चितवन स्थित भरतपुर अस्पतालको PCR प्रयोगशालामा कोरोना संक्रमित भेटिएका ५ वटा भरतपुर महानगर भित्रका स्वावका नमुनाहरु रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमान्डौ पठाइएकोमा दुईवटा नमुना अन्तरास्ट्रिय प्रयोगशालामा “Gene Sequencing” गर्न पठाईएको र उक्त दुवै नमुनाहरुमा Delta प्रमाणित भएको जानकारी प्राप्त भएको छ। पहिलो लहरको अल्फा भेरीयन्ट भन्दा कोरोना डेल्टा भेरीयन्ट बढी संक्रामक रहेको पनि पुष्टी भईसकेको छ।
डेल्टा भेरियन्टले बालबालिका देखि वृद्धवृद्धासम्मका सबै उमेर समुहका व्यक्तिहरुलाई उच्च संक्रमण गर्ने र फोक्सोमा बढी असर पार्न सक्ने क्षमता भएको विज्ञहरुले बताएका छन्।
आज सोमबार अस्पतालले विज्ञप्ति जारी गर्दै सम्पूर्ण नागरिकहरुलाई त्रसित नभई उच्च सतर्कताका साथ जनस्वास्थ्यका मापदण्डहरु र जिल्ला प्रशासन कार्यालय चितवनबाट जारी भएको निषेधाज्ञाका नियमहरु पूर्ण रुपमा पालना गरि सुरक्षित रहनुहुन पनि अस्पतालका वरिष्ट कन्सलट्यान्ट फिजिसियन तथा अस्पतालका कोभिड किल्निकलका को-अर्डिनेटर डा प्रमोद पौडेलले अनुरोध गर्नुभएको छ।