मात्र बुझियो । अहँ जीवनपद्धतिको आत्मसम्मान प्रदान गर्ने महान् तत्व हो, जसले सामाजिक सम्बन्ध र जीवन तत्वको अन्तर सम्बन्ध स्थापित गर्दछ ।
दया, करूणा, माया, सहयोग, सदभाव आदि पनि अहं भावनामा पर्दछन्, तर अहँ ंभावनालाई केबल घमण्ड र त्रासको रुपमा मात्र प्रस्तुत ग¥यो । निषेधको रुपमा मात्र लागु गरियो, जसको कारण राजनैतिक क्षेत्र सकारात्मक र सृजनात्मक कार्यमा अगाडि बढ्न सकेन । अव अहं भावनालाई दया, करूणा, माया, सहयोग र सदभावको पक्षबाट विकिसत र परिभाषित गरेर लैजानु पर्दछ । यही भावमा मात्र मानवताको महाजीवन छ । ईष्र्र्या, द्वेश, मानवीय भावना विपरितका पक्ष हुन ।
पुराना दर्शनले यस तत्वलाई मध्यनजर गरेको छैन, मानवीय संवेदना समावेस गरेको छैन ।मुख्य कुरा राजनीतिमा मानवीय पक्षको महत्वपूर्ण भूमिका रहन्छ, तर हालसम्मका यी दर्शनहरुमा यस महत्वपूर्ण पक्षको ख्यालै नगरी केवल ईष्र्र्या, द्वेश, मारकाटको आधारमा राजनीति गरीएकोले नागरीकमा भ्रम सृजनाभई राजनीति भनेको मारकाट हो,लुट हो, शक्तिआर्जन गर्न जवरजस्त गरिने गुन्डा गर्दी हो भन्ने सस्कृति स्थापित गरेको छ । अहिले जसले बढी जनतालाई दुःख दिनसक्यो, हैरानीगर्न सक्यो ,जसले बढी मानिस मार्नसक्यो त्यही नै शक्तिशाली राजनीति हो, भन्ने भ्रम स्थापित गरेको कारणबाट दर्शनमा भएका राम्रा पक्षहरु समेत ओझेलमा परेको अबस्थामा मानवीय पक्षलाई प्रमुखताका साथ अगाडि ल्याउनु पर्दछ ।मानव यो धर्तीमा आएको दुःखी हुनहोईन, खुसी हुनलाई हो ।
पछिल्लो वैज्ञानिक आविष्कारले ल्याएको परिवर्तन
पछिल्लो वैज्ञानिक आविष्कारले समाजका विश्वास र मानव चेतनामा समेत अथाह परिवर्तन ल्याएको छ । हाम्राे सोच र दर्शनका मान्यताहरुलाई क्वान्टम विज्ञान, सफ्टवेयर, प्रकाशको तरङ्ग र शक्तिद्वारा पदार्थको निर्माण र पुनः पदार्थको शक्तिमा रुपान्तरण जस्ता खोजले प्रभाव पारेको हुन्छ । वैज्ञानिक खोज र दर्शनको सन्तुलन मिल्न सक्यो भने त्यो दर्शनले मात्र समाज रुपान्तरणमा मार्गदर्शनको काम गर्न सक्ने हुन्छ। अन्य अवस्तुवादी कुरा समय अन्तरालमा फ्याँकिदै जान्छन् । दर्शनको क्षेत्रमा पनि सत्य कुरा त्यही हो ।
केही समाज विज्ञानका ज्ञाताहरुले भौतिक विकासको आधारमा नयाँ आयाम र त्यो विकासका आधारभूत नियमहरुको व्याख्या गर्न दर्शनको विकास हुँदैआएको हो । संसारभरका मेहनत मानव समुदायको हितमा लेखिएको मार्क्सवादी दर्शनको निरन्तर समृद्धि हुनुपर्ने कुरालाई महसुस गरेर दर्शन विकासबारे समेत चासो राख्दै अबको आन्तरिक तथा बाह्य वस्तुस्थितिको वस्तुनिष्ठ आङ्कलनसहित तात्कालिक कार्यनीति र रणनीति तय गर्न एक दीर्घकालिक मोर्चा निर्माण गरेर जानुपर्ने कुराहरु आएका छन् । विशेष गरी यो कुरा युरोपका केही मार्क्सवादी बुद्धिजीवीहरुले बहसमा ल्याएका छन् । जुन कुरा समय सान्दर्भिक मात्रै नभएर अहिलेको आवश्यकता पनि हो ।
समाज परिवर्तनका आधारहरुलाई वैज्ञानिक रुपमा व्याख्या गर्ने र समाज परिवर्तनका परम्परावादी सोच र मान्यताहरुलाई भत्काउँदै उत्पादनका साधनहरुको न्यायिक वितरण गर्ने वैज्ञानिक समाजको परिकल्पनामा मार्क्सवाद अहिलेसम्मको सबैभन्दा अग्रगामी दर्शन मानिँदै आएको छ । त्यसैले समाज विकासको बहसमा कम्युनिष्टहरुको द्वन्दात्मक विश्लेषण नै संसारको व्याख्यामा मात्र सीमित नभएर संसारको न्यायिक सुधार र रुपान्तरणको लागि एकमात्र सही दृष्टिकोण हुनसक्छ ।