रत्ननगर । भरतपुर महानगरपालिका वडा नं ३ लायन्सचोकमा निजी क्षेत्रले बनाउन लागेको भरतपुर मेट्रो प्लाजा निमार्णको काम तत्काल रोक्न विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आग्रह गरेको छ ।
जिल्ला सेक्रेटरी मीनप्रसाद सापकोटाले विहीवार विज्ञप्ती जारी गरी साना तथा मझौला व्यवसायीहरुलाई नकारात्मक असर पु¥याउने गरी कमिसनको खेलमा कर्पोरेट पुँजिलाई राज्यको सम्पति सुम्पिने काम भरतपुर महानगरबाट भएको भन्दै मेट्रो प्लाजा निमार्णको काम रोक्न आग्रह गरिएको छ ।
लायन्सचोकको पुरानो तरकारी बजारमा बहुउश्यीय भवन निमार्ण गरी सञ्चालन गर्न ३० वर्षका लागि लिजमा सम्झौता गरी राज्यको स्वामित्वमा रहेको ११ कठ्ठा जमिनमा भवन शिलान्यास गरिएको घटना प्रति पार्टीको गम्भिर ध्यानाक्रषण भएको विज्ञप्तीमा जनाइएको छ ।
महानगरपालिका आफैले निमार्ण नगरी नाटकीय प्रतिस्पर्धाका नामामा निजी कम्पनी आरए बिल्डर्स ईन्जिनिर्यरिङ प्रा.लि.लाई दिने कार्य भएको भन्दै सो पार्टीले निजी कम्पनीलाई दिने निर्णय फिर्ता गरी निर्माणको नयाँ प्रक्रिया सुरु गर्ने माग गरेको छ ।
भवन निमार्णको शिलान्यस पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुधवार गरेका थिए ।
विप्लब माओवादीद्धारा मेट्रो प्लाजा निमार्णको काम रोक्न आग्रह
विप्लब माओवादीद्धारा मेट्रो प्लाजा निमार्णको काम रोक्न आग्रह

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु