काठमाडौं, असोज १९
पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सोमबारको नियमित प्रेस ब्रिफिङकम स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा मात्रै १ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको बताए ।
यस्तै पछिल्लो २४ घण्टामा ११३३ जना निको भएसँगै देशभर कोरोना निको हुनेको कुल संख्या ६५ हजार २०२ पुगेको छ ।