सगरमाथा इन्स्योरेन्सको २०७८/०२/०४ मा बसेको जूम (Zoom) एप मार्फत बसेको संचालक समितिको ३०० औँ बैठक बाट आ व २०७६/७७ को मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर तथा चुक्ता पुँजीको ०.५७८९ प्रतिशत नगद लाभांस (बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ) वितरणका लागि सिफारिस सहितको प्रस्ताब स्वीकृति भएको कम्पनीका सचिव विश्वनाथ अधिकारीले बताएका छन्।
साथै उक्त बोनस शेयर आगामी वार्षिक साधारण सभामा सिफारिस गर्ने निर्णय गरिएको पनि उक्त सुचनामा उल्लेख गरिएको छ।