काठमाडौं, असोज २३
बंगाल खाडीको उत्तर पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रबाट सामुद्रिक आँधी (चक्रवात) विकास हुने क्रममा रहेको मौसमविद्ले बताएका छन्।
उक्त उत्तर सरेका खण्डमा नेपालमा ठूलो वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका माैसमविद् समीर श्रेष्ठका अनुसार बंगाल खाडीको उत्तर पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रबाट सामुद्रिक आँधी (चक्रवात) विकास हुने क्रममा रहेको हो।
उनका अनुसार चक्रवात विकास भयाे र त्यसकाे असर नेपालमा पर्याे भने यही अक्टोबर ११/१२ तारिखतिर नेपालमा ठूलो वर्षा हुने सम्भावना देखिएको हो।

