असार २१ गते सोमबार बिहान ११:१५ बजेको समयमा जिल्ला चितवन भरतपुर म.न.पा. २६ खद्रौली स्थित रमेश सुवेदीको खेतमा रोपाईको लागि खेत जोत्ने क्रममा लोक प्रसाद पौडेलको वन टेष्ट ट्याक्टर खेतमा जोतिरहेको अवस्थामा खेतमा पल्टिएको छ।
सोही ट्याक्टरको चालक जिल्ला चितवन भरतपुर म न पा २५ बस्ने बर्ष ४६ को टिकाराम न्यौपाने लाई सोही ट्याक्टरले च्याँपेकोमा तत्काल ई.प्र.का.दिब्यनगरबाट प्रहरी टोली र JCB सहायताबाट बाहिर निकाल्दा निज को मृत्यु भई सकेको हुँदा घटनास्थल मुचुल्का गरी पो.मा.को लागी जिल्ला अस्पताल भरतपुर पठाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
उक्त ट्याक्टर भरतपुर महानगरपालिकाको कृषि तथा पशुपन्क्षी व्यवसाय प्रबर्द्धन शाखाद्वारा ५०% अनुदानप्राप्त पाएका थिए।