जिल्ला प्रशासन कार्यालय चितवन द्वारा आदेश जारी गर्दै निषेधाज्ञा असार २४ सम्म थपिएको छ। आज जारी गरिएको आदेशमा भौतिक रुपमा उपस्थित भई हुने सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, सेमिनार र मनोरन्जनका लागि सिनेमा, रेस्टुरेन्ट, जिमखाना तथा ब्युटिपार्लर र सैलुनहरु खोल्न नपाइने भएको छ।
रेस्टुरेन्टहरुमा भने टेकअवे गर्न पाइने कुरा भने निरन्तरता दिएको छ। विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थाहरुपनि भौतिक रुपमा संचालन गर्न नपाइने भएको छ।
यसरी निरन्तर निषेधाज्ञामा सरकारी कार्यालयहरुले भने जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य रुपमा पालन गर्ने सुनिश्चितता गरि सेवा प्रवाह गरिने भएको छ भने जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, तथा यातायात व्यवस्था कार्यालयहरु हप्ताको बार अनुसार खुल्ला गरिने पनि आदेशमा बताइएको छ। सम्पूर्ण जानकारी लिनको लागि तल उल्लेखित आदेशहरू पढ्नुहोस।