चितवन , असार २२
Ap1 Tv को कार्यक्रम रजतपट द्वारा संचालित रजतपट कोसेली अभियानले आज चितवनको बछेउली वार्ड नम्बर – ५, ६ र ७ मा रहनु भएका अतिबिपन्न परिवारलाई खाद्यान्न बितरण गरेको छ।
सेभ द माइन्ड नेपालको अध्यक्ष पुजा भुसालको पहलमा अति बिपन्न परिवारलाई आज खाद्यान्न बितरण गरिएको हो।भुसाल कै पह्स्ल मा यहाँ भन्दा अगदी करिब ४०० भन्दा बढी परिवारले राहत कोसेली पाइसकेका छन। AP1 Tv को रजतपट कार्यक्रमका सन्चालक प्रकाश सुवेदीले कोहि भोकै बस्न नपरोस भन्ने उद्देश्यका साथ देशै भरी राहत कोसेली पुराउने अभियान मा जुटेका रजत्पट अङकलका नाम ले सु -परिचित प्रकाश सुवेदी लाई स्वादेश तथा बिदेशबाट सहयोग गर्नेको ताती रहेको छ।
रजतपट कार्यक्रमबाटै पटक पटक अब पैसा न पठाउनुहोस भनेर हात जोडिरहेका सुबेदिलाइ बिश्वास अनि माया गर्ने कति रहेछन प्रस्ट देखिएको भुसाल बताउछिन।राम्रो काम गर्ने हो भने माया गर्ने अनि साथ लाखौंको हुन्छ भन्ने प्रस्ट देखिएको छ।हजारौंको घरमा निभेको चुलो बाल्नको लागि रजत्पट कोसेली अभियानले चितवन जिल्लाको बछेउली भन्ने ठाउमा सहयोग पुराउदा सहयोग प्राप्त गर्ने हरु पनि दङ्ग देखिन्थे।
पहिलो लक डाउन देखि निरन्तर राहत बितरणमा अहोरात्र खटीरहनु भएकी भुसाल सङै कास्ट्माण्डप टेलिभिजन का प्रमुख यबम चलचित्र बिकासका पुर्ब उपाध्यक्ष दिपक खाडले किनमेल लगायत काम सफलता पुर्बक सम्पन्न गर्नु भएको थियो। रजतपट कार्यक्रम बाट प्राप्त रु.88000 हजार रुपैया रकम मद्यमा 85,500 खाद्यान्न्मा र 2500 गाडीभाडा गरि जम्मा रकम रु .88000खर्छ भएको चलचित्र निर्देशक यब ट्व संचालक दिपक खाडले जनाउनु भएको हो।
मजदुरी गरेर बिहान बेलुका छाक टार्ने मजदुर हरु त्यसै गरि अपांगता भएकाहरु , घरबास उठेका घरबार बिहिनहरु जस्ता अत्ति बिपन्नहरुलाइ रजत पट कोसेली अभियानले यत्ती ठूलो सहयोग गरेको मा रेड्क्रस सोसाइटीका निबर्तमान अध्यक्ष राममणि खनाल, वार्ड न -6:का वार्ड सदस्य किरण महत्तो लगायतले आयोजक टिम साथै पहल गरि राहत सहयोग ल्याउन सहयोग गर्नुहुने सेभ द माइन्ड नेपालकि अध्यक्ष पुजा भुसाल लाई विशेष आभार समेत ब्यक्त गर्नु भएको थियो। राहत बितरण कार्यक्रम बछेउलि स्थित रेड्क्रश भवन अगाडि खुल्ला ठाउमा सम्पन्न गरिएको थियो।