चितवन , पौष २९: बुढा पाकाले मात्र भजन सुन्ने गर्छन भन्ने भ्रमलाइ चिर्न भजनको महत्त्व दर्शाउँदै युवा भजन गायक गोविन्द भण्डारीले पृथक प्रयास गर्दै लोक भजन सावजनिक गरेका छन् ।
उनले आफ्नो तरंग कृयसन युटुब मार्फत केही दिन अगाडि बजारमा “सज्जन हो” नामक लोकभजन सार्वजनिक गरेका छन् ।सार्वजनिक हुनासाथ भजनले छोटोसमयमा नै अत्याधिक स्रोता दर्शकको मन जित्न सफल भएको छ। सार्वजनिक भएकै केही दिनमै झ्ण्डै ७५ हजार भन्दा बढीले यस भजनलाई हेरिसकेका छन्। यो भजन हेरिसकेपछि अरुभन्दा केही फरक अनुभूति हुने गायक भण्डारीले बताए।उनले भजनमा प्रस्तुत भएका विभिन्न आयामहरुले सबै खाले दर्शकको ध्यान खिच्न सफल भएको दाबी गरे।
आखिर के छ त यो भजनमा ?
भजनको सुरुवातमै बाँसुरीको धुनबाट प्रस्तुत भएका बाल कलाकारहरु द्वय प्रज्ना भण्डारी र दीपिका बिडारीले राधा र कृष्ण बनेर गरेको अभिनय अत्यन्तै सुन्दर देखिन्छ।यसले भजनलाई लिएर बालबालिकाको मनोविज्ञानमा ल्याएको सकरात्मक प्रभाव देख्न सकिन्छ।
करिब ११ मिनेट सम्म रहेको यो लोकभजनमा जीवनको महत्व दर्शाइएको छ। जीवन के हो ?कसरी जिउने?मृत्युको लागि मात्रै हो त जीवन?आदि इत्यादि जिज्ञासाहरुको समाधान गर्ने प्रयास गरिएको छ ।भजनका प्रत्यक शब्दहरूले सांसारिक भौतिक जीवनमा रमाउँदा रमाउँदै हामीले आफ्नै अस्तित्व भुलेको तीतो यथार्थ पस्किएको छ।
“प्रिय मनुज,पैसा त कमाएकै छौ आफ्नो जीवन यापन पनि गरेकै छौ तर मरेर जाँदा त धनसम्पति छोडेर जानपर्छ नी ,भुलेऊ की?कति कमायौ धर्म र कर्म मरेर पछि लानलाई?”हो, भजनले यस्तै यस्तै यक्ष प्रश्न गरेको छ।
जीवन माटोको घैंटो सरी हो जो छिनभरमै फुट्छ त्यसैले बाचुन्जेल सत्कर्म गर्न सबैमा भजन मार्फत अपिल गरिएको छ। आफूले गरेका कर्महरुलाई पुन:एकपटक विचार र आत्मसमीक्षा गर्न पनि आग्रह गरिएको छ। स्वार्थ,भोक र विलासिताबाट माथिउठ्न पनि भजनले सबैमा निवेदन गरेको छ।
कलियुगमा मानिसले भगवानको नाम जप्न नभ्याएको, लुछाचूडी गर्नमै मस्त रहेको र जीवनलाई लिएर मानिसले गरेको हेलचेक्र्याइँले आफू चिन्तित भएको सर्जक मनोज भण्डारीले बताए।उनका अनुसार आँखामा बादल लाउनेदिन पनि नजिकिँदै रहेकाले मानिसलाई सचेत रहन आग्रह गरे ।
मोतिराम भन्डारीको संगीत ,मनोज भण्डारीको शब्द , गोविन्द भण्डारीको स्वर र एरेन्जर पदम विसीको संयोजनले भजनलाई जीवन्त बनाएको छ।यस्तै चर्चित भिडियो सम्पादक वीरेन्द्र भाट “विपिन” द्वारा सम्पादन र छायांकन गरिएको भजनमा सरोज ढकाल,श्वेता खत्री ,मनिला तिवारी ,प्रजना भण्डारी,दीपिका बिडारी ,दिलीप भुर्तेल, आशिष अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । भजनको सम्पूर्ण छायांकन चितवनको भरतपुरमा रहेको धावन रीकृयशनमा गरिएको थियो ।