चितवन, चैत १९- टेस्ला एसीले नयाँ वर्ष २०८२ लाई लक्षित गरी नयाँ योजना सार्वजनिक गरेको छ । नयाँ वर्षमा नयाँ उमंगका लागि टेस्लाले अन्तर्राष्ट्रिय टुर प्याकेज ल्याएको हो । यो योजना चैत २० गतेदेखि आगामी वैशाख ३१ गतेसम्म लागु हुने छ ।
योजनामा देशभरका हरेक डिलरबाट पहिलो २० जना ग्राहक मात्रै सहभागी हुन पाउनेछन् भने २० जनामध्येबाट गोलप्रथाबाट छनौट भएका एक जना भाग्यशाली जोडीले बाली टुर प्याकेज जित्नेछन् ।
भाग्यशाली सात जोडीले दुई रात तीन दिनको बाली टुर प्याकेज जित्ने भू–लक्ष्मी ग्रुप प्रालीका सिइओ किरण आचार्यले जानकारी दिए । गोलाप्रथाको निर्णय आगामी जेठ १ गते हुनेछ । योजनाको नतिजा सार्वजनिक गरिएको तीन दिनभित्र भाग्यशाली जोडीको आवश्यक डकुमेन्ट डिलरले कम्पनीलाई बुझाउनुपर्ने छ ।