ज्ञान बाढ्न भनेर लकडाउनकै समयमा खोलिएको हो “नलेज नेटवर्क नेपाल” अर्थात के एन एन। ज्ञान बाँडे बढ्छ भन्ने उक्तिका साथ स्थापित के एन एनले यही आउँदो शुक्रबार कोभिड केयर वेबिनारको आयोजना गरेको छ। उक्त वेबिनरमा कोभिड सम्बन्धि जानकारी र परामर्श निशुल्क रुपमा लिन सकिने कम्पनीका निर्देशक संजिव भण्डारीले बताए।
नेपाल अहिले यस विश्व महामारी कोभिड-१९ को दोस्रो लहर बाट गुज्रिरहेको छ। यस अबस्थामा कोरोना बाट बच्न के के उपायहरु अवलम्बन गर्न सकिन्छ , यो लागिसके पछि के गर्ने, कस्तो खानपान कोभिड विरुद्ध जुध्न प्रभावकारि हुन्छ, यो सङै आउने अन्य यावत् कुराहरु र अन्य रोग हरु बारेमा हामी धेरै मानिसहरु अनविज्ञ नै छौँ । कोरोनालागि सके पछि अस्पताल नै गई हाल्नु पर्ने हो या होईन। कस्तो अवस्थामा जानू पर्ने हो। यो कुरामा मानिसहरु अलमलिएको पाईएकोले गर्दा अस्पतालमा बेड पाउन मुस्किल परिरहेको अवस्थाबाट हामी हरु गुज्रिरएका छौं। यसरी कोरोनाको लक्षण देखिने बित्तिकै अतालिएर अस्पताल जादा चाप बढ्न गई गम्भीर प्रकृतीका बिरामीले उपचार पाउन गाह्रो परिरहेको अवस्था छ।
यस कुरा लाई हामी सबैले आत्मसात् गरि धैर्य भई चेतना फैलाउन आवश्यक देखिन्छ। त्यसैले यस कोभिड सङ्ग सम्बन्धित धेरै भन्दा धेरै कुराहरुको जानकारी लिन र आफू सङ्ग भएको जिज्ञासाहरु जान्नको लागि काउन्सेलिङ ( counseling ) जरुरी भएको हुँदा नलेज नेटवर्क नेपाल( Knowledge Network Nepal ) ले KNN webinar आयोजना गर्न लागेको छ। यस webinar मा एक वर्ष अमेरिकामा कोभिड का बिरामीहरुको अनबरत रुपले उपचार र सेवामा खटिनुभएको डा. अमृत पाठक यस कार्यक्रममा बोल्नुहुने छ।
यस कार्यक्रममा सबै जना निशुल्क भाग लिन सक्नु हुने छ। सहभागीहरु ले आफुले लागेका प्रश्नहरु सोध्न सक्नुहुने छ। यस कार्यक्रममा भाग लिन KNN को Website, Facebook page, Link or Viber community बाट पनि सहभागी हुन सक्नुहुने छ। यो कार्यक्रम आउदो शुक्रबार, जेष्ठ २१ गते बेलुका ५ बजे देखि सुरु हुने छ।