चितवन,भदौं १५-
चितवनमा आजदेखि खोप लगाइदैं छ । १८ गतेसम्म चितवनको पालिकाहरुमा खोप लगाइने स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए ।
यसपटकको खोप उद्योग संघका कर्मचारी, मजदुरदेखि चिकित्सा क्षेत्रका विद्यार्थी तथा प्राविधिकहरुलाई दिइनेछ ।यसपटक लगाइने खोप भेरोसिल हो । प्रमुख तिवारीका अनुसार खोप लगाउने मानिस १८ वर्ष पूरा भएको हुनुपर्नेछ ।


