चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको ९६ वर्षको उमेरमा बुधबार निधन भएको छ।
सन् १९९३ देखि २००३ सम्म चीनको नेतृत्व गरेका जेमिनलाई तत्कालीन राष्ट्रपति हो जिन्ताओले विस्थापन गरेका थिए।
चीनको राज्य नियन्त्रित सञ्चारमाध्यमले दिएको जानकारी अनुसार रक्त क्यान्सरबाट ग्रसित जेमिनको शरीरका अन्य अङ्गले पनि काम गर्न छाडेपछि निधन भएको हो।
जेमिनको निधनपछि वक्तव्य निकाल्दै सत्ताधारी चिनियाँ कम्युनिस्ट पार्टीले एक अद्भूत नेतालाई गुमाएको बताएको छ। सन् १९८९ को आन्दोलनमा चर्किएको नरसंहारपछि नेतृत्वमा आएका जेमिन अलकायदाले अमेरिकामा आक्रमण गर्दा सत्तामा थिए।
जेमिनले १९९६ मा नेपालको भ्रमण गरेका थिए।