
नेशनल लाइफको सीइओमा सुरेश प्रसाद खत्री नियुक्त भएका छन्। उक्त कम्पनीको मिति २०७८/०२/०४ गते बसेको संचालक समितिको बैठकले कार्यबाहक सुरेश प्रसाद खत्रीलाई ४ वर्षको लागि करारमा नियुक्त गरेको छ।
बिमा समितिको मिति २०७८/०२/०३ गते प्राप्त भएको पत्रका आधारमा उनलाई नियुक्ति गरिएको कम्पनीका सचिव प्रताप मान श्रेष्ठले जानकारी दिएका छन्।
