चितवन, मंसिर १२ : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा प्रतिनिधिसभामा चितवनको तीन क्षेत्रमा ३२ उम्मेदवारले १०० भन्दा कम मत ल्याएका छन् ।
निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांक अनुसार चितवन क्षेत्र नम्बर ३ मा १३, दुईमा नौ र एकमा १० गरी विभिन्न दल र स्वतन्त्रका गरी ३२ उम्मेदवारले १०० भन्दा कम मत ल्याएका हुन् ।
चितवन–३ मा स्वतन्त्रका उम्मेदवारहरु भिमसेन बस्नेतले एक मत, हरि तामाङले पाँच मत, सुमित्रा राई गिरीले नौ मत, राजन सापकोटाले १२ मत, नन्दराज उपाध्यायले १२ मत, तारानाथ पौडेलले २२ मत, चन्द्र विलास अधिकारी ६२ मत, बद्री सिलवालले ६९ मत, ताराप्रसाद पौडेलले ७४ मत, बासुदेव सापकोटाले ८८ मत ल्याएका छन् । त्यसैगरी राजनीतिक दलहरुमा नेपाल मजदुर किसान पार्टीका पदम थापा मगरले २३ मत, राष्ट्रिय जनमुक्ति पार्टीका जगबहादुर पुन मगरले ६३ मत र जनता समाजवादी पार्टीका कासिम मियाले ७९ मत ल्याएका छन् ।
त्यस्तै चितवन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ स्वतन्त्र र राजनीतिक दलका गरी ९ जना उम्मेदवारले एक सयभन्दा कम मत ल्याएका छन् । निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारहरु कुमार आचार्य ८१ मत, स्वतन्त्रका दिपक पाठक २० मत, राजेन्द्रप्रसाद बुर्लाकोटी २० मत, स्वतन्त्रका अरुणकुमार उप्रेती १८ मत, ओमकृष्ण थपलिया १७ मत, स्वतन्त्रका राजन न्यौपाने १२ मत, स्वतन्त्रका तिलकमणि पाठकले एक मत ल्याएका छन् । त्यस्तै राजनीतिक दलहरुतर्फ मजदुर किसान पार्टीका अर्जुन प्रजा ७१ मत, एकीकृत शक्ति नेपालका नविन खड्का ४३ मत ल्याएका छन् ।
त्यसैगरी चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा तर्फ विभिन्न राजनीतिक दल र स्वतन्त्रका गरी १० उम्मेदवारले निर्वाचनमा एक सय बढी मत कटाउन सकेनन् । राजनीतिक दलका उम्मेदवारहरुमा जनता समाजवादी पार्टीका मुस्तफा अलीले ६२ मत, जनसमाजवादी पार्टी नेपालकी प्रभा त्रिपाठीले ५८ मत, नेपाल मजदुर किसान पार्टीका ज्ञानेन्द्र प्रजाले ५५ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सुनिलकुमार क्षेत्रीले २० मत ल्याएका छन् । त्यस्तै स्वतन्त्रका उम्मेदवारहरु खेमराज भट्टराईले चार मत, सुदर्शन प्रधानले १६ मत, सुन्दर डल्लाकोटीले २६ मत, अंगुर पन्तले ४६ मत, देविका कुँवरले ६३ मत, भाष्कर चन्द्र न्यौपानेले ८२ मत ल्याएका छन् ।