बागमती प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवाहरुलाई प्रविधिमैत्री बनाउँदै राजस्व भुक्तानी, नवीकरण, जरिवाना, अन्य दस्तुर तथा बिमा सम्बन्धि सम्पूर्ण कार्यहरुलाई अनलाइन प्रणाली मार्फत भुक्तानीको व्यवस्था गरेको छ।
विद्युतीय माध्यामबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८ को नियम ५ र ७ अनुसार बागमती प्रदेशका यातायात व्यवस्था कार्यालयमा दर्ता भएका वा नवीकरण गरिएका सवारी साधनहरुको विवरण अध्यावधिक गर्न पनि भौतिक पूर्वाधार विकास मन्त्रालयले अनुरोध गरेको हो।
सवारीधनीहरुले अध्यावधिक गर्नकालाई मन्त्रालयको यातायात व्यवस्था सुचना प्रणालीको वेब पोर्टल https://tmis.bagmati.gov.np/ मा गई मोबाइल नम्बर भेरिफाइ गरि आफ्नो सवारीसाधन सम्बन्धि विवरण प्रविष्ट गर्न सकिने बताएको छ।