दुर्घटनामा परेर विगत तीन वर्षदेखि ओछ्यान परेकी घिमिरेको अस्पतालले बिहीबार उपचार थालेको छ । नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले घिमिरेको उद्धार गरेकी हुन्। प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको नर्भिक अस्पतालले जनाएको छ। निशाले भोजपुरी फिल्म ‘मधेसी पुत्र २’, टेलिश्रृखला ‘डियर जिन्दगी’ लगायतका केही टेलिसिरियलमा अभिनय गरेकी छिन् ।
मध्यम परिवारकी निशालाई आर्थिक अभावका कारण उपचार अगाडी बढ्न सकेको थिएन। केहि महिना अगाडी भारतको देहरादुनमा गम्भीर कार दुर्घटनामा परेकी घिमिरेको नशामा समस्या देखिएको पनि अस्पतालले बताएको छ।