काठमाडौं, १४ मङ्सिर : राम्जि रानाभाटकाे शब्द / संगीत रहेको `मान्छे बनौला´ गीत सार्वजनिक भएको छ ।
‘मान्छे बनौला´ काे गीतमा चर्चित बाल गायक / कलाकार सुप्रिम मल्ल ठकुरीकाे आवाज रहेको छ । गीतमा राम्जि रानाभाटकाे शब्द तथा संगीत रहेको छ, भने विवेक रानाभाट, सिर्जना आचार्य, प्रकाश तिमिल्सिना, शाेभा थापा, विवेक रानाभाट २, कल्पना ढुंगाना, अरुण पौडेल, मिरा तिमिल्सिना, राम्जि रानाभाट र प्रियान्सु आचार्यको अभिनय रहेको छ ।
उक्त गीतमा झलक संगीतकाे एरेन्ज तथा मिक्सिङ्ग रहेको छ, भने मिरा तिमिल्सिना निर्मातामा रहेकी छिन् । गीत आलाप स्टुडियोमा रेकर्ड गरिएको हो, भने रेकर्डमा रेम सुनार रहेको छन ।
त्यस्तै , गीतको निर्देशन सबिन कुमार ताेलाङ्गीले गरेका हुन , भने सह – निर्देशनमा बिकल क्षेत्री रहेका थिए । गीतमा नृत्य निर्देशन रबि सुनार र यम गुरुङले गरेका हुन् ।
त्यसैगरी , गीतको छायांकन बिरेन्द्र परियारले गरेका छन् । गीतको सम्पादन तथा पोष्टर अनिल बिष्ट प्युठानीले गरेका हुन । श्रृंगारमा मदन न्यौपाने र सन्तोषी आचार्य रहेका छन् ।
उक्त गीतको नृत्यमा कृशला श्रेष्ठ , सुप्रिया खड्गी , वर्षा मानन्धर , इशा शर्मा , आकृति पोख्रेल र राेजिता तामाङ रहेका छन् । गीतको उत्पादन तथा वितरकामा आलाप स्टुडियो रहेको छ , भने दृश्य निर्माणमा जल राप्ती डिजिटल म्युजिक प्रा. लि. रहेको छ ।
उक्त गीतको मिडिया पार्टनरमा चित्रवन खबर ´ लगायतका अन्य अनलाइन मिडिया रहेका छन । गीत गत बुधबार सार्वजनिक गर्ने भनिएको थियो तर केही प्राविधिक समस्या आएकाे कारणले मंसिर १४ गते , बुधबार (आज) राति ०७:०० बजे आलाप स्टुडियो´ युटयुब च्यानलबाट सार्वजनिक गरिएको हो ।