त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा असार १७ देखि आन्तरिक तर्फको उडान सुरु हुँदै भएको छ। आइतबार एक विज्ञप्ति निकाल्दै विमानस्थलले नियमित उडान रोकि राखेको अवस्थामा संक्रमणको हालको स्थिति को मूल्याङ्कन गर्दै, विमानस्थल टर्मिनलको क्षमता अनुसार भिडभाड नहुने गरी वायुसेवा कम्पनीले निषेधाज्ञा अघि सञ्चालन गरेको उडान संख्याको आधा संख्यामा १० मिनटको अन्तरालमा उडान तालिका सार्वजनिक गरेको छ ।
यसअनुसार बुद्ध एयरलाई ३१, यती एयरलाइन्सलाई १५, श्री ७, सौर्य ३, STOL तर्फ उडान गर्ने वायुसेवाका लागि ३/३ उडान स्वीकृति दिएको छ।
कोरोना संक्रमणको हालको जोखिम स्थितीलाई ध्यानमा दिई यात्रुहरुको सुरक्षित आवागमनका लागि नेपाल सरकार र विमानस्थल बाट जारी गरिएको स्वास्थ्य सम्बन्धी मापदण्ड/प्रोटोकल प्रभाकारी रुपमा पालना गर्न ,गराउन विमानस्थल सुविधादेय समितिको आजको बैठक बाट कार्यान्वयन समिति र सुपरिवेक्षण समिति समेत गठन गरिएको विज्ञप्ति मार्फत जनाएको छ।


