अमेरिकी सेनाले अफगानिस्तानको बग्राम शहर छाडेको छ । २० वर्षपछि अमेरिकी र नेटो सेनाले आतंकवादको विरोधी युद्धको केन्द्र रहेको बग्राम एयरबेस छोडेको अमेरिकी रक्षा अधिकारीहरुले जनाएका हुन् । अफगान राष्ट्रिय सुरक्षा बललाई सो क्षेत्र सुम्पिएको बताइएको छ ।
अफगानिस्तानको बग्राम एयरबेस अमेरिकी सेनाले तालिबान र अल कायदा विरुद्ध आतंकवादी समूहको विरूद्ध लड्नको लागि तयार गरेको युद्ध क्षेत्र हो। यो लगभग २० वर्षमा अमेरिकी सेनाको ४५५ औं वायु अभियान शाखाको
रुपमा रहेको थियो भने अमेरिकी सेना, नौसेना र मरीन कोर्प्सको पालैपालो आउने हवाई अड्डा वेस पनि रहेको थियो।
आगामी सेप्टेम्बर ११ सम्म अमेरिकी सेना फिर्ता गरिसक्ने योजना अन्तर्गत सेनाले उक्त क्षेत्र छाडेको हो । यसले अफगानिस्तानबाट विदेशी सेनाको पूर्ण बहिर्गमन टाढा छैन भनेर बुझ्न सकिने अधिकारीहरुले जनाएका छन् ।