कोरोना भाइरस महामारी संसारमा बढ्दो छ। यस महामारीले अमेरिका, भारत र ब्राजिल सबैभन्दा बढी प्रभावित छन् । विश्वको कोरोना केसको आधा भन्दा बढी यी देशहरूबाट आएका छन्। अमेरिका विश्वमा सबैभन्दा पहिला कोरोना संक्रमित देश हो। जबकि भारत दोस्रो स्थानमा छ। यद्यपि सबै देशहरूमा खोप वितरण भएपछि, कोरोना संक्रमितको संख्या भने घट्दो छ।
गएको २४ घण्टामा संसारभरमा ५ लाख ३४ हजार २५७ जनामा संक्रमण देखिएको छ भने १० हजार ६९९ जना व्यक्तिहरुको मृत्यु भएको छ। अमेरिकामा महामारीले सबैभन्दा बढी प्रभावित देश हो भने त्यहाँ मर्नेको संख्या ६ लाख ५३३ जना व्यक्तिले कोरोनाका कारण आफ्नो ज्यान गुमाइसकेका छन।
र पछिल्लो त्यहि समयमा भने भारतमा २ लाख ६२ हजार नयाँ संक्रमण देखिएको छ । हालसम्म कुल २ करोड ५२ लाख २८ हजार १०० जना मानिसहरु यस भाइरसको सिकार भइसकेका छन। जबकि त्यसमध्य २ लाख ७८ हजार ७५१ जना बिरामीहरूले आफ्नो ज्यान गुमाएका छन्। यहि क्रममा सोहि २४ घन्टामा ब्राजिलमा ३३,६३१ जना, अर्जेन्टिना मा २८,६८० र अमेरिकामा २५,०३० जनामा कोरोना पुष्टि देखिएको छ।
