निजि तथा सरकारी अस्पताल तथा स्वास्थ्य संस्थालाई आफ्नो सेवा शुल्क सार्बजनिक गर्न आदेश दिएको छ। मंगलवार एक विज्ञप्ति जारि गर्दै सम्पूर्ण स्वास्थ्य संस्थाहरुले बिरामीको उपचार वापत लाग्ने शुल्क विवरण सार्वजनिक गर्नुपर्ने बताएको छ।
बिरामिको लागी आवश्यक अक्सिजनको समेत अत्यधिक शुल्क लिएको, अनावश्यक परिक्षण गर्न लगाई बिरामीहरुमाथि आर्थिक व्ययभार बढाएको, उपचारका लागि आवश्यक पर्ने सामग्री बन्दोबस्त गर्न बिरामी आफैलाई गर्न लगाएको र चाइने भन्दा बढी औषधि तथा स्वास्थ्य सामाग्री खरिद गर्न लगाएको गुनासो मन्त्रालयमा विभिन्न माध्यमबाट आएको हुनाले मन्त्रालयमा ध्यानाकर्षण भएको कुरा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
बिरामीको उपचार वापत लाग्ने रकम बारे जानकारी पाउनु नागरिक अधिकार हो भने बिरामीको उपचार शुल्क सार्वजनिक र पारदर्शी गर्नु हरेक स्वास्थ्य संस्थाको कानुनी एवं नैतिक कर्तव्य पनि हो।
स्वास्थ्य संस्थाबाट हुने सेवा प्रवाह र प्रकारका लागि लाग्ने रकम शिर्षक समेत उल्लेख गरेर मूल्य सूची (शुल्क) अनिवार्य रुपमा आ-आफ्नो वेब-साइट मार्फत ७ दिन भित्र सूचना प्रकाशन गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ।
